Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सांसदहरूद्धारा समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण

काठमाडौ । सदनमा कोरोना भइरस (कोभिड–१९), भ्रष्टाचार र समसमायिक विषयमा सांसदहरूले संसद् र सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आइतबार भएको अमानवीय व्यवहारको भत्सर्ना गरे । उनले सो विषयमा गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षालाई सुदृढ बनाउन जोड दिए ।

सांसद पौडेलले कोरोना भाइरस करिब ६४ देशमा पुगिसकेको सञ्चारमाध्यममा आएकाले नेपालमा त्यसको रोकथामका निम्ति अझ उच्च सतर्कता अपनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडूले विभिन्न देशमा फैलिएको कोरोना भाइरसका सम्बन्धमा सरकारले उच्च सतर्कता अपनाउन नसकेको बताए । उनले विश्व स्वास्थ्य सङ्गठनले नेपाललगायत विभिन्न मुलुकलाई कोरोना भाइरसको उच्च जोखिममा रहेको बताए पनि सरकारले त्यसअनुरूपको तयारी गर्न नसकेको बताए। सरकारले संसद्लाई छलेर चोर बाटोबाट जनतामा कर थोपर्ने काम गरेको भन्दै उनले आपत्ति जनाए ।

सांसद महेन्द्र राय यादवले सरकारले जनतालाई मारमा पार्ने गरी इन्धनमा कर थप्ने निर्णय गरेकोप्रति आपत्ति जनाए । उनले प्रदेश नं ३ को नामकरण गर्दा पहिचानलाई आत्मसात् गर्न नसकिएको भन्दै गुनासो गरे । सांसद प्रदीप यादवले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको विषय उल्लेख गरिए पनि व्यवहारमा नदेखिएको भन्दै चिन्ता व्यक्त गरे ।

सांसद राजेन्द्रकुमार लिङ्देनले व्यक्ति विशेषका लागि संविधान संशोधन गर्ने विषय सत्तापक्षीय दलबाटै आएको भन्दै आपत्ति प्रकट गरे । सांसद दिव्यमणि राजभण्डारीले संसारभर प्रकोपका रूपमा फैलिँदै गएको कोरोना भाइरसबाट बच्ने उपायका सन्दर्भमा सरकारले पर्याप्त तयारी गर्न नसकेकामा दुःखेसोे पोखे । सांसद सरिताकुमारी गिरीले कोशी टप्पु आरक्षण क्षेत्रमा हात्ती, बँदेललगायत वन्यजन्तुको आक्रमणबाट स्थानीयवासी पीडित र त्रसित बनेकोप्रति सरकारको ध्यनाकर्षण गराइन् ।

सांसद शान्ता चौधरीले प्रधानमन्त्रीले आफ्नो मिर्गौला प्रत्यारोपण स्वदेशमै गर्न लागेकामा खुशी व्यक्त गर्दै उनको पूर्ण स्वास्थ्यलाभको कामना गरिन् । नेकपाका सचेतकसमेत रहका सांसद चौधरीले नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार भएको अभद्र व्यवहारप्रति आपत्ति जनाइन् । काँग्रेसका सांसद प्रकाश रसाइली (स्नेही) ले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै कोरोना भाइरस भन्दा पनि भ्रष्टाचारको भाइरसबाट मुलुकमा त्रास पैदा भएको बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending