Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

परासीमा जडीबुटीखेती प्रवद्र्धन कार्यक्रम

परासी । पश्चिम नवलपरासीमा व्यावसायिक जडीबुटीखेती थालिएपछि प्रोत्साहनका लागि सरकारले जडीबुटीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । सङ्घ र प्रदेश सरकारले जडीबुटीखेती प्रवद्र्धनका लागि बजेट पठाएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान भई सामुदायिक वनसहित छ जडीबुटी समूह छनोट भएका छन् । सङ्घ सरकारबाट प्राप्त कार्यक्रमअन्तर्गत दुई समूहलाई रु एक÷एक लाखका दरले अनुदान दिइनेछ । विशासय सामुदायिक वन उपभोक्ता समूह सुनवल–६ र बर्दघाट– २ र ३ मा जडीबुटी कृषक समूह छनोट भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी प्रज्ञा पौडेलले राससलाई जानकारी दिए ।

विशासय सामुदायिक वनले सो क्षेत्रमा बेलको संरक्षण गर्दै पाँच वर्षदेखि बेलको जुस उद्योग सञ्चालन गर्दै आएको छ । कार्यक्रममार्फत उद्योगले मेसिनरी सामान खरिद गर्नेछ । जडीबुटी समूहले निजी जग्गा भाडामा लिएर मेन्थाखेती गर्न लागेको पौडेलले बताए । मेन्थाखेती गर्न सम्झौता भइसकेको छ ।

प्रदेश सरकारमार्फत सञ्चालन हुने कार्यक्रमअन्तर्गत जिल्लामा पाँच हेक्टरमा जडीबुटी खेती गरिनेछ । यसका लागि चार जडीबुटी कृषक समूह छनोट भएका छन् । समूहसँग सम्झौता गरी कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ ।

स्थानीयस्तरमै जडीबुटीको माग बढ्दै गएपछि पश्चिम नवलपरासीका विशेषगरी सामुदायिक वनमा व्यावसायिक जडीबुटी खेती हुँदै आएको छ । जिल्लाको बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनले उद्योग सञ्चालन गरी स्थानीयस्तरमा पाइने जडीबुटीबाट सुगन्धित तेल उत्पादन गर्दै आएको छ । विशासन सामुदायिक वनले बेलको जुस उत्पादन गर्छ ।

जडीबुटीको माग बढ्दै जानु र राम्रो मूल्य पनि प्राप्त हुने भएकाले जिल्लाका नौ सामुदायिक वनले खाली जग्गामा जडीबुटीखेती गरिरहेको सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपरासीले जनाएको छ ।

सामुदायिक वनले समूह बनाएर सामूहिकरुपमा जडीबुटी खेती गर्दै आएको महासङ्घका जिल्ला अध्यक्ष कमल परियारले जानकारी दिए । “सामुदायिक वनले वनको संरक्षणसँगै जिल्लाका विभिन्न स्थानमा जडीबुटी खेती गरी जुडीबुटीबाटै विभिन्न वस्तु उत्पादन गर्दै आएका छन्, लेमनग्रास, सिट्रोनेला, तेजपत्ता, पामारोजल प्रजातिका जडीबुटी खेती गरिएको छ,” उनले भने ।

जिल्ला महासङ्घका अनुसार सीतापोखरी, चिसापानी, दाउन्नेदेवी, पारिजात, संसारकोट हरियाली, जनउदय, विशासय, बडेरा सामुदायिक वन लगायतले वन संरक्षणका साथै खाली जग्गामा विभिन्न प्रकारका जडीबुटी खेती गर्दै आएका छन् ।

बर्दघाटस्थित चिसापानी सामुदायिक वन उपभोक्ता समितिले १० हेक्टरमा लेमनग्रास, सिट्रोनेला, तेजपत्ता, पामारोजालगायतका जडीबुटी खेती गरिरहेको छ । “छ वर्षदेखि हामीले जडीबुटी खेती गर्दै आएका छौँ”, समितिका सचिव अनिल गुरुङले भने ।

सुनवलस्थित जनउदय सामुदायिक वन उपभोक्ता समितिले तीन वर्षदेखि करिव आठ बिघामा व्यावसायिकरुपमा जडीबुटी खेती गर्दै आएको छ । अमला, कुरिलो, हर्रोबर्रो मेन्था, लेमनग्रास, जटामसीलगायतका जडीबुटीको खेती गरिएको समितिका अध्यक्ष बलबहादुर थापाले जानकारी दिए ।

सुनवलमा मूलपानी, विशासय, बडेरा सामुदायिक वनले विगत पाँच वर्षदेखि कुरिलो, धतुरो, मौवा, लेमनग्रास, सिट्रोनेला, तेजपत्ता, पामारोजा बेल, जामुन, घिउकुमारी लगायतका जडीबुटी सामूहिकरुपमा व्यावसायिक खेती गर्दै आएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies