काठमाडौं । मंगलबार बिहान ११ बजे। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हटलाइन नम्बर ११३७ मा गुनासो आयो– ‘हेलो सरकार ! तीन दिनदेखि ग्यास लिन सबै पसल चहारें। तर कतै पाइनँ। एक थान सिलिन्डर मिलाइदिनुपर्यो।’
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - यो कीर्तिपुरका सुरेश महर्जनको गुनासो थियो। महर्जनको कुरा नटुंगिँदै अर्का एक सर्वसाधारण लाइनमा आइसकेका थिए।
विभागका शाखा अधिकृत दीपक पोखरेलले महर्जनसँग स्थानीय क्षेत्रमा कुनकुन कम्पनीको ग्यासको डिपो छ र उपलब्धताका विषयमा ग्यास उद्योगसँग आवश्यक पहल गरिने जवाफ मात्रै फर्काउन पाए। ‘हेलो विभाग ! म भक्तपुरबाट सोनम मगर बोलेको। यहाँ ग्यास र मास्क पाइएन। ग्यास नपाए मेरा बालबच्चा र जहान भोकै बस्नेछन्।’
पोखरेलले मगरसँग भने, ‘मगरजी तपाईंको गुनासो मैले टिपें। सरोकारवाला निकायसँग सहकार्य गरी सकेसम्म तपाईंलाई ग्यास उपलब्ध गराउन प्रयास गर्छौं।’ लगत्तै लाइनमा आइपुगेका अर्का सर्वसाधारण झापाका उमेश कार्कीले पनि त्यस्तै गुनासो तेर्साए।
‘सर हाम्रोतिर मास्क र ग्यासको चरम अभाव भयो। किन्न पाइएन। हुनेखानेले पहुँचको भरमा ३–४ वटा सिलिन्डर पाए। जसरी पनि एउटा सिलिन्डर उपलब्ध गराइदिनुपर्यो,’ कार्कीले भने।
कार्कीलाई पनि पोखरेलले ग्यास उपलब्ध गराउन सकेसम्म प्रयास गर्ने बाचा गरे। लगत्तै अर्को फोन उठाए। काठमाडौं बागबजारकी राधिका तामाङले ग्यास नपाएर कठिन भएको गुनासो गरिन्।
हटलाइनमा एक घण्टामै करिब डेढ सय संख्यामा गुनासा आउँछन्। कतिपयको गुनासो टिप्नै नभ्याउने पोखरेलले बताए। गुनासो केलाएर काठमाडौंमा सकेसम्म अनुगमन टोली पठाउने गरिएको छ।
विभागले बाहिर भने स्थानीय प्रशासनसँग समन्वय गरी जानकारी गराउँदै आएको छ। कोरोना भाइरसको सन्त्रासका कारण उपभोक्ताले दैनिक उपभोग्य वस्तु सञ्चित गर्न थालेपछि हटलाइन व्यस्त छ।
‘बिहानैदेखि अबेर रातिसम्म गुनासै–गुनासा आउँछन्,’ पोखरेलले भने, ‘एकछिन फुर्सद हुन्न। शौचालय जान पनि पाउन्नँ।’ उनका अनुसार ग्यास र मास्क अभाव, मास्कको मूल्य बढी लिएको, नुन नपाएको, औषधि पसलले कालोबजारी गरेको, खाद्यान्न नपाएको जस्ता गुनासा बढी आउँछन्।
हटलाइनमा मकवानपुर, झापा, रूपन्देही, सुर्खेत, उदयपुर, धनुषा, महोत्तरी, इलाम, महेन्द्रनगर, पर्सा, मोरङ, सिरहा, नेपालगन्ज, कास्कीलगायतका जिल्लाबाट अत्यधिक गुनासो आइरहेको पोखरेलले बताए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले हटलाइनबाटै कालोबजारी भएको, ठगिएको, मूल्यभन्दा बढी असुल गरेको, कृत्रिम अभाव सिर्जना गरेको लगायतका विषयमा जानकारी उपलब्ध गराउन आग्रह गरेपछि नम्बर व्यस्त छ।
दैनिक एक हजारभन्दा बढी गुनासा आए पनि विभागले सम्बोधन गर्न सकेको छैन। विभाग आफैं ग्यास, मास्क, औषधि, खाद्यान्न र नुनजस्ता उपभोग्य वस्तु उपलब्ध गराउने निकाय होइन।
‘हामीकहाँ दैनिक एक हजारभन्दा बढी गुनासा प्राप्त भए पनि सबैको सम्बोधन गर्न सक्दैंनौं,’ विभाग स्रोतले भन्यो, ‘हामी विक्रीवितरण गर्दैनौं। नियमन मात्रै गरिदिने हो।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: