काठमाडौं । कोरोना भाइरसको संक्रमणसँंग जुध्न दक्षिण एसियाली सहयोग संगठन ९सार्क० राष्ट्रहरूबीच साझा मञ्च खडा गर्नु सकारात्मक भए पनि त्यतिले मात्र सार्कले पुनर्जीवन पाएको मान्न नहुने परराष्ट्र मामिलाका विज्ञहरू बताउँछन्।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको महामारीसंँग लड्न बलियो रणनीति अवलम्बन गर्नुपर्ने प्रस्ताव आइतबार भिडियो कन्फ्रेन्समार्फत सार्क राष्ट्रका सरकारसंँग राखेपछि सार्कले पुनर्जीवन पायो भनेर एकथरीले गरेको टिप्पणीका सम्बन्धमा विज्ञहरूले सो धारणा प्रकट गरेका हुन्।
‘कोरोनाको विशेष परिस्थितिलाई ध्यान दिएर मात्रै यो प्रस्ताव आएको देखिन्छ, यतिले मात्र निस्क्रिय सार्कले पुनर्जीवन पायो भन्नु भ्रम मात्र हो’, राजनीतिक विश्लेषकसमेत रहेका भारतका लागि नेपालका पूर्वराजदूत लोकराज बरालले भने, ‘यस प्रस्तावलाई कोरोनाको महामारीसँंग जुध्नका लागि राखिएको उपायका रूपमा मात्र सीमित गर्नुपर्छ।’
वरिष्ठ पत्रकार एवं प्राध्यापक पी।खरेलले पनि भारतीय प्रधानमन्त्रीको प्रस्तावलाई चोखिने उपाय बताउँदै भने, ‘जसले बाधा हाल्यो, उसले समाधान खोजेर लाज बचाउने काम मात्र गरेको हो।’
‘यतिले मात्र भारतकै कारण निस्क्रिय रहेको सार्क सक्रिय हुनेछ भनेर अपेक्षा गर्नुहुँदैन’, पूर्वराजदूत बरालले भने– ‘भारत–पाकिस्तान तथा अरू राष्ट्रहरूबीच अनेक क्षेत्रीय जटिलता छन्, ती जटिलता हल नभएसम्म सार्कले गति लेलाजस्तो मलाई लाग्दैन।’
भिडियो कन्फ्रेन्समा पाकिस्तानका प्रधानमन्त्री इमरान खान सहभागी भएनन्, स्वास्थ्य राज्यमन्त्री डा।जफर मिर्जालाई पठाए । मिर्जाले कन्फरेन्सका क्रममा जम्मु–कस्मिरको विषय पनि प्रवेश गराएकाले पनि त्यस जटिलतालाई इंगित गरेको पूर्वराजदूत बरालको भनाइ रहेको छ।
भारत–पाकिस्तान सम्बन्ध चिसिएपछि सार्क लगभग निस्क्रिय बनेको छ। सन् २०१४ यता सार्कको शिखर सम्मेलन पनि आयोजना हुन सकेको छैन। पछिल्लोपटक सन् २०१४ मा काठमाडौंमा सार्क शिखर सम्मेलन भएको थियो। अहिले सार्कको अध्यक्षता गर्दै शिखर सम्मेलन आयोजना गर्ने जिम्मेवारी पाकिस्तानले पाएको छ।
पाकिस्तानले सार्कको १९औं शिखर सम्मेलन सन् २०१६ को नोभेम्बरमा इस्लामावादमा गर्ने मिति घोषणा गरेको थियो। तर, भारतमा एउटा सैनिक ब्यारेकमा भएको हमला पाकिस्तानले गरेको आरोप लगाउँदै भारतले सो सम्मेलन बहिष्कार गर्ने घोषणा ग¥यो। त्यस बेला अफगानिस्तान, बंगलादेश र भुटानले पनि सार्क शिखर सम्मेलनमा जान नसक्ने बताएपछि सार्कलाई क्रियाशील बनाउने पछिल्लो प्रयासले सार्थक रूप लिएको थिएन।
यसबीचमा भारतले भुटान, बंगलालादेश, भारत, नेपाल अर्थात् ‘बीबीआईएन’ नामक उपक्षेत्रीय संगठनको अवधारणा अघि सारेको छ। विज्ञहरूले भारतको विदेश नीतिले पाकिस्तानलाई एक्ल्याउने उद्देश्य राखेको र त्यसको मारमा सार्क परेको बताउने गरेका छन्।
सरकार प्रमुखहरूबीचको कन्फ्रेन्समा पाकिस्तानका प्रधानमन्त्री खानले स्वास्थ्य राज्यमन्त्री डा।मिर्जालाई कुराकानी गर्न पठाउनुलाई प्रा।खरेलको भनाइमा ‘साँप पनि मर्ने र लठ्ठी पनि नभाँचिने उपाय’ भने । ‘कोरोनाविरुद्ध जुध्ने अभियानमा प्रतिबद्धता कायम गरेर पाकिस्तानले साँप मर्ने र प्रधानमन्त्री खान सहभागी नभएर लठ्ठी नभाँच्ने उपाय अपनाएको देखियो’ उनले भने ।
आजसम्म भारतले कहिले भुटान त, कहिले माल्दिभ्सलाई अघि सारेर आफ्नो रोष प्रकट गर्दै आएको उल्लेख गर्दै प्रा। खरेलले भने, ‘तीन दशकभन्दा अघि सार्कको स्थापना हुँदादेखि नै भारत भित्रदेखि खुसी थिएन। छिमेकी साना देशहरू आफूप्रति असन्तुष्ट हुने र चीन वा अन्य कुनै मोर्चातिर लाग्ने डरले भारत रणनीतिकरूपमा सार्कमा सहभागी भएको हो।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: