Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

रुपन्देहीमा गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम शुरु

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम शुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न यो कार्यक्रम शुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिए । कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुर्याउनुपर्ने कुराबारे चेतना फैलाउने उनले बताए ।

आज वडा नं १७ को गङ्गोलिया स्वास्थ्यचौकीमा आयोजित कार्यक्रममा गर्भवती महिलालाई पौष्टिक आहार र क्याल्सियम चक्की वितरण गरी गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम शुरु गरिएको हो ।

नगरपालिकाले यसअघि नै गर्भवतीका लागि चाहिने क्याल्सियम निःशुल्क दिने निर्णय गरेको थियो । एक जना महिलाका लागि गर्भधारण गरेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्याल्सियम चाहिने स्वास्थ्यकर्मी बताउँछन् । नगरवासीको स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन नगरपालिकाको आन्तरिक स्रोतबाट निःशुल्क क्याल्सियम र पौष्टिक आहार प्रदान गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताउनुभयो । पोषणमा सबैको पहुँच पुर्याउन यो कार्यक्रमले चेतना अभिवृद्धि गराउने नगर प्रमुख घिमिरेको विश्वास छ । भौतिक निर्माण मात्र विकास होइन महिला र शिशुको स्वास्थ्य सुधार गर्नु पनि विकास हो भन्ने मान्यतासाथ यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै उपप्रमुख चौधरीले कार्यक्रमबाट लाभ लिन सम्पूर्ण गर्भवतीलाई आग्रह गरे ।

गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनेलाई पौष्टिक आहार दिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेलले बताए । गर्भवती महिलाले अरु बेलाको तुलनामा पोषिलो खानेकुरा बढी खानुपर्छ भन्ने सन्देश दिनका लागि पौष्टिक आहार वितरण गरिएको उनले बताए ।

पौष्टिक आहारमा घ्यू, चना, मसुरो, नरिवल, छोडा, आयोनुन, ज्वानो, साबुन राखिएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले तिलोत्तमाले शुरु गरेको सुत्केरीलाई थप प्रोत्साहन भत्ता, निःशुल्क क्यालसियम, पौष्टिक आहार वितरणजस्ता कार्यक्रमले मातृशिशु मृत्युदर कम गराउने बताए । यस्ता कार्यक्रमले गर्भावस्थामा चारै पटक गर्भ जाँच गर्नेको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies