Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

कोरोना फैलिन नदिन भारतका २२ राज्यमा २१ मार्च ‘लकडाउन’

एजेन्सी ।भारतको राजधानी दिल्लीसहित २२ वटा राज्यमा मार्च महिनाभरीका लागि कोरोना भाइरस संक्रमण फैलिन नदिन आवतजावतमा कडा नियम लागू गरिएको छ ।

राजधानी दिल्लीमा सोमवार बिहान ६ बजेदेखि लकडाउन लागू भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सो अवधिमा अत्यावश्यक सेवाहरु भने सञ्चालन हुनेछ ।

यसअघि आइतवार भारतभरी बिहानदेखि बेलुका सम्म ‘जनता कर्फ्यू’ लागु गरिएको थियो । आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा ३१ मार्चसम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गरेको थियो ।

कोरोनाभाइरस संक्रमण भेटिएका स्थानमा ती प्रतिबन्ध लागू हुनेछन्। लकडाउनको समयमा निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपले बन्द गरिन्छ । सो समयमा विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन् ।

भारतमा लागु गरिएको लकडाउनको समयमा सार्वजनिक यातायात बन्द रहनेछ। तर केही राज्यले भने एकचौथाइ सरकारी बस चल्ने बताएका छन्। सबै पसल, स्टोर, कारखाना, वर्कशप, अफिस, गोदाम तथा साप्ताहिक बजार बन्द रहनेछन् ।

एक राज्यबाट अर्को राज्य जाने बस तथा रेल सेवा बन्द गरिनेछ भने सबै धार्मिक तथा सामाजिक कार्यक्रम रद्द गरिनेछन् । तर लकडाउनको अवधिमा प्रहरी कार्यालय, अस्पताल, अग्नि नियन्त्रक कार्यालय, जेल, महत्त्वपूर्ण सरकारी कार्यालय तथा सरकारी खाद्यान्न एवम् किराना पसल खुला रहने भारत सरकारले जनाएको छ।

बिजुली, पानी, इन्टरनेट बैंकिङ तथा एटीएमजस्ता सुविधा जारी रहनेछन् भने प्रिन्ट तथा इलेक्ट्रोनिक सञ्चारमाध्यमलाई पनि काम गर्न दिइनेछ । पेट्रोल पम्प, औषधि पसल तथा दुग्ध सेवा जारी रहनेछन् ।

भारतमा ३९६ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ भने ७ जनाको मृत्यु भएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: