काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले संविधानको सफल कार्यान्वयनबाट सङ्घीयता स्थापित हुने बताएका छन् । शमी साहित्य प्रतिष्ठानद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री त्रिपाठीले नेपालको संविधान अन्य मुलुकका तुलनामा विशिष्ट र मौलिक भएकाले यसको कार्यान्वयनको विकल्प नभएको जनाए । उनले भने, “नेपालको संविधान जनताका प्रतिनिधिले बनाएका हुन् । केन्द्र, प्रदेश र स्थानीय तहका आफ्नै अधिकार र समावेशिताका दृष्टिले यो मौलिक छ । हामी सबै यसको कार्यान्वयनमा लागौँ । सङ्घीयताको भविष्यबारे चिन्ता नगरौँ । संविधानको कार्यान्वयन हुँदा सबै कुरा कार्यान्वयन हुन्छ ।”
कार्यक्रममा समाजशास्त्री डा डम्बर चेम्जोङले ‘सङ्घीयताको कार्यान्वयनमा बौद्धिक वर्गको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै विद्यमान सङ्घीयता केन्द्रीयताकै अर्को रुप भएको जिकिर गरे । सो अवसरमा ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदार पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरविनाको शहर’ र अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’ कृतिलाई संयुक्तरुपमा दिइयो । पुरस्कारको राशि संयुक्त रु एक लाख ११ हजार १११ छ । पुरस्कारका लागि विसं २०७५ मा प्रकाशितमध्ये प्रतिष्ठानलाई प्राप्त ८४ कृतिमध्येबाट पहिले उत्कृष्ट पाँच छनोट गरी अन्तिममा दुई कृति पुरस्कृत गरिएको हो । स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा ती कृति छानिएको प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले बताए ।
कार्यक्रममा उक्त पुस्तक खरीदकर्तामध्ये गोलाप्रथाबाट पुस्तक क्रमसङ्ख्यामध्ये ११ हजार २१ र नौ हजार ३५९ ले रु २५ हजार राशिको ‘बादलभित्रको घाम पाठक पुरस्कार’ पाउने घोषणा गरियो । प्रतिष्ठानका संरक्षक एवं निबन्धकार डोलिन्द्रप्रसाद शर्माको निबन्धसङ्ग्रह ‘बादलभित्रको घाम’ पुस्तकको बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार स्थापना गरिएको हो । पुडासैनीको कृतिमा मधेश–तराई गाथा र अर्यालको कृतिमा नारीवादी आत्मिक प्रेम वर्णन भएको जनाइएको छ । ‘बादलभित्रको घाम’ पहिलो संस्करणमै १३ हजारप्रति र पुनःमुद्रण गरी कूल २५ हजारप्रति प्रकाशन भएको जिकिर गरिएको छ । पुरस्कारको अक्षयकोषमा रु ५० लाखसम्म जम्मा गर्ने लक्ष्यानुसार हालसम्म सो पुस्तक बिक्रीबाट रु १७ लाख हस्तान्तरण गरिएको प्रतिष्ठानले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: