काठमाडौं । राष्ट्रिय, क्षेत्रीय,अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसाययिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैतमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिलाई विस्तृत जानकारी उपलब्ध गराएको छ ।
नेपालमा पहिलोपटक हुन लागेको विश्वस्तरको उक्त संवादबारे जानकारी दिन तथा नेपाल भ्रमण वर्षको समेत प्रवद्र्धनात्मक प्रचार गर्ने उद्देश्यले सरकारको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतका वरिष्ठ पत्रकारहरूको टोलीलाई सगरमाथा संवाद कार्यक्रमको आयोजना, औचित्य, सहभागितालगायत विषयबारे जानकारी दिइएको हो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज आफ्नै मन्त्रालयमा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका नेपालस्थित प्रतिनिधि, राष्ट्रिय समाचार समिति र भ्रमणमा रहेका भारतका पत्रकारमाझ भएको अन्तक्र्रियामा सरकारले छिमेकी, दक्षिण एशियाली, बिमिस्टेक, ठूला तथा जलवायु परिवर्तनले असर पारेका पर्वतीय र साना सामुद्रिक टापुका मुलुकलाई संवादमा सहभागी हुन आमन्त्रण गरिएको बताए ।
प्रत्येक दुई वर्षमा आयोजना गरिने पहिलो संस्करणको संवादको शीर्षक ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको जानकारी दिँदै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि आमन्त्रण गरिएको बताए । यद्यपि नयाँदिल्लीबाट प्रत्युत्तर प्राप्त भइनसकेको जानकारी उनले दिए ।
पर्वतीय मुलुकहरू र सामुद्रिक टापुका मुलुकमा जलवायु परिवर्तनको प्रत्यक्ष चपेटामा पर्दै आइरहेका, उच्च अवस्थितिका कारणले हिन्दूकुश हिमालय जस्ता उच्च पर्वतमालामा जलवायु परिवर्तनको असर पृथ्वीका अन्य क्षेत्रमा भन्दा चाँडो र तीव्रगतिमा परिरहेको यथार्थ मन्त्री ज्ञवालीले सुनाए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओलीको संयोजकत्वमा संवादले उच्च नेतृत्व, मुलुकहरू तथा समग्र विश्व समुदायबीच जलवायु परिवर्तनको सङ्कटबारे समान धारणा बनाउन तथा यस सङ्कटसँग जुध्न पे्ररित गर्न सबैलाई सहयोग पुग्ने विश्वास संयोजक ओलीले व्यक्त गरे ।
विदेशी पहुनालाई तीन स्तरबाट निमन्त्रणा पठाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सम्बन्धित देशका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई छुट्टाछुट्टै निमन्त्रणा गरिएको छ । सगरमाथा संवादका संयोजक पराराष्ट्रमन्त्री ज्ञवालीका तर्फबाट पनि उनका समकक्षीका साथै अन्य विदेशी पाहुनालाई आमन्त्रण गरिएको छ ।
संवाद कार्यक्रममा नेपालले समेत सामना गर्नु परिरहेका वातावरणीय, सामाजिक, आर्थिक, सांस्कृतिक, प्राविधिक, जनजीवनलगायत विश्वव्यापी चासोका मामलाहरू एवं समस्याहरूबारे सरोकार राख्ने मुलुक, अन्तरराष्ट्रिय संस्था, नागरिक समाज, अनुसन्धाता तथा विज्ञ, प्राज्ञिक संस्थालगायतका सरोकारवालाहरुसँग छलफल गरिने छ ।
परराष्ट्रमन्त्रीकै अध्यक्षतामा २० सदस्यीय सगरमाथा संवाद आयोजक समिति गठन गरिएको छ भने राष्ट्रिय योजना आयोगका सदस्य डा ओलीको संयोजकत्वमा जलवायु परिवर्तन, पर्वतीय पर्यावरणलगायत सम्बन्धित क्षेत्रका विषयका जानकार सम्मिलित १३ सदस्यीय सगरमाथा विशेषज्ञ कार्यदल गठन भई त्यसले काम गरिरहेको छ । सगरमाथा संवाद आगामी चैत २० देखि २२ गतेसम्म काठमाडौँमा हुनेछ । रासस
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...


प्रतिकृया लेख्नुहोस्: