Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

प्रदेश २ लाई ‘विशेष प्रदेश’ किन चाहियो ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रघुजी पन्तले प्रदेश २ आफैंले गर्नसक्ने काम नगरेर मुलुकलाई विखण्डन र भड्काउको प्रस्ताव संसद्मा दर्ता गरेको आरोप लगाएका छन्।

आजको नागरिक दैनिकमा खकर छ - सत्तारूढ नेकपाकै सांसद प्रभु साहसहितका सांसदले प्रदेश २ लाई ‘विशेष प्रदेश’ घोषणा माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकोप्रति असन्तुष्टि जनाउँदै पार्टीभित्र त्यस विषयमा गम्भीर छलफल आवश्यक रहेको औंल्याएका छन्।

कर्णाली प्रदेशको आर्थिक विकास र समुन्नतिका लागि किन विशेष प्रदेश घोषणाको माग गरिएन भन्ने प्रश्न गर्दै पन्तले मधेस प्रदेशलाई टुंक्राउने गरी प्रस्ताव आएको त होइन भन्ने आशंका व्यक्त गरे।

यस्तो प्रस्तावमा नेकपाकै सांसद कसरी सहभागी भए भन्ने जनाउँदै पन्तले भने, ‘सांसदले जे पायो त्यही संसद्मा लाने काम ठिक भएन।’ पार्टीमा छलफल नगरी विगतमा आफूहरूले कुनै पनि प्रस्ताव दर्ता नगरेको सुनाउँदै पार्टीभित्र कुनै पनि विशेषमा व्यापक छलफल नहुँदा जसले जे पायो त्यही प्रस्ताव दर्ता गर्न थालेको टिप्पणी गरे।

राई÷मधेसका केही जिल्ला पछि परेको कुरा यथार्थ भएको बताउँदै पन्तले भने, ‘त्यो केन्द्रको कारण नभएर त्यहीको भेदभावका कारण हुन्।’

मधेसमा आर्थिक अनियमिताको मात्र पनि तीब्र रहेको र छोरी र दलितमाथिको विभेद अचाक्ली रहेको भन्दै उनले भने, ‘आफैले गर्नसक्ने काम नगर्ने र विखण्ड र भड्काउको प्रस्ताव अघि सारेर केन्द्रले केही गरेन भन्नु गलत हो।’

ब्याजमाथि स्याज लगाउने काम तराईमधेसमै भइरहेको भन्दै पन्तले विशेष प्रदेश नभएर सामाजिक विकृति अन्त्य गर्न लाग्नुपर्ने बताए।

बिहीबार सांसद साहसहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह, समाजवादी पार्टीका उमाशंकर अरगरिया र राजपा नेपालका लक्ष्मणलाल कर्णको समर्थनमा संघीय संसद्को प्रतिनिधिसभामा प्रदेश २ लाई ‘विशेष प्रदेश’ घोषणा माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

‘नेपालको प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर रहेकोमा यस क्षेत्रका नागरिकको औसत आय अमेरिकी डलर ५ सय ७० मा सीमित रहनुपरेको छ, सबैभन्दा डरलाग्दो तथ्यांक यो छ कि यस क्षेत्रको मृत्युदर पनि क्रमिक रूपमा बढ्दै गइरहेको छ,’ साहले दर्ता गरेको प्रस्तावमा तथ्यांक उल्लेख गर्दै भनिएको छ, ‘संघीय शासनप्रणाली लागू भए पश्चात नेपाल सरकारबाट घोषित नीति तथा कार्यक्रमअनुसार प्रदेश सरकारलाई प्राप्त अनुदान रकम खर्च हुन नसकी फ्रिज हुने क्रममा जारी नै छ, एक आर्थिक वर्षमा फ्रिज भएको रकम अर्को आािर्थक वर्षमा थप पठाउने अभ्यास पनि छैन।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: