जनकपुर । मान्छेले मदिरा खान्छन्। प्रदेश-२ का जिल्लामा चाहिँ मदिराले मान्छे खाएको छ। अधिकांश जिल्लामा विषाक्त मदिरा उत्पादन गर्ने सयौं भट्टी छन्, जहाँ दैनिक ८० कम्तीमा हजार लिटर मदिरा उत्पादन हुन्छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - युरिया मल, सख्खर, फोहोर प्लास्टिक, चप्पल, मोजा र कुहाएको अन्न हालेर बनाइएको मदिरा विषाक्त हुन्छ। मदिरा खाएर ठूलो संख्यामा ज्यान गएको तथ्यांकबाहेक दिनहुँ मदिराको मात लागेर मृत्यु हुनेको लेखाजोखा छैन।
विषाक्त मदिरा पिउँदा विगत केही वर्षमा धनुषामा १४, महोत्तरीमा १४, बारामा ५ गरी ३३ जनाको मृत्यु भएको छ। अखाद्य पदार्थ मिसाई बनाइने मदिरा पिउनाले सर्वसाधारणको ज्यान मात्रै गएको छैन, सामाजिक–आर्थिक हैसियत पनि सखाप भएका उदाहरण छन्।
घटना–१
धनुषाको क्षीरेश्वर नगरपालिका(२ रमदैयामा विषाक्त मदिरा पिएर ८ जनाको मृत्यु भएको छ। फागुन २९ गते होलीको रमाइलोमा मदिरा पिएका उनीहरूको मात लागेर ज्यान गयो।
घटना–२
बारामा अवैध मदिरा बनाउने क्रममा असोज १५ गते पाँच जनाको मृत्यु भयो। विषाक्त मदिराको गन्धले फेटा गाउँपालिका(४ बतराका जोगा मुखिया बिन, पत्नी, छोरी, भाइ महेन्द्र र एक भारतीयको मृत्यु भएको थियो।
घटना–३
धनुषाको कमला नगरपालिका–५ का ६ जनाको २०७५ असारमा विषाक्त घरेलु मदिरा पिएर मृत्यु भएको थियो। मृत्यु हुनेमा रामनाथ पासवान, रामचन्द्र पासवान, मणि पासवान, सावीर अन्सारी, राजवीर महतो र गंगा पासवान थिए।
घटना–४
२०७३ साल असार पहिलो साता महोत्तरी सहसौला बिर्तामा विषाक्त मदिरा पिएर एकै परिवारका पाँच जनाको ज्यान गयो। सहसौलाका रामवृक्ष डोम, उनका छोरा रामप्रकाश, गौशाला नगरपालिका–७ का उनका ज्वाइँ पञ्चा, छोरी (पञ्चाकी श्रीमती) कलाबती र रामवृक्षका सम्धी औरही(३ का बद्रीको निधन भएको थियो।
घटना–५
महोत्तरी बर्दिबासस्थित एकीकृत नमुना मुसहर बस्तीका स्थानीय पनि घरेलु मदिराको मारमा छन्। बितेको दुई वर्षमा मदिरा पिएर दीर्घकालीन बिरामी भई ८ जनाको ४५ वर्ष नपुग्दै मृत्यु भइसकेको छ। अत्यधिक मदिरा सेवन गर्दा मृत्यु भएको स्थानीय मञ्जय सादाले बताए।
क्षीरेश्वर नगरपालिका(२ रमदैयामा २९ गते राति निधन भएकाका परिवारका सदस्यको आँखा ओभाएका छैनन्। मृतकका आफन्त रोइरहेका छन्। सम्झाउन पुगेकाहरुको पनि आँसु थामिएको छैन। रक्सी पिएर गम्भीर बिरामी परेका पाँच जना अस्पतालमा उपचार गराइरहेका छन्।
स्थानीयले मदिरा पिएर रमदैयामा १२ जनाको मृत्यु भएको बताए पनि प्रहरीले ८ जनाको निधन भएको पुष्टि गरेको छ। महोत्तरी भंगहाबाट ल्याएको घरेलु मदिरा पिएर उनीहरूको मृत्यु भएको हो।
घटना अनुसन्धानका क्रममा धनुषा तथा महोत्तरीको विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरिएको छ। क्षीरेश्वरनाथ नगरपालिका–२ की ‘तारापट्टीवाली’ भनिने घरेलु मदिरा ओसार–पोसारमा संलग्न छठियादेवी मण्डल, उत्पादक रामानन्द साह, सोही ठाउँका जयकुमार यादवलाई पक्राउ गरिएको छ।
सोही नगरपालिका–६ बगेवाका नवीन यादव र घुरन यादव पनि प्रहरी नियन्त्रणमा छन्। महोत्तरीको भंगहा नगरपालिका–३ सखरी टोलका जगतनारायण मण्डल र जनकपुरधाम–१४ की मदिरा ओसारपसारमा संलग्न शीतलदेवी यादवलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको एसपी रमेशकुमार बस्नेतले बताए।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: