काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रस्तावित भनिएको संविधान संशोधनको विषय यतिबेला बहुचर्चामा छ ।
केही समयअघि बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा संविधान संशोधनको विषयमा चर्चा चलेको थियो । संविधान संशोधन खासगरी बर्दीयाबाट पराजित नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गरी प्रधानमन्त्री बनाउने सन्दर्भमा केन्द्रित भएको बताइन्छ ।
हालको संविधानअनुसार राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न नपाउने व्यवस्था छ । गौतमको माग अनुसार बालुवाटारमा बसेको बैठकले माधव कुमार नेपालको संयोजकत्वमा सुवास नेम्वाङ् र खिमलाल देवकोटा रहेको ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।
तर यसरी गठन भएको कार्यदलबारे बाहिर चर्चापरिचर्चा नगर्ने भनेर निर्णय गरिएको भएपनि गत आइतबार यो समाचार बाहिरिएको थियो । स्रोतका अनुसार यस्तो निर्णयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली असहमत नभएपनि खुश थिएनन् भने अर्का अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ कोशिष गरौं भन्ने पक्षमा थिए ।
सेलाएको विषय फेरी कसरी व्युँतियो
संविधान संशोधन गरी गौतमलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला गर्ने प्रस्ताव यसअघि ओलीले नै उठाएका थिए । केही समयअघि पार्टीका नेता माधव नेपाललाई तह लगाउन ओलीले गौतमलाई निवासमा बोलाएर संविधान संशोधन गरी बाटो खुलाउने, उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बनाउने गरी मनाएका थिए । यसैगरी अर्का नेता झलनाथ खनाललाई उनको खोसिएको वरियता दिलाउने बताएर त्यतिबेला ९ सदस्यिय सचिवालयमा नेपाललाई एक्लो बनाइएको थियो ।
सोही छलफलपश्चात गौतमले फुरुक्क हुँदै एक राष्ट्रिय दैनिकमा पार्टी लाइन विपरित ‘जनताको बहुदलिय जनवाद’ बारे एक पेज लामो आर्टिकल लेखेका थिए ।
ओलीले खनाललाई दिएको दोस्रो वरियताको आश्वासन र गौतमलाई संगठनविभाग बनाउने काम बाहेक अन्य वाचा पुरा गरेनन् । ओलीले वाचा पुरा नगरेपछि आक्रोशित बनेका गौतमले आफ्नै निवासमा ओली, महासचिव विष्णु पौडेल र अर्का सचिवालय सदस्य इश्वर पोखरेलबाहेक अन्य नेताहरुलाई बोलाएर छलफल चलाए ।
त्यो यस्तो अवस्था थियो कि –प्रचण्डलाई नयाँ सभामुख चयनमा अन्य नेताहरुको सहयोग चाहिएको थियो भने नेपाललाई ओलीलाई देखाउनु थियो । वामदेवलाई उपाध्यक्ष बनाउने र संविधान संशोधनबारे समेत त्याँहा छलफल भयो ।
त्यसपछिको पार्टी केन्द्रिय समितिको बैठकमा भैंसेपाटी बैठकको योजनाअनुसार नै उपाध्यक्ष बनेका गौतम र वरिष्ठ नेता बनेका नेपालबिच समझदारी संविधान संशोधनको एजेण्डासम्म आईपुगेको स्रोतले बतायो ।
भैंसेपार्टी बैठकका रुपमा चर्चित उत्त बैठकपछि झन रिसाएका ओलीले संविधान संशोधनबारे बनेको कार्यदलप्रति समर्थन वा विरोध दुवै गरेनन् । एक सदस्यले भने, –‘ओली आफैको पूर्व प्रस्ताव भएकोले उनले विरोध गर्ने नैतिकता थिएन । पब्लिक सेन्टिमेन्ट बाहिरको प्रस्ताव भनेर बुझेका उनले पर्खेर तमासा हेर्ने रणनीति बनाए’ ।
सोही अनुसार बाहिर आएको संविधान संशोधनको एजेण्डा विवादित हुन पुग्यो । कार्यदलका सदस्य भनिएका नेम्वाङ् र देवकोटाले बस्न समेत मानेनन् । र यसबारे अहिले कोही बोल्न तयार छैनन् भने जनतादेखि कार्यकर्तासम्म संशोधनको विरुद्दमा मुख खोलिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: