Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बालबालिकालाई सास्तीः ६ घन्टा कक्षामा, चार घन्टा बसमा

काठमाडौं । राष्ट्रिय शिक्षा नीतिले नै बालबालिकालाई निवासनजिकको विद्यालयमा अध्ययन गर्न प्रेरित गर्ने नीति लिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - तर, विद्यालयको व्यापारमोह र अभिभावकको भ्रमले उपत्यकाका बालबालिका काठमाडौंको जाम र धुलोमा दैनिक अत्यासलाग्दो यात्रा गर्न बाध्य छन् ।

घरबाट विद्यालय जाँदा र विद्यालयबाट घर फर्किँदा दैनिक चार घन्टा गाडीमै बिताउन बाध्य छन् बालबालिका । चर्को जाम छिचोल्दै, धुवाँ–धुलो खाँदै हुने यात्रामा गाडीमै निदाउँछन् । उनीहरूको विद्यालयमा पढ्ने समयभन्दा कष्टकर यात्रा बढी हुने गरेको छ ।

राम्रो विद्यालय रोज्ने नाममा अभिभावककै भ्रमले बालबालिकालाई यातना भइरहेको छ । बुढानीलकण्ठ क्षेत्रका अभिभावक चोभारदेखि धापाखेलसम्मका विद्यालयमा बालबच्चा पठाउँछन् । तर, चोभार र धापाखेलका अभिभावक फेरि बुढानीलकण्ठतिर दौडाउँछन् ।

कलंकी, सातदोबाटो, हात्तीवन क्षेत्रका अभिभावक नजिकका विद्यालय छाडेर कपनदेखि बाँसबारीसम्म कुदाउँछन् । उपत्यकाका ठूला भनिएका विद्यालयले यसरी टाढा–टाढाबाट विद्यार्थी ओसार्छन् ।

कीर्तिपुरको चोभारस्थित मोडर्न इन्डियन स्कुल विद्यार्थी बटुल्न दैनिक बुढानीलकण्ठदेखि हात्तीगौँडासम्म पुग्छ । बिहान ६ः५० बजेदेखि गाडीले विद्यार्थी बटुल्न थाल्छ । जहाँ माथिल्लो तहका मात्र होइन, प्रि–स्कुल (केजी) मा अध्ययन गर्ने विद्यार्थी पनि हुन्छन् ।

ट्राफिक जाममा नपर्दा पनि कम्तीमा एकतर्फी यात्रा मात्रै दुई घन्टाको हुन्छ । कहिले त विद्यालयमा पढ्नभन्दा गाडीको यात्रामा बढी समय जान्छ ।

काठमाडौंकै बाँसबारीस्थित द चाँदबाग स्कुलले उपत्यकाका तीनवटै जिल्लाबाट विद्यार्थी बटुल्छ । चाँदबागको बस विद्यार्थी टिप्न ललितपुरको सातदोबाटोदेखि हात्तीवनसम्म पुग्छ ।

तर, हात्तीवनकै लिटिल एन्जल्स स्कुल चाँदबाग भएकै क्षेत्रनजिक महाराजगन्जसम्म पुग्छ । लिटिल एन्जल्सले जोरपाटी, बालाजु, बाइपास, कलंकी, स्युचाटारलगायत क्षेत्रबाट विद्यार्थी सोहोर्छ ।

कपन र नयाँपाटी (सुन्दरीजल जाने बाटो)मा रहेको ड्याफोडिल पब्लिक स्कुलको गाडी विद्यार्थी लिन कलंकीसम्मै पुग्छ । ललितपुरको धापाखेलस्थित जेम्स स्कुलले पनि बिहान ७ः०० बजेदेखि नै तीन जिल्लाबाट विद्यार्थी जम्मा गर्न बस खटाउँछ ।

जेम्सले कक्षा २ देखिका बालबालिका धुम्बाराही, सुकेधारा, बालाजु बाइपास, गोंगबु, वनस्थली, सीतापाइला, स्युचाटार, कलंकीलगायत क्षेत्रबाट उठाउने गरेको छ ।

ललितपुरकै आइडिएल मोडेल स्कुल भक्तपुरको मध्यपुर ठिमीलगायत क्षेत्रसम्म पुग्ने गरेको छ । मानभवनको एभिएम, ललितपुरको युनाइटेड एकेडेमी, जेभियर इन्टरनेसनल स्कुललगायत पनि उपत्यका फन्को मार्दै विद्यार्थी ओसार्छन् ।

यी त केही उदाहरण मात्रै हुन् । अभिभावकको भ्रममा सरकारको कमजोरी तथा शिक्षा मन्त्रालय र मन्त्रीभन्दा बलिया निजी विद्यालय सञ्चालक हुँदा कलिला बालबालिकामाथि गुणस्तरीय शिक्षाको नाममा दिनहुँ यातना भएको छ ।

बालबालिकाले विद्यालयमा दिउँसो खान लगेको टिफिन पनि लामो यात्रामा भोकाउँदा बसमै खाने गरेको अभिभावक बताउँछन् । ‘राम्रो होला कि भनेर टाढा–टाढासम्म पठाइएको छ, तर गाडीमै लामो यात्रा गर्दा थाकेर पढ्नै नसक्ने अवस्था पनि हुन्छ,’ एक अभिभावकले भने, ‘विद्यालय टाढा भएकै कारण बिहान सबेरै उठ्नुपर्छ, निद्रासमेत पुग्दैन ।’

उपत्यकामा बालबालिका बोक्न एउटै विद्यालयका सयभन्दा बढीसम्म बस प्रयोगमा छन् । कतिपय विद्यालयका आफ्नै बस छन् भने कतिपयले सार्वजनिक यातायातका साधन भाडामा लिएर विद्यार्थी ओसार्न प्रयोग गर्छन् ।

मोर्डन इन्डियन स्कुलले केजीदेखि कक्षा ६ सम्म २४ रुट बनाएर विद्यार्थी ओसार्ने गरेको छ । त्यस्तै, कक्षा ७ देखि १२ सम्मका विद्यार्थी २७ रुट बनाएर ओसार्छ । धापाखेलको जेम्स स्कुलले भने कक्षा १ मा सानेपाका लागि सात रुट बनाएर विद्यार्थी ओसार्दै आएको छ । कक्षा २ देखि ५ सम्म १७ र कक्षा ६ देखि १० सम्म ३० वटा रुट बनाएर विद्यार्थी ओसार्ने गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending