Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

गुट बलियो गुट बनाउने सिटौला रणनीति

काठमाडौं । महाधिवेशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू आ–आफ्नो गुट बलियो बनाउने रणनीतिमा लागेका छन् ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - २०७७ सालको फागुन पहिलो हप्ता १४ औं महाधिवेशन गर्न कार्यतालिकासमेत सार्वजनिक गरिसकेको कांग्रेसभित्र मुख्य गरी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको तीन गुटसहित अन्य प्रभावशाली नेताहरूको उपगुट क्रियाशील देखिन्छ।

फेरि नेतृत्व हत्याउने रणनीतिमा लागेका सभापति शेरबहादुर देउवाले आफ्नो गुट बलियो बनाउन आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेर र विभाग गठन गरेर जिम्मेवारी बाँडफाँड गरिरहेका छन् ।

वरिष्ठ नेता पौडेल सभापति देउवाका पछिल्लो समय गरेका काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै व्यापक आलोचनासहित जिल्ला दौडाहमा लागेका छन् ।

आगामी महाधिवेशनमा नेतृत्वको दाबी गर्दै आफ्नो छुट्टै प्यानल बनाउने बताउदै आएका सिटौलाले पनि आफ्ना पक्षका शीर्ष नेताहरूलाई जिल्ला जिल्लामा गएर माहोल बनाउन निर्देशन दिइरहेका छन् । सोमबार पनि आफ्ना पक्षका नेताहरूको बैठक राखी नेता सिटौलाले सबैलाई जिल्लामा गएर माहोल बनाउन निर्देशन दिएका थिए ।

सिटौला पक्षका नेता केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले जानकारी दिएअनुसार धेरै नेताहरूको सहभागिता रहेको उक्त बैठकमा सबैलाई आ–आफ्नो जिल्लामा गएर सबै कार्यकर्ताहरूसँग घुलमिल हुन अनुरोध गरेका थिए। महाधिवेशनको तयारीस्वरुप क्रियाशील सदस्यता वितरण गर्दैछ। कांग्रेसले यो महाधिवेशनका लागि साढे दुईलाख नयाँ क्रियाशील सदस्यता वितरण गर्दैछ।

१४औं महाधिवेशनमा हाल विद्यमान संख्याको ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेसँगै कांग्रेसभित्र क्रियाशील सदस्यको संख्या आगामी महाधिवेशनमा ७ लाख ५० हजार पुग्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार पार्टीमा हाल ४ लाख ९८ हजार क्रियाशील सदस्य छन्।

कांग्रेसभित्र नगरसम्मको कार्यसमिति क्रियाशील सदस्यहरूको प्रत्यक्ष निर्वाचनबाट बन्ने गर्छ। वडाबाट प्रदेश र प्रतिनिधिसभाको लागि क्षेत्रीय प्रतिनिधि छनोट गर्ने काम पनि क्रियाशील सदस्यहरूबाटै हुन्छ भने प्रतिनिधिसभाका क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि र महासमिति प्रतिनिधि छनोट हुन्छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: