Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

वर्षौं देखि बेवारिसे सवारी साधन व्यवस्थापनमा चुनौती

चिप्लेढुङ्गा । ट्राफिक नियम उल्लङ्घन गरेर नियन्त्रणमा लिइएका सवारी साधन, सवारी धनी लिन नआएपछि कास्की ट्राफिकलाई त्यसको व्यवस्थापन चुनौती बनेको छ । पोखराको पृथ्वीचोकस्थित ट्राफिक कार्यालय अगाडि वर्षौंअघिदेखिका मोटरसाइकल र स्कुटर बेवारिसे अवस्थामा छन् । खिया लागेका कबाडी अवस्थाका सवारी साधनले शहरको सुन्दरतालाई समेत असर पारेको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख सन्तोष रोकाले नियन्त्रणमा लिइएका सवारी साधन सवारी धनी लिन नआएपछि समस्या भएको बताए । उनका अनुसार चोरीका, पाँच वर्षदेखि नवीकरण नभएका, दुर्घटनाबाट बढी क्षति भएका, विभिन्न झमेला भएका ३६७ सवारी साधन छन् । नियन्त्रणमा लिएपछि प्रक्रिया पूरा गरेर, नवीकरण र जरिवाना तिरेपछि मात्र लैजान पाइने भए पनि त्यसको दस्तुर बढी पर्न जाने भएर सवारी धनी आउन इच्छुक नभएका हुनसक्ने उनको भनाइ छ ।

उनले सवारी धनीलाई पटकपटक ताकेता गर्दा पनि आउँछु भन्ने नआउने र पछि सवारी मेरो होइन, सवारी धनी विदेश गएको छ भन्ने जस्ता जवाफ दिने गरेका बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले कास्की मात्र नभई देशभरि नै यस्तो समस्या भएको बताए ।

“यो समस्या देशैभरि नै छ तर कसरी समाधान गर्ने भन्ने विषयमा हामी अघि बढेका छौँ”, उनले भने, “कास्कीमा चोरीका, ट्राफिक नियमविपरीत चलाएका गरी करिब ३५० बढी सवारी साधन छन्, दर्जन बढी गाडी छन्, नाम वतन र सवारी साधन नम्बर खुलेकालाई सम्पर्क गरेर प्रत्येक महिना १ गते र १५ गते फिर्ता गर्दै आएका छौँ, धेरै सवारी धनी सम्पर्कमा आएका छैनन् ।”

उनले लिन नआएका सवारी साधनलाई लिलाम एवं अन्य व्यवस्थापनका लागि भन्सार कार्यालय, यातायात कार्यालयलगायतका सम्बन्धित निकायलाई जानकारी गराए पनि क्षेत्राधिकार र अन्य कारण देखाउँदै अग्रसरता नलिएको उनको भनाइ छ ।

उनले अहिले पोखरा महानगरपालिकामार्फत यसको समाधान खोजेको बताए । उनले भने, “अहिले स्थानीय तहको पनि क्षेत्राधिकारभित्र पर्छ, पर्यावरण संरक्षण गर्ने, हामीले महानगरपालिकालाई पर्यावरण संरक्षण गर्न आग्रहसहित उचित व्यवस्थापनका लागि आग्रह गरेका छौँ, महानगर प्रमुखबाट सकारात्मक निर्णयको पर्खाईमा छौँ ।”

महानगरपालिकाका वरिष्ठ कानून अधिकृत नारायण पौडेलले बेवारिसे सवारीसाधन व्यवस्थापन गर्न प्रहरी कार्यालयबाट पत्र आएको भए पनि निर्णय भइनसकेको बताए । “चिठी आएको छ, महानगर आफ्नो क्षेत्राधिकारभित्र रहेर प्रचलित कानूनअनुसार यस विषयमा निर्णय लिनेछ, त्यसका लागि छलफल भएको छ तर, कसरी अगाडि जाने भन्ने निर्णय भएको छैन ।”

यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख सुन्दर शर्माले केही कानूनी जटिलताले गर्दा तत्काल लिलाम गर्न नसकिएको बताए । उनले भने, “यो समस्या समाधानका लागि हामीले पहल थालेका छौँ, ट्राफिक प्रहरी कार्यालयबाट पनि भनिरहेका छन्,। केही दिनअघि मात्रै हामीले सम्पूर्ण सवारी साधनको विवरण उतारेर मन्त्रालय पठाएका छौँ ।” उनले प्रदेशले कानून बनाएर निर्देशन दिँदाबित्तिकै लिलामी प्रक्रियामार्फत यसको समाधान हुने बताए ।

फोटो पत्रकार सुदर्शन रञ्जित ट्राफिक परिसरमा रहेका खिया लागेका र बेवारिसे सवारी साधनले शहरको सुन्दरतालाई धज्जी उडाएको बताउछन् । उनले भने, “वर्षौंदेखि सवारीसाधन अलपत्र छन्, मुख्य सडक छेउमा बेवारिसे सवारी साधनले धेरै ठाउँ ओगटेको र हेर्दा कबाडी खाना जस्तो देखिन्छ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies