Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

कोरियामा कोरोना कहर, के भन्छन् कोरियाका नेपाली ?

काठमाडौं । बिगत केही समय पहिला चीन को हुबेइ प्रान्त स्थित वुहान शहर बाट फैलिएको कोरोना नामक (कोभिड -१९) भाइरस सन्सार भर फैलने क्रममा छ । छोटो समयमा धेरै मानिसको ज्यान लिन सफल कोरोना ले यतिबेला सन्सारलाइ चिन्तित तुल्याउदै बिज्ञान लाई समेत चुनौती थपिदिएको छ । किनकी हालसम्म यसको कुनै पनि निश्चित औसधि पत्ता नलागेको बैज्ञानिक हरुले बताएका छन् ।अहिले सम्म चीन सहित ५१ देशमा कोरोना भाइरस फैलिएको तथ्यांक फेला परेको छ भने संक्रमित संख्याका आधारमा कोरिया दोश्रो नम्बरमा रहेको छ ।कोरियामा एक हप्तामा पच्चीस सय नयाँ संक्रमीत थपिदै हाल ३ हजारको हाराहारीमा कोरोना पिडित रहेका छन् तर यो संख्या दैनिक ५ सय भन्दा बढीको दरले वृद्धि भैरहेको छ । मृतक संख्याका आधारमा चीन र इरान पछि कोरिया तेश्रो नम्बरमा रहेको छ ।यो आलेख तयार पार्दा सम्म कोरोना बाट एक बिदेशी सहित १६ जना कोरियन नागरिकको मृत्यु भैसकेको छ ।

कोरोना एक प्रकारको मौसमी सरुवा रोग जस्तै भए पनि दिन प्रतिदिन नयाँ नयाँ संक्रमित सन्ख्या बढ्दै जादा यसले महामारी को रुप लिदै गएको बुझिन्छ ।वुहान शहर कै अनुपातमा मानिस हरुको मृत्यु हुँदै गएमा कोरोना बाट बिश्वभर ४ करोड मानिस मर्न सक्ने बिश्व स्वास्थ्य संगठनले बताइसकेको छ ।यस्तो डरलाग्दो चेतावनी सगै बेलैमा औसधि पत्ता लाग्न नसक्दा झन् सर्बत्र चिन्ताको ग्राफ बढेको छ। कतिपय बैज्ञानिक हरुले कोरोना धेरै चिसोमा मात्र सकृय रहने हुनाले तापक्रम वृद्धि हुनासाथ यो स्वत निष्क्रिय हुने कुरा बताएका छन् ।सिङ्गापुरमा अहिले ३० डीग्री सेल्सियस भन्दा बढी तापक्रम रहदा त्यहा कोरोना उत्साह जनक रुपमा नियन्त्रण भैरहेको देखिन्छ ।यसबाट के बुझ्न सकिन्छ भने उच्च तापक्रम मा कोरोनाको असर त्यति सकृय नरहने कुराको पुष्टि हुँदै पनि गएको छ ।

शुरुवाती चरणमा कोरोनाले विशेष गरि दिर्घ रोगी र निकै उमेर भैसकेका वृद्ध मानिसहरुलाइ आक्रमण गरेको पाइए तापनी हाल युबाहरुको शरीरमा समेत सजिलै कोरोना प्रबेश गरेको देखिएको छ ।अहिले कोरोनाले कुनै पनि उमेर समूह नहेरेको र यो बिशेष प्रकारको घातक भाइरस रहेको कुरा चिकित्सक हरुले बताउन थालेका छन् ।यस सम्बन्धित अधिकाम्श बिरामी हरुको लक्षण तुलना गर्दा रुघाखोकी लाग्ने ,घाँटी दुख्ने ,स्वासप्रस्वास प्रणालीमा समस्या हुने ,अत्यधिक मात्रमा ज्वरो आउने ,मुटु ,कलेजो किड्नी जस्ता मानव मुख्य अंग हरुलाइ तत्कालै निष्क्रिय बनाइदिने जस्ता कार्यहरु यसले गर्ने गरेको पाइएको छ ।

कोरोना बाट कसरी बच्ने ?

कोरोना भाइरस ठ्याक्कै यसरी नै उत्पत्ति भयो भन्ने कुनै ठोस आधार अहिले सम्म नभेटिएता पनि चीन को वुहान शहरमा एक चिनिया युवती ले स्तनधारी पन्छी चमेरोको सुप बनाएर खाए पछि उक्त युबतीमा कोरोना भाइरस देखा परेको भन्ने हल्ला व्यापक छ । उक्त हल्ला लाई कतिपय ले आधारहिन हल्लाको संज्ञा दिएतापनी कोरोना मृत पशु पन्छी बाट नै मानव शरीरमा प्रबेश गरेको भन्ने कुरा चाहिँ बैज्ञानिक हरुले पुष्टि गरिसकेका छन् ।

त्यसकारण पहिलो साबधानी अन्तरगत केही समय फ्रोजन नगरिएका पशुपन्छी को मासु बाट टाढा रहनु पनि एक हो ।दोश्रो भनेको कोरोना अत्यन्तै कडा खालको भाइरस भएकोले संक्रमीत एक ब्यक्ती बाट अर्को ब्यक्तिमा सजिलै सर्ने हुदा साबधानी अपनाउदै मास्क प्रयोग गर्ने , निरन्तर हात धुने ,तातो ठाउमा बस्ने , सुर्यको किरण शरीरमा पार्ने , धेरै भिडभाडमा नजाने , ,अल्कोहल स्प्रे प्रयोग गर्ने जस्ता प्रथामिक सुरक्षा अपनाउन सकिने कुरा चिकित्सक हरुले बारम्बार बताएका छन् ।जुन कुरा तपाईं हामीले निरन्तर सुन्दै पनि आएका छौ ।

कस्तो छ कोरियाको अबस्था ?

केही दिन अगाडी राष्ट्रपति मुन जे इन ले \'अभुतपुर्ब साहस\' बटुलेर राज्यका सम्पुर्ण संयन्त्र हरुलाइ कोरोना बिरुद्द लागि पर्न आदेश दिएका थिए ।तर यस्तो उच्च साबधानी, पर्याप्त श्रोत साधन र उचित परिचालन हुदा हुँदै पनि कोरोनाले कोरिया लाई अत्यन्तै आक्रान्त बनाएको कुरामा कुनै दुइमत छैन ।कोरोना नियन्त्रण गर्न कोरिया सरकारले कुनै कसुर बाकी नराख्ने जनाएता पनी एक डेढ हप्ताको अबधीमा यहाँ बिकराल स्थितिको सृजना भैसकेको छ ।बिशेष गरि कोरिया को राजधानी सौल बाट झन्डै ३ सय किलोमीटर टाढा रहेको कोरियाको ५औ ठूलो शहर थेगु शहर कोरोना बाट सबैभन्दा बढी प्रताडित बनेको छ ।थेगु शहरमा अहिले २ हजार भन्दा बढी कोरोना संक्रमीत ब्यक्तिहरुको पुष्टि भैसकेको छ ।भने कोरिया सरकारले उक्त शहरलाइ आंशिक रुपमा ुलक डाउन ु घोषणा गरेको छ ।अन्य शहरहरुमा छिटफुट सन्ख्यामा देखिएका छन् ।

थेगु शहर आसपासमा यकिन तथ्यांक नभए पनि ५ हजार भन्दा बढी नेपालीहरु रहेको आकलन गर्न सकिन्छ । उक्त स्थान मा रहने नेपाली हरु सबैभन्दा जोखिम को ुरातो घेराु भित्र रहेका छन् ।कोरिया सरकारले उक्त क्षेत्र भित्र अनिश्चित कालीन रुपमा कुनै पनि हुलहुज्जत हुने काम नगर्न आदेश दिएको छ ।तर यातयात , कम्पनी ,सपिङ्ग सेन्टर,बैंक हरु निर्बाध रुपमा चलिरहेका छन् ।प्राय कोरियन नागरीक हरुमा सामान्य साबधानी अपनाउनु बाहेक अन्य कुनै पनी मनोबैज्ञानिक त्रास नरहेको देखिन्छ ।

के भन्छन् नेपाली हरु ?

केही दिन पहिला नेपाली राजदुताबास कोरियाले एक बिज्ञप्ति जारी गरेर अहिलेकै अबस्थामा कुनै पनि चिन्ता नलिन र तोकिएका साबधानीहरु अपनाएर सुरक्षित रहन आग्रह गर्दै एक बिज्ञप्ती जारी गरेको थियो ।भने कुनै पनी समस्या आइहालेमा दुताबासलाइ जानकारी गराउन समेत आग्रह गरेको थियो । त्यस पछिका दिनहरुमा पनि सामाजिक सन्जाल मार्फत दुताबास र दुताबासका प्रतिनिधि हरुले निरन्तर जस्तै सचेत रहन आग्रह गरिरहेकै पाइएको छ ।

यो पंक्तिकार ले थेगु सहित अन्य शहरमा रहेका र सम्पर्कमा आएका केही नेपालीहरु सग सम्पर्क गर्दा अधिकाम्श चिन्तित रहेको पाइयो ।भने कोरोना त्रासका कारण केही नेपालीहरु कोरिया नै छोडेर हिडेको समेत पाइयो ।नाम उल्लेख नगर्ने सर्तमा स्याङ्जाका एक युबक कोरोना त्रासका कारण कोरियाको बाकी भिसा छाडेर हिड्न ठिक्क परेको बताए ।कम्पनी ले बिदा नदिने र अन्यत्र काम गर्न चाहिने लेटर समेत नदिने भनेकाले कोरिया नै छोड्नु परेको उनको भनाइ थियो ।उनका अनुसार उनी सहित ५ जनाले उक्त निर्णय गरेर सामुहिक रुपमा प्लेन टिकट लिइसकेको बताए ।

तर धेरै नेपालीहरु यहि अबस्थामा चाहिँ त्रसित हुनु नपर्ने कुरामा बिश्वस्त बनेका छन् ।साबधानी अपनाउदा अपनाउदै पनि कोरोना बाट संक्रमीत भैहालेको खण्डमा कोरियाको विश्व स्तरीय उपचार पद्धति र सरकारको जिम्मेवारी र जबाफदेहिता देखेर पनि तत्काल कोरिया प्रती सशन्कित बन्नु पर्ने अबस्था नरहेको बताउछन् ।

कोरोना बाट स्वस्थ्य ब्यक्तिहरुले खासै चिन्ता मान्नु पर्ने अबस्था नरहेको स्वास्थ्यकर्मी हरुले पनि पटक पटक बताउदै आएका छन् ।यदि कुनै पुराना रोग हरु बाट पिडित ब्यक्ती हरु हुनुहुन्छ र नियमित औषधि सेवन गर्ने ब्यक्ती हुनुहुन्छ भने त्यस्ता ब्यक्ति का लागि कोरोना अत्यन्तै हानिकारक हुने कुरा पनि बारम्बार जानकारीमा आइसकेकै छ ।

के मा चिन्ता छ नेपाली हरुलाइ ?

कोरियामा रहेका शतप्रतिशत नेपाली हरु नेपाल प्रती अत्यन्तै चिन्तित छन् ।अधिकाम्श नेपालीहरु नेपाल सरकारको गैरजिम्मेवार पन र कोरोना प्रती को हेलचेक्र्याइ देख्दा अत्यन्तै दुखी छन् ।चीन ,इरान, सिङ्गापुर,कोरिया जस्ता श्रोत साधान सम्पन्न मुलुक ले समेत कोरोनालाइ नियन्त्रण गर्न सकेका छैनन् भने केही गरि नेपालमा यो रोग सल्कियो भने यसले कुन रुप धारण गर्ला भन्ने चिन्ता सबैमा रहेको पाइएको छ । यहि बिषयलाई लिएर सामाजिक सन्जालहरुमा सबैले आ आफ्ना चिन्ता सहितका धारणा हरु सार्बजनिक गरिरहेका छन् ।

वुहान बाट १८० जना नेपाली लाई ब्यबस्थापन गर्न नेपाल सरकारलाइ दुइ हप्ता भन्दा बढी समय लागेको थियो भने भोलि कोरिया बाट नेपाल फर्कनु परेको खण्डमा यति धेरै नेपालीलाइ कसरी ब्यबस्थापन गर्ने त्यो बिषयमा नेपाल सरकारले अहिले नै पुर्बाधार हरु खडा गरेर राखोस र खुल्ला सिमा तथा बिमानास्थल बाट भित्रीने जो कोही ब्यक्तिलाइ उच्च निगरानीमा राखोस भन्ने कोरियामा रहेका नेपाली हरुको साझा भनाइ रहेको समेत देखिएको छ ।

राजु श्री, द.कोरिया

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending