Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

कास्की कारागारमा क्षमता भन्दा दुईगुणा कैदीबन्दी

पोखरा । पाँच दशकअघि स्थापना गरी सञ्चालनमा आएको कास्की कारागारमा यतिखेर क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका छन् । पोखरामा रहेको कास्की कारागारमा ४२० जनाको क्षमता भए पनि हाल विभिन्न प्रकृतिका मुद्दाका ८४७ जना कैदीबन्दी रहँदा उनीहरुलाई असहज भएको छ ।

जिल्ला कारागार कास्कीका प्रमुख गणेश गौतमका अनुसार कारागारमा विभिन्न २६ प्रकृतिका मुद्दामा एक आश्रित नाबालकसहित ६० महिला र ७८६ पुरुष रहेका छन् । तीमध्ये थुनुवा महिला २२, कैदी महिला ३८ तथा थुनुवा पुरुष २३६ र कैदी पुरुष ५५० रहेका छन् ।

कारागारले विभिन्न तीनवटा ब्लक छुट्याएकामा ‘क’ र ‘ख’ ब्लकमा क्रमशः ३१७ र ४११ जना रहेका छन् भने महिला ब्लकमा ६० जना कैदीबन्दीको सङ्ख्या रहेको उनले जानकारी दिए । ‘क’ ब्लकमा १८ र ‘ख’ ब्लकमा १९ वटा कोठासहित १० तथा १२ वटा शौचालय, पुस्तकालय, क्यान्टिन आदि रहेका छन् । कारागारभित्रै फलफूल तथा चनाचट्पटे पसल, सैलुन, मुढा बुन्ने स्थान, मासु पसल, कपडा सिलाउने ठाउँ, पोत तथा पर्स बुन्ने ठाउँ छन् ।

कारागारका ‘क’ र ‘ख’ ब्लकमा पुस्तकालय रहेकामा ‘क’ मा एक हजार ५३० पुस्तक छन् भने ‘ख’ मा एक हजार ५०० पुस्तक रहेको प्रशासनले जनाएको छ । गौतमका अनुसार कैदीलाई दैनिक रु ६० सिधा तथा नेपाल खाद्य संस्थाले प्रतिकेजी रु ५०।५२ मा ७०० ग्राम सोना मनसुली चाम उपलब्ध गराउनाका साथै सरकारले प्रत्येक वर्ष बन्दीको स्वास्थ्य उपचारका लागि रु १२ लाख विनियोजन गर्दै आएको छ ।

कैदीबन्दीका अनुसारको पूर्वाधारको व्यवस्था नभएको बताउँदै उनले पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । पूर्वाधारकै अभावमा कैदीबन्दीको श्रम सीपलाई उचित उपयोग गर्न नसकिएको बताउँदै उनले उनीहरुले उत्पादन गर्ने मुढा, झोला तथा भाङ्ग्राले श्रमअनुसारको मूल्य पाउन नसकेको बताए ।

कैदीबन्दीको सङ्ख्यामा प्रत्येक वर्ष वृद्धि हुँदै गएको बताउँदै उनीहरुको व्यवस्थापनका लागि तीनदेखि पाँच सय रोपनी जग्गा आवश्यक रहेको उनको भनाइ छ । कारागारमा हाल एक दर्जन ज्येष्ठ नागरिकसमेत रहेका छन् । यस बीचमा महिला ब्लकमा विद्युत् वायरिङ, भान्छा कोठा निर्माण, तत्काल ध्यान प्रशासनिक भवन नहुँदा जस्ताको छानामुनि सामान्य ट्रस्ट निर्माण गरिएको छ ।

कारागारभित्रै कतिपयले उद्यमशीलताका माध्यमबाट आयआर्जनमा समेत जोडिएको जानकारी दिँदै उनले मुढा बुन्ने, कपडा सिलाउने, फलफूल तथा चनाचट्पट बेच्ने आदि गरेर आम्दानी गरिरहेको बताए ।

सुरक्षाकर्मी बस्नका लागि आवास तथा अन्य पूर्वाधार (शौचालय, धारा) आदिको समस्या रहँदै आएको उनको भनाइ छ । कारागार प्रशासनले कैदीबन्दीको स्वास्थ्यमा पनि ध्यान दिएको बताउँदै उनले यही वर्ष भदौ २३ गते हिमालय आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको बताए । प्रशासनले प्रारम्भिक बालविकास केन्द्रको सहकार्यमा गत भदौ १ गतेदेखि प्रौढ शिक्षा सञ्चालन गर्दै आएको छ । कारागारमा सबैभन्दा बढी जबर्जस्तीकरणी मुद्दामा ११ विदेशीसहित २२८ रहेका छन् ।

त्यस्तै लागुऔषधतर्फ आठ विदेशी सहित २२५ रहेका छन् । कारागारमा १६६ कर्तव्यज्यान, चोरी ८०, ज्यान मार्ने उद्योगमा १७, अपहरणमा १५, मानव बेचबिखन १९, सवारी ज्यान १९, बहुविवाहका १२, सार्वजनिक अपराध नौ, डाँका चोरी नौ, विदेशी विनिमय एक र वन जडीबुटी ओसारपसारका मुद्दामा पाँचजना रहेका छन् ।

त्यसैगरी राज्य विरुद्धको कसुर विस्फोटन पदार्थ तीन, सैनिक दुई, सम्पत्तिसम्बन्धी कसुर एक, मुद्रासम्बन्धी कसुरमा दुई, लिखितसम्बन्धी एक ठगी १३, बालयौन दुराचार चार, बैंकिङ कसुर नौ, वन्यजन्तु दुई, लेनदेन दुई, आगलागी तीन कैदीबन्दी रहेको प्रशासनले जनाएको छ ।

आव २०७६÷७७ कूल बजेट चार करोड एक लाख ३४ हजार बजेटमध्ये चालूतर्फ तीन करोड ८६ लाख ३८ हजार र पूँजीगततर्पm १४ लाख ९६ हजार छ । पोखरा महानगरपालिका–७ पार्दीमा २०२२ सालमा स्थापना भएको कारागार कूल १९ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा भित्री पर्खालको १० रोपनीमा कैदीबन्दी आवास तथा बाहिरी पर्खालभित्र नौ रोपनी जग्गा खुला रहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies