Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

पर्वत अदालतमा नयाँ संहितापछि मुद्दाको चाप अत्यधिक

पर्वत । गत वर्षदेखि नयाँ फौजदारी र देवानी संहिता लागू भएपछि पर्वत जिल्ला अदालतमा मुद्दाको चाप बढेको छ । गत वर्षबाट लगत सरेर आएका मुद्दाहरुको चापका कारण चालू वर्षका नयाँ मुद्दाको सङ्ख्या अत्यधिक बढेको अदालतले जनाएको छ । अदालतले चालू वर्षका छ महिना अर्थात् साउनदेखि पुस मसान्तसम्म भएका मुद्दाहरुको स्थिति, फछ्र्यौट र जरिवानाको बारेमा पत्रकारलाई बुधबार एक कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।

अदालतका तहसिलदार नन्दप्रसाद आचार्यका अनुसार चालू वर्षको छ महिनाको अवधिमा ४०६ विभिन्न प्रकृतिका मुद्दा आएका थिए । तीमध्ये २१३ मुद्दा फछ्र्यौट भई १९३ मुद्दा फैसला गर्न बाँकी रहेका छन् । अदालतमा दुनियाँवादी देवानी मुद्दा २६८ रहेकामा १२८ फछ्र्यौट भई १४० बाँकी रहेका छन् । दुनियाँवादी फौजदारीका ७७ मुद्दा आएकामा ४० फछ्र्यौट भएका छन् भने ३७ बाँकी रहेका छन् । सरकारवादी ५९ मुद्दा रहेकामा ४३ फछ्र्यौट भई १६ बाँकी रहेका छन् ।

अदालतमा पुनरावेदनसम्बन्धी एक र निषेधज्ञासम्बन्धी एक मुद्दा रहेकामा दुवै फछ्र्यौट भएका छन् । अदालतका अनुसार चालू वर्ष सम्बन्धविच्छेदका १३० मुद्दा दर्ता भए । तीमध्ये पुरुषले दिएको सम्बन्धविच्छेदका मुद्दा ६४ थिए भने महिलाले दिएका ६६ थिए । चौहत्तर मुद्दा फछ्र्यौट भएका छन् भने फछ्र्यौट गर्न बाँकी ५६ रहेका छन् । अदालतका न्यायाधीश सूर्यबहादुर थापाले अदालतमा अरु मुद्दाका तुलनामा धेरै रहेको बताए ।

सम्बन्धविच्छेदका मुद्दाहरु मेलमिलापमा टुङ्ग्याउन प्रयास गर्दै आएको थापाले बताए । न्यायाधीश थापाका अनुसार चालू वर्ष १३ जोडीको मेलमिलाप भएको छ । जिल्ला अदालतका स्रेस्तेदार जीवनकुमार पौडेलले चालू वर्ष ७८४ वर्ष पाँच महिना १२ दिन कैदको दायित्व रहेकामा ३० वर्ष सात महिना पाँच दिन फछ्र्यौट भई ७५३ वर्ष १० महिना सात दिन बाँकी रहेको जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies