काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नोवेल कोरोना भाइरस संक्रमणको भएका कारण चीनको हुपे प्रान्तबाट फर्कन चाहने नागरिकलाई अविलम्ब स्वदेश ल्याउन निर्देशन दिएका छन्।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - बालुवाटारमा बिहीबार आयोजित विशेष बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजनाअनुरूप तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले चीनबाट फर्कन चाहने नेपालीका लागि क्वारेन्टाइनस्थल व्यवस्थित गरेर मात्र स्वदेश ल्याउन निर्देशन दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीले क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्ध रूपमा सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए।
बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, मुख्यसचिव र सम्बद्ध मन्त्रालयका सचिव एवं सुरक्षा अधिकारी सहभागी थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए।
परराष्ट्रसचिव शंकर बैरागीले पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए। चीनबाट उद्धार गरी ल्याइने विद्यार्थी राख्न शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचंगुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, सूर्यविनायकस्थित कृषि तालिम केन्द्र र खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनस्थल बनाइएको छ।
चीनबाट स्वदेश फर्कन १ सय ८० विद्यार्थीले फाराम भरेका छन्।
अभिभावकद्वारा आग्रह
चीनमा अध्ययनरत नेपाली विद्यार्थीका अभिभावकले आफ्ना सन्तानलाई छिटो उद्धार गरी ल्याउन आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार भेला भएका अभिभावकले नेपालीलाई छिटो उद्धार गर्न माग गर्दै निवेदन दिएका छन्। मन्त्रालयमा २८ जना अभिभावक पुगेका थिए।
धैर्य गर्न सञ्चारमन्त्रीको आग्रह
सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चीनमा रहेका नेपाली विद्यार्थीलाई उद्धारको तयारीमा जुटिरहेकोले धैर्य गर्न आग्रह गरेका छन्। सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘सरकार हाम्रा नागरिकसँगै छ।
हामीलाई पनि चिन्ता छ। चीनसँग नियमित सम्पर्कमा छौं। अहिले धैर्य गरेर बस्नुस्। तयारीमा जुटिरहेका छौं।’ उद्धार गरी स्वदेश ल्याउन नेपाली दूतावासले प्रबन्ध गरिसकेको मन्त्री बाँस्कोटाले जानकारी दिए।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: