घोराही । षडयन्त्रपूर्वक फसाएका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाण्डौंले सफाइ दिएपछि उनको निर्वाचन क्षेत्र दाङका मतदाताहरुले खुशीयाली मनाएका छन् । जिल्ला अदालत काठमाण्डौंले महरा निर्दोश भएको प्रामाणित गरिसकेपछि उनी पूर्ण रुपमा निर्दोश भएको र उनलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाइएको पुष्टि भएको छ ।
दाङ क्षेत्र नं २ बाट निर्वाचित सभासद् महराले सफाइ पाउँदा समग्र दाङ र राप्तीबासीलाई फाइदा पुगेको महराका मतदाता एवम् नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले प्रतिकृया दिए ।
‘दाङको समग्र विकासका लागि कुन दल वा नेतामा विभाजित हुनुहुँदैन उहाँ विकास प्रेमी नेता हो, उहाँ निर्दोश भएको अदालतले प्रमाण दिइसकेको छ,’ प्रियासनले भन्नुभयो, ‘दाङको विकासका लागि सबै दलहरु एक हुनुपर्छ ।’
अर्का मतदाता वामदेव रिजाल ‘देवदास’ ले महरालाई दुःख दिएर राजनीतिक अभिष्ट पूरा गर्न चाहने देशी विदेशी प्रतिकृयावादी तत्वहरुले षडयन्त्र रचेको बताए । महराले यस क्षेत्रको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुपर्ने रिजालको भनाई छ ।
महरा दाङको मात्र नभएर समग्र मुलुककै विकासमा योगदान दिने व्यक्तित्व भएको पत्रकार केशरमान विसीले बताए । उनले महरालाई फसाउनेहरुको क्रमशः भण्डाफोर गरिदै जाने प्रतिकृया दिए ।
यसैबीच महरालाई अदालतले दिएको खुशीयालीमा मतदाताहरुले आज बेलुकी ५ बजे घोराहीको तुलसीपुरचोकमा स्वस्फ्रूतरुपमा दीप प्रज्वलन गर्ने भएका छन् । दीप प्रज्वलन कार्यक्रमको संयोजन गरिरहेका दीपेश पोख्रेलले सहभागि हुन समग्र राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगी व्यवसायी, युवा तथा सम्रग दाङवासी जनसमुदायलाई अनुरोध गरे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: