Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क पढाउँदै कचनकवल गाउँपालिका

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन् ।

गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो । “शिक्षा विकासको मेरुदण्ड हो”, सो गाउँपालिका अध्यक्ष अञ्जार आलमले भने, “महिलालाई सक्षम एवं आत्मनिर्भर बनाउने उद्देश्यले स्नातकसम्मको निःशुल्क अध्ययनको व्यवस्था गरेका हौँ ।”

गाउँपालिकाले यसअघि नै कक्षा–१२ सम्म सबैलाई निःशुल्क शिक्षाको व्यवस्था गरिसकेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण कोही शिक्षाको अवसरबाट वञ्चित हुनु नपरोस् भनेर गाउँपालिकाले निःशुल्क शिक्षा अभियान सञ्चालन गरेको अध्यक्ष आलम बताउछन् । “सम्पन्न र हुनेखानेका छोराछोरी अन्यत्रै गएर पनि बढ्छन्÷पढिरहेका छन्”, उनले भने, “आर्थिक अवस्था कमजोर भएरै शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न गाउँपालिका लागि परेको छ ।” गाउँपालिकाले २०० भन्दा बढी छोरीबुहारीलाई मासिक रु ८५० का दरले अध्ययन खर्च दिने गरेको गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले जानकारी दिए । “महिला सशक्तीकरणमा विशेष योजना बनाएर काम गरिरहेका छौँ”, उनले भने, “महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन कुनै कसर बाँकी राखिने छैन ।”

त्यस्तै, कचनकलवका सात वडाका आठ विद्यालयमा नमूना बाल कक्षा ९स्मार्ट कक्षा० सञ्चालन भइरहेको छ । सांसद विकास कोष र गाउँपालिकाको लगानीमा ती विद्यालयमा नमूना बालकक्षा सञ्चालन भइरहेको हो ।

कचलकवलमा सामुदायिकतर्फ सात मावि, सात आधारभूत र १३ प्राविमा सात हजार ३९० विद्यार्थी अध्ययन गरिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख छवि बस्नेतले जानकारी दिए । त्यस्तै, १३ निजी विद्यालयमा तीन हजार विद्यार्थी अध्ययनरत छन् ।

गाउँपालिकामा दुई गुरुकुल, १० मदरसा, दुई सामुदायिक सिकाइ केन्द्रसमेत सञ्चालित रहेको प्रमुख बस्नेतले बताए । ती मदरसा र गुरुकूलमा गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्दै आएको छ । शिक्षालाई प्रविधियुक्त बनाउन गाउँपालिकाले यहाँका सबै माविलाई २०/२० थान कम्प्युटर र शिक्षकको व्यवस्था गरेको छ । गाउँपालिकाको निजी स्रोतमा १४ कम्प्युटर शिक्षकले पढाउँदै आएका छन् ।

यस्तै, विद्यार्थीलाई कृषिमा आकर्षित गर्न ‘विद्यार्थी कृषि सहकारी कार्यक्रम’ गाउँपालिकाले अघि सारेको छ । कचनकवलले चालु आर्थिक वर्षमा रु एक करोड दुई लाख बजेट विनियोजन गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies