बैतडी । कोरोना भाइरसको सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा उच्च सतर्कता अप्नाइएको छ ।यहाँका कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्लामा समेत अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई हिँडडुल कम गर्न तथा यातायात, व्यापार तथा बजार बन्द गर्न स्थानीय प्रशासनले लकडाउन गरेका छन् ।
सोमबार कञ्चनपुर र कैलालीमा नेपाल–भारत सीमानाका बन्द गरिए पनि उच्च सतर्कताका साथ नेपालीलाई स्वास्थ्य परीक्षण गरी भित्र्याइएको थियो । आज बिहान भने कञ्चनपुरको सीमावर्ती बजार वनबासा र कैलालीको गौरीफण्टा नाकामा सयौंँ नेपाली अलपत्र परेका छन् । उनीहरुलाई नेपाल आउन दिइएको छैन । मुलुकभर लकडाउन भएसंँगै सुदूरपश्चिमभर आज बिहानैदेखि सुरक्षाकर्मी परिचालन भएका छन् ।
यहाँका विभिन्न जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन आग्रह गर्दै यहाँका बजार, व्यवसाय र कलकारखाना बन्द गर्न निषेधाज्ञा जारीसमेत गरेका छन् ।
पहाडी जिल्ला डडेल्धुरा, दार्चुला र बैतडीलगायत जिल्लामा समेत लकडाउनको प्रभाव देखिएको छ । त्यसैगरी सुदूरपीश्चम प्रदेशमा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायले स्वास्थ्य परीक्षणका लागि हरेक जिल्लामा दर्जैनौँ सहायता कक्ष सञ्चालनमा ल्याएका छन् । साथै आइसोलेशन कक्ष र क्वारेन्टाइन धमाधम निर्माण भइरहेका छन् ।
पश्चिममा कैलालीका त्रिनगर, खंक्रौला नाकाका साथै कञ्चनपुरको ग्डडाचौकी, बेलौरी, डडेल्धुराको जोगबुढा, बैतडीको झुलाघाट र दार्चुलामा भारतसित जोडिएका महाकालीका चार पुलबाट आवागमन रोकिएको छ ।
भारतका विभिन्न क्षेत्रमा कोरोनाको सङ्क्रमण देखिएपछि सुदूरपश्चिमका नाकाबाट एक सातामा करीब एक लाखभन्दा बढी नेपाली घर फर्किएको बताइएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी प्रमुख नूरहरि खतिवडाले कोरोना भाइरस सङ्क्रमणको जोखिम भएकाले लक डाउन गरिएको बताए । “सूचनाको बेवास्ता गरी अनावश्यक भीडभाड र हिँड्डुल गरेको पाइए कानूनबमोजिम कारबाही हुन्छ ।” उनले भने,“सचेत भएर घरमै बस्नु भनेको आफ्नै लागि हो ।”
स्थानीय तह पनि सङ्क्रमण फैलिन नदिन वडास्तरसम्म सक्रिय रुपमा लागिपरेका छन । डडेल्धुरामा आज बिहानदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।
बाजुरामा विशेष गरेर तराईका जिल्लाबाट जिल्लामा गएका सर्वसाधारणको स्वास्थ्य परीक्षणमा जोड दिइएको छ ।
डोटी जिल्लाले पनि मङ्गलबारदेखि लागू हुने गरी जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । अछाम र बझाङ्गमा पनि आवश्यक तयारी, स्वास्थ्य परीक्षण र सचेतनामलक कार्यक्रमलाई स्थानीय तह र प्रशासनले जोड दिएका छन् ।
त्यसैगरी दार्चुलामा पनि भारतसित सीमा जोडिएका महाकाली नदीमा अवस्थित चार पुलबाट आवागमन पूर्ण रुपमा रोक लगाइएको छ ।
दार्चुलाका संवाददाता नरेन्द्रसिंह कार्कीका अनुसार सदरमुकामको बसपार्कमा नेपाली सेनाको स्वास्थ्य कक्ष सञ्चालनमा आएको छ । त्यसैगरी गोकुलेश्वरमा शैल्यशिखर नगरपालिकाले कक्षमार्फत स्वास्थ्य परीक्षण र सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको छ ।
यस्तै यहाँको पहाडी जिल्ला बैतडीसित जोडिएको झुलाघाट नाकाबाट आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले केन्द्रको निर्णयानुसार जिल्लाको सीमानाका बन्द गरिएको जनाएको छ ।
बैतडीको डिलाशैनी गाउँपालिकामा दुई, दोगडा केदारमा एक, सुर्नया गाउँपालिकामा तीन, पुच्यौडीमा पाँच र दशरथ नगरपालिकाको झुलाघाटमा स्वास्थ्य कक्ष स्थापना गरिएको छ भने बैतडी जिल्ला प्रहरी कार्यालय परिसर र जिल्ला अस्पतालमा आइसोलेशन कक्षसमेत निर्माण गरिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: