मकवानपुर । मकवानपुरमा महिलाको नाममा दर्ता भएका उद्योग तथा व्यावसायिक संस्थाको सङ्ख्यामा वृद्धि भएको छ । राज्यले महिलालाई आर्थिक हिसाबले बलियो बनाउनका लागि उद्योग तथा व्यवसायमा राजश्व छुटको व्यवस्था गरेकाले महिला उद्यमी तथा व्यवसायीको सङ्ख्यामा वृद्धि भएको हो । घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाको तथ्याङ्कको आधारमा चालु आर्थिक वर्षमा पुरुषको तुलनामा महिलाको नाममा दोब्बर उद्योग दर्ता भएका छन् ।
हेटौँडाको घरेलु तथा साना उद्योगमा निजी फर्म रजिष्ट्रेशन ऐन २०३४ ले तोकेका उद्योग तथा व्यापारिक फार्म दर्ता गर्दा यस आवदेखि सरकारले छुट दिएपछि महिलाको नाममा उद्योग तथा व्यापारिक फार्म दर्ता सङ्ख्या बढेको जनाइएको छ । चालु आवको पुस मसान्तसम्ममा महिलाको नाममा मात्रै ६०८ उद्योग तथा व्यावसायिक संस्था भएको जनाइएको छ । पुरुषको नाममा भने ३७६ उद्योग दर्ता भएका छन् ।
यस्तै यस वर्ष एक हजार २२६ पुरुषको नाममा व्यापारिक फर्म दर्ता भएको छ भने एक हजार ५४३ महिलाको नाममा फर्म दर्ता भएका छन् । राज्य तथा प्रदेश सरकारले महिलालाई अघि बढाउन र पुरुषको मात्र भर नपरी आफ्नै पहलमा केही काम गर्न योजना तथा सेवासुविधा दिइएको कुरा सम्झाउँदैमा समय बित्ने गरेको घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाका प्रमुख जगन्नाथ दाहालले जानकारी दिए।
उनी थप्छन्, “हामी वास्तविक रुपमा महिला उद्योगी व्यवसायी भएको हेर्न चाहन्छौँ, राज्यको पनि उद्देश्य त्यही हो तर दर्ता गर्न आउने महिला हेर्दा केहीलाई त उद्योगको बारेमा थाहासम्म हुँदैन दुःख लाग्छ ।” तर केही महिला भने सशक्तरुपमा उद्योग व्यवसायमा लागेको उहाँको भनाइ थियो । यद्यपि वास्तविक रुपमा भने केही महिला कागजमा मात्र नै उद्यमी र व्यवसायी भएको पाइएको उहाँको गुनासो छ । रु एक करोडसम्म पूँजीको फर्म दर्ता गराउँदा महिलालाई शतप्रतिशत छुट भएकै कारण घरेलु तथा साना उद्योगमा पुरुषभन्दा दोब्बर महिलाको स्वामित्वमा फर्म दर्ता भएको कार्यालय प्रमुख दाहालको भनाइ थियो ।
सरकारले रु एक करोडसम्म पूँजीको उद्योग तथा व्यापारिक फर्म दर्ता गर्दा २० हजार १०० राजश्व तोकेको छ । महिलाले यस्तो फर्म दर्ता गर्दा २०० राजश्व मात्र तिर्नुपर्ने व्यवस्था छ । यस्तै रु एक करोडभन्दा धेरै पूँजी लगानीमा लगानी हेरी दर्ता शुल्कको ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस वर्ष उद्योग तथा व्यापारिक फर्म दर्ताबापत रु ३८ लाख राजश्व सङ्कलन भएको घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: