टोकियो । जापानमा परित्याग गरिएको खानालाई रिसाइकल गरी विद्युत उत्पादन गर्ने नयाँ प्रविधि प्रयोगमा ल्याइएको छ । जेएफई इन्जिनियरिङ कर्पोरेसनले नयाँ प्रविधिको अनुसन्धान र निर्माणका लागि हालै “जे बायो फूड रिसाइकल” कम्पनी खडा गरेको छ ।
यस कम्पनीले अगस्ट २०१८ मा परित्या गरिएको खानाबाट बायोग्यास बनाउने परियोजना शुरु गरेको थियो । जेएफई इन्जिनियरिङका अध्यक्ष हाजिमे ओशिताले औद्योगिक र फालिएको खानाको प्रयोग गरी एकीकृत सेवा शुरु गरिएको जानकारी दिए। उनले कम्पनीले हाल फोहोर संकलन, फोहोर बिसर्जन, ऊर्जा उत्पादन र विद्युत बिक्रीको कार्य थालेको बताए ।
ओशिताले भने – यस्ता परियोजना जापानमा बिरलै देख्न पाइन्छ । यो परियोजनाले तीन वटा मुख्य पक्षलाई आत्मसात गरेको छ – वातावरण, ऊर्जा र रिसाइकल । सबै किसिमका स्रोतहरुको प्रभावकारी प्रयोग गर्न सकिन्छ भन्ने नमुना देखाउन हामीले चाहेका छौं, र यो सफल पनि भएको छ ।
यस परियोजनामा हरेक दिन ८० टन फोहोर खाद्यान्नलाई सूक्ष्मजीवीय विधिद्वारा प्रशोधन गरिन्छ, र मिथेन ग्यासको प्रयोगबाट विद्युत उत्पादन हुन्छ ।
खाद्यान्न कारखाना र अरु ट्रेन स्टेशनमा जम्मा हुने खाद्य फोहोरलाई संकलन गर्ने कार्यक्रम पनि सँगै सञ्चालन गरिएको छ । फोहोर उठाउँदा आउने शिशा, प्लास्टिक जस्ता नगल्ने फोहोरलाई छुट्याउने कार्य सम्पन्न भएपछि खाद्यान्नलाई कुहाउने प्रक्रिया शुरु हुन्छ, र अन्तमा बायो ग्यास तयार हुन्छ ।
मिथेनसँगको मिश्रणपछिको बायोग्यासको सहयोगमा विद्युत उत्पादन गरिन्छ । यो विद्युतलाई नवीकरणीय ऊर्जाका रुपमा बिक्री गरिन्छ ।
जे बायो फूड रिसाइकलका निर्देशक सातोरु उडागावाले कम्पनीसँग हाल ४ लाख घनमिटरका ठूल्ठूला ग्याँस भण्डारण ट्याँकहरु रहेको बताए ।एएनआई
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: