Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

बाँकेमा दिनहुँ बढ्दै आपराधिक घटना

बाँके । केही वर्षयता बाँकेमा आपराधिक घट्ना बढ्दै गएका छन् ।

पछिल्लो पाँच वर्षयता आपराधिक घटनामा वृद्धि हुँदै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ । सङ्गठीत अपराध, चन्दा आतङ्क, महिला हिंसा, हत्याजस्ता गम्भीर प्रकृतिका घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गर्न नसक्दा अपराधको दर उच्चरुपमा बढेको हो ।

विगतभन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार, चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अपराधको सङ्ख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न नमिल्ने प्रहरीको दाबी छ । “अपराधबारे प्रहरीमा रिपोर्टिङ गर्ने क्रममा वृद्धि भएकाले सङ्ख्या बढेको हुन सक्छ”, बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले भने, “शान्ति सुरक्षा भनेको तथ्याङ्कभन्दा पनि अनुभूत गर्ने कुरा हो ।”

प्रहरी उपरीक्षक ओलीले आम नागरिकमा प्रहरीप्रतिको विश्वास बढेका कारण मुद्दाको चाप बढेको बताए । उनले भने, “विगतमा प्रहरीमा आउन हिच्किचाउनेहरु आज सहजै प्रहरी कार्यालयमा आएर न्याय खोज्न थालेका छन् । यो अपराधरहित समाज निर्माणका लागि राम्रो पक्ष हो ।” पछिल्लो समय नागरिक सचेतना तथा प्रहरीप्रतिको विश्वासले मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको उहाँको दाबी छ ।

प्रहरी उपरीक्षक ओलीका अनुसार जिल्लामा सबैभन्दा बढी मुद्दा लागुऔषधका छन् । अन्य मुद्दाभन्दा लागुऔषधका मुद्दा बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको हो । आव २०७१÷०७२ मा ९९, आव २०७२÷०७३ मा ७८, आव २०७३÷०७४ मा १३७, आव २०७४÷०७५ मा १४७ र आव २०७५÷०७६ मा २४९ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन् । चालू आवको पछिल्लो ६ महिनामा लागुऔषधका १०८ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालू आवको पछिल्लो ६ महिनामा ३०२ किलोग्राम लागुऔषध गाँजा, चरेश ९०९ ग्राम, अफिम चार किलो, कोरेक्स एक लिटर, नाइट्रोजेपाम दुई हजार ९२३ ट्याब्लेट बरामद गरेको छ । यसैगरी जिल्लामा बैँकिङ कसुरसम्बन्धी मुद्दा पनि उल्लेख्य रुपमा बढेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा २४, आव २०७५÷०७६ मा १२२ र चालू आवको पहिलो ६ महिनामा ६ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

त्यस्तै आव २०७१÷०७२ मा कूल ७३८ मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो भने आव २०७५÷०७६ मा कूल एक हजार १५६ मुद्दा दर्ता भएको छ । यसले पाँच वर्षको अवधिमा मुद्दा दर्ताको सङ्ख्या दोब्बरले वृद्धि भएको देखाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा आव २०७२÷०७३ मा ७५५, आव २०७३÷०७४ मा ८५५, आव २०७४÷०७५ मा एक हजार २१ मुद्दा दर्ता भएको तथ्याङ्क छ । चालू आवको पहिलो ६ महिनामा ५६४ मुद्दा दर्ता भएका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । “चालू आर्थिक वर्षको अहिलेसम्म ५६९ मुद्दा फस्र्यौट भएका र ५४ मुद्दा अनुसन्धान प्रक्रियामा रहेका छन्”, प्रहरी उपरीक्षक ओलीले भने, “चालू आवको पछिल्लो ६ महिनामा ६२३ मुद्दामा ७७३ पुरुष र ३३ महिलालाई मुद्दा प्रक्रियामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।” उनले चालू आवको ६ महिनामा विभिन्न ४७ शीर्षकमा ५६४ मुद्दा दर्ता भएको जानकारी दिए । सहकारीको रु ५२ करोड अपचलनको मुद्दा अनुसन्धान गरी अदालत पठाएको जानकारी दिँदै उहाँले हत्या, आगजनी, लुटपाटलगायतका घटनाको अनुसन्धान गरी कानुनी कारवाही गरेको बताए ।

बाँकेमा चालू आर्थिक वर्षको पुस महिनासम्म १२ हजार ६५० सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधन तथा सवारी धनीबाट यस अवधिमा रु ६९ लाख ९ हजार राजश्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत वर्ष ३० हजार ५६२ सवारी साधनबाट रु एक करोड ६७ लाख ७८ हजार ५०० राजश्व सङ्कलन भएको थियो । त्यस्तै प्रहरीले चालू आवको ६ महिनामा ८८ जना जुवाडेलाई कारवाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले ६ महिनामा ५९ जना फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । तीमध्ये फरार भएका १४ र अदालतबाट सजाय तोकिएका फरार ४५ जना अभियुक्त रहेका छन् । “फरार घोषित अपराधीलाई पक्राउ गरी अदालत बुझाएका छौँ”, प्रहरी उपरीक्षक ओलीले भने। यसैगरी पछिल्लो ६ महिनाको अवधीमा आगलागीका २२ घटना नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको उनले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending