जाजरकोट । “दूधको दूध, पानीको पानी छुट्याइ दिनुपर्यो देवता परमेश्वरी, हामी तिम्रो भर, शरणमा परेका छौँ, हामी पाठी खाने भए पाठी, चल्लो खाने भए चल्लो दिन तयार छौँ”, बारेकोट–८ लैखमका धनबहादुर खत्रीको घरमा दैनिक बिहान र साँझपख सुनिने भाषा हो यो ।
गाउँभरिका मानिस बिरामी हुनेबित्तिकै धनबहादुरको घरमा धामी हेराउन जाँदा दैनिक धनबहादुरको शरीरमा देवी चढेपछि बिरामीका आफन्तले देवीलाई सुनाउने सबैभन्दा महत्वपूर्ण श्लोक हो यो । यहाँका अधिकांश स्थानीयवासी आफन्त बिरामी हुँदा एक घण्टाको दूरीमा रहेको स्वास्थ्य संस्था लैजानुभन्दा पहिला धामीकहाँ लिएर देवता हेराएपछि मात्र देवताको आदेशमा बाँकी काम गर्छन् । धामी, झाँक्रीले ‘हामी सक्दैनौँ’ भनेर सल्लाह दिएपछि मात्र स्वास्थ्य संस्था लैजाने गरेको पाइएको छ ।
सामान्य टाउको दुख्दा होस् वा सामग्री हराउँदा, देवताकै शरणमा गएर सल्लाह लिने चलन जाजरकोट, रुकुमपश्चिम र डोल्पाका गाउँमा विद्यमान छ । कहाँका धामीले कति सही कुरा गर्छ भन्ने गाउँमा छलफलसम्म हुने गरेको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले जानकारी दिए । उनी भन्छन्, “खेतबारीमा लगाएको मकै, धानलगायतका अन्नबाली घरमा भित्र्याउनसमेत धामीले दिएको दिनलाई उपयुक्त समय मानेर गाउँभरिको काम हुने गर्छ, सो समयलाई नमान्नेको घरमा अनिष्ट हुने जनविश्वास छ ।”
नयाँ घरमा प्रवेश गर्नेदेखि नयाँ कामको थालनी गर्दासम्मका काम धामीले दिएको साइतकै आधारमा हुने गरेको खत्रीको भनाइ छ । जिल्लाको बारेकोट, जुनिचाँदे गाउँपालिकामा देवीदेवताको विश्वासका आधारमा काम बढी हुने गरेको पत्रकार रेशमबहादुर खड्काले जानकारी दिए । उनले भने, “घरमा भैँसी ब्याएपछि दूध खानलाई समेत देवताकै शरणमा जानुपर्छ, देवताले दिएको दिनबाहेक अरु दिनमा दूध खान नमिल्ने संस्कार अझै गाउँमा छ ।”
त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा बालात्रिपुरासुन्दरीका धामीले दिएको साइतबाहेक अरु साइतमा दशैँका टीका नै नहुने प्रचलन कायम छ । धामीले दिएको साइत हेर्दा दुई वर्षअघि दशैँको टीका एक दिनपछि सरेको स्थानीयवासी विष्णुप्रसाद देवकोटा बताउछन् । कुनै पनि नयाँ काम गर्दा बालात्रिपुरासुन्दरीको आज्ञाअनुसार नै गर्दै आएको उनको भनाइ छ ।
विसं २०७२ मा फैलिएको मौसमी फ्लु रोक्नका लागि समेत देवीकै भाकल गरिएको थियो । दुई दिनदेखि त्रिपुरासुन्दरी नगरपालालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोग रोकथाम गर्न भन्दै स्थानीयवासी धामीको शरणमा पुगेको बताइएको छ । हिउँद, वर्षायाममा पानी नपर्दा खेती गर्न नपाएका कृषकसमेत पानी पार्न अनुरोध गर्दै धामीकै शरणमा पुग्दै आएका छन् । उपल्लो डोल्पामा बर्सेनि उवाखेती भित्र्याउँदा लामाले साइत हेरेर मात्र भित्र्याउने चलन कायमै ।
गाउँलेहरूले लगाएको अन्नबाली पशुचौपायले खाँदा घर मालिक पत्ता लगाउनसमेत देवताको मन्दिरबाट ध्वजा, पताका लिएर क्षतिपूर्ति उपलब्ध गराउने चलन डोल्पा, जाजरकोट र रुकुमपश्चिमका गाउँमा अझै कायम रहेको पञ्च भयार माध्यमिक विद्यालय नलगाड नगरपालिका–८ का शिक्षक वीरबहादुर खत्रीले जानकारी दिए ।
सामाजिकरूपमा जकडिएको हाम्रो समाज अझै मूलप्रवाहमा आउन वर्षौँ पर्खनुपर्ने बुद्धिजीवी सुदाम गौतम बताउछन् । समाजका हरेक गतिविधि संस्कारकै रूपमा स्थापित भएकाले सजिलै हट्ने सङ्केत आफूले नदेखेको उनको भनाइ छ । “हाम्रा गतिविधि सुधारोन्मुख हुनुपर्दछ, अनि मात्र हामी एक दिन सही ठाउँमा पुग्दछौँ”, उनले भने ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: