काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौं। यही गति रहे वर्षभरिमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गर्नेछौं।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य अकासिएको हो। अहिले यसको बजार मूल्य सरदर ६ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ। जब कि २० दिनअघि यसको मूल्य एक सय ३० रुपैयाँ थियो।
गत आव ०७५/७६ मा ८३ करोड ३० लाख मूल्यको ९ हजार दुई सय ७७ मेट्रिक टन लसुन आयात भएको थियो। हामीले त्यही अवधिमा १५ लाख मूल्यबराबरको १८ मेट्रिक टन निर्यात गरेका थियौं। कृषिजन्य उत्पादनमा मुलुकको परनिर्भरताको पराकाष्ठा लसुनले झल्काउँछ।
राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार हरेक वर्ष ठूलो परिमाणमा लसुन चीन, भारत र अन्य मुलुकबाट आयात हुन्छ। सबैभन्दा बढी चीनबाट हुन्छ।
केन्द्रका प्रमुख डा। कमल गैरेका अनुसार नेपालमा करिब ६० हजार मेट्रिक टन लसुनको माग छ। स्वदेशमा ५० हजार एक सय ७७ हेक्टरमा करिब ५० हजार मेट्रिक टन हाराहारीमा स्वदेशी र चिनियाँ जातको लसुन उत्पादन हुन्छ।
‘अपुग १० हजार मेट्रिक टन लसुन आयात भएको तथ्यांक छ,’ गैरेले भने, ‘कृषिजन्य वस्तुतर्फ ससाना उत्पादनमा ध्यान दिन नसक्दा आयातका नाममा व्यापार घाटा बढेको हो।’
ठूला होटेल, रेस्टुराँ र सहरी क्षेत्रका अधिकांश उपभोक्ताले चिनियाँ लसुन मन पराउने भएकाले बजारमा बढी माग छ। थोक विक्रेता अर्जुन सिलवालका अनुसार सहरी क्षेत्रका बासिन्दाले चीनबाट आयात हुने ठूलो आकारको लसुन अत्यधिक रुचाएकाले तुलनात्मक रूपमा बजारमा माग बढी छ।
‘भारतबाट आयात हुने र स्वदेशमा उत्पादित लसुनको आकार सानो हुने र बोक्रा झिक्न केही कठिनाइ भएकाले उपभोक्ताले चिनियाँ लसुन बढी मन पराएका हुन्,’ उनले भने। उनका अनुसार २५ दिनयता चीनबाट लसुन आयात भएको छैन। आयात नहुँदा बजारमा चिनियाँ लसुनको माग बढ्दै गएको हो।
कालिमाटी तरकारी बजारमा वार्षिक रूपमा चीनबाट आयात हुने लसुन एक सय ५४ मेट्रिक टन कारोबार हुन्छ। भारतबाट आयात भएको लसुन साढे ४० टनको कारोबार हुन्छ। कालिमाटी बजारका उपनिर्देशक विनय श्रेष्ठका अनुसार त्यतिले नपुगेर नेपालमै उत्पादित चिनियाँ जातको करिब १४ टन र स्वदेशी जातको करिब एक सय १८ टन लसुन खपत हुन्छ।
भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो चार महिनामा लसुन आयात दर चुलिँदै गएको छ। स्वदेशमा लसुन उत्पादन वृद्धि नहुँदा बर्सेनि लसुन आयात दर बढ्दै गएको हो। ०७२।७३ मा ७० करोड ६० लाख ६६ हजार मूल्यको नौ हजार चार सय ३० मेट्रिक टन लसुन आयात भएको थियो।
लगत्तै ०७३/७४ मा परिमाणमा कम देखिए पनि मूल्यका हिसाबले झन्डै पाँच करोड २७ लाख बढीले लसुन आयात बढेको थियो। त्यो वर्ष ७५ करोड ८७ लाख मूल्यको ६ हजार दुई सय ८५ टन आयात भएको थियो। ०७४/७५ मा ८० करोड ८२ लाख ६० हजार मूल्यको आठ हजार ६ सय ४४ टन र ०७५/७६ मा ८३ करोड ३० लाख ३३ हजार मूल्यको नौ हजार दुई सय ७७ टन लसुन आयात भएको थियो।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: