Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

विन्ध्यवासिनी हाइड्रोपावरले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

लमजुङ । लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्ने भएको छ । ती आयोजनाको प्रवद्र्धक विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । कम्पनीले लमजुङ र कास्की जिल्लाको सिमानामा बग्ने रुदी खोलामा निर्माण गरेको ८.८ मेगावाट क्षमताको रुदी खोला ए र ६.६ मेगावाट क्षमताको रुदी खोला बी गरी कूल १५.४ मेगावाट क्षमताका दुई आयोजना सञ्चालनमा छन् ।

प्रवद्र्धक कम्पनीका अनुसार रुदी खोला ए जलविद्युत् आयोजनाले २०७५ साल चैत र रुदी खोला बी जलविद्युत् आयोजनाले यही फागुन ४ गतेदेखि व्यापारिकरुपमा विद्युत् उत्पादन शुरु गरिसकेको छ । दुवै आयोजनाको औसत प्रतिमेगावाट लागत रु १७ करोड ५० लाख छ ।

कम्पनीले निष्काशन गर्न लागेको साधारण शेयरमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई र बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गरिनेछ । सो कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड र शेयर प्रत्याभूतिकर्ता ग्लोबल आइएमई क्यापिटल लिमिटेड छन् । कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले ग्रेड चार दिएको छ । कम्पनीले शेयर बिक्रीका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीका महाप्रबन्धक जनार्दन अर्यालले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies