Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा

वीरगञ्ज । स्वच्छता तथा वनस्पतिजन्य स्वच्छतासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुग्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा रहेका कानून कार्यान्वयन गर्ने निकायहरूले कडाइ नगर्दा उत्पादन स्थलदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुगेको जनाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (एसपिएस) नेशनल इन्क्वाइरी प्वाइन्ट बबरमहल काठमाडौँद्वारा आइतबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले नेपाल भारत सीमा क्षेत्रमा स्वच्छता सम्बन्धी कानून कार्यान्वयनमा जोड दिए ।

कार्यक्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले स्वच्छता तथा वनस्पतिजन्य स्वच्छता, डब्ल्युटिओ र एसपियस सम्झौताको मुख्य प्रावधानका बारेमा जानकारी दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा मतिना जोशी वैद्यले नेपाल विश्व व्यापार सङ्गठनको सदस्यता प्राप्त गरेपछि खाद्य सुरक्षा, उपभोक्ताको स्वास्थ, उत्पादित वस्तुको मापदण्डलगायत कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिएको बताए।
नेपाल विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) को १४६ औं सदस्य देश हो । खाद्य पदार्थको व्यापार विस्तार भएसँगै स्वच्छतासम्बन्धी त्रु्रटिहरू बढ्न गएको र यसले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिरहेको कार्यक्रममा जानकारी दिइयो ।

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय वीरगञ्जका प्रमुख हस्तबहादुर राईको सभापतित्वमा भएको सो कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले भारतबाट आउने खाद्य सामग्रीको स्वच्छतासम्बन्धी चेकजाँच नहुँदा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने तर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्छ भने ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending