Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

गौरव प्रधानलाई हुर्काउनै मुस्किल पर्याे चार अमूल्य उपहार !

पोखरा । गौरव प्रधानलाई एक सन्तानको चाहान थियो । यसअघि नै पाँच वर्षको छोरा भएकाले सकेसम्म एक छोरी भइदिए छोराछोरी दुवैको रहर पूरा हुने चाहाना स्वाभाविक पनि हो । सधैँ सोचे जस्तो कहाँ हुन्छ र ! श्रीमतीको रजस्वला रोकिएको ३७ दिनमा नै थाहा भयो गर्भमा तीन सन्तान छन् भन्ने कुरा ।

विगत पाँच वर्षदेखि दुबइमा रहेएका प्रधानलाई सन्तानको माया त हुने नै भयो । वैदेशिक रोजगार रहर नभइ बाध्यता थियो । पुतलीबजार नगरपालिका–१ का प्रधानले बुबाआमाको साथ श्रीमतीलाई छोडेर वैदेशिक रोजगारीमा फर्के । प्रत्येक महिनाको भिडियो एक्स रे को रिपोर्टमार्फत श्रीमतीको बारेमा जानकारी लिइरहेका प्रधान २० दिनअघि मात्र नेपाल आए ।

प्रधानले पुस २७ गते आइतबार श्रीमतीलाई पोखराको मणिपाल अस्पतालमा लिएर आए । ३४ हप्ता चार दिनमा शुक्रबार बिहान ९ बजे डा महेन्द्रराज पाण्डेको नेतृत्वको टोलीले शल्यक्रिया गरेर २६ वर्षीय सुनिता प्रधानको गर्भबाट चार सन्तान निकाल्यो । जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् ।

वैदेशिक रोजगारको सीमित आम्दानीबाट परिवारको पालनपोषण गर्दै आएका प्रधान दम्पत्तीलाई एकैचोटी जन्मिएका चार सन्तानको पालनपोषण थप समस्या हुने हो कि भन्ने चिन्ता पनि उत्तिकै लागेको छ । तर, आशावादी छन् दम्पत्ती “यो भगवानको अमूल्य उपहार हो, हामी निकै खुशी छौं । तर, हुर्काउनै मुस्किल छ ।”

“कम तौलका कारण बच्चाको स्वास्थ्यमा केही समस्या आउने होकी भन्ने चिन्ता त छ, तर कामना गरेको छांै, पक्कै सबै राम्रो नै हुनेछ ।” जम्मा ५३ दिनको बिदामा ओएका प्रधान बिदा थप्न नमिल्ने समस्याले पनि पिरोलिएका छन् । “भिसा रिन्यू गर्नुपर्छ । अहिले बिदा थप्न पनि मिलेन ।” उहाँले भन्नुभयो, “सन्तानको माया उस्तै छ । कम तौल भएकाले विशेष स्याहार गर्नुपछर्, तर आफू श्रीमतीसँगै हुनुपर्ने बेला विदेश जान बाध्य छु । नजाउ कसरी पाल्नु ? जाऊ मेरो जरुरत छ यतिबेला उनलाई ।”

अहिले बच्चालाई सघन कक्षमा राखिएको छ । अस्पतालको खर्चको बारेमा पनि प्रधानले केही नसोचेको बताए । “कति दिनसम्म राख्नुपर्ने हो खै ? कति खर्च लाग्ने हो केही थाहा छैन । अहिलेसम्म अस्पताल र डाक्टरहरुबाट उपचार सहुलियतको बारेमा केही जानकारी गराउनु भएको छैन ।”

चार सन्तानबारे डाक्टरको भनाइ

भिडियो एक्सरेमा तीन वटा देखिएको तर गर्भमा चारवटा सन्तानको बारेमा डा महेन्द्रराज पाण्डे भन्छन्, “कतिपय अवस्थामा बच्चा खप्टेको हुन्छ, अंग नदेखिन सक्छ, देखिँदा तीन वटा मात्रै देखियो पछाडिपट्टी भएकाले नदेखिएको हुनसक्छ ।” उनले आठ लाख मानिसमध्ये एक महिलाले चार सन्तान जन्माउने गरेकोे बताए । कृत्रिम गर्भाधानमा जुम्ल्याह, तिम्ल्याहा, चम्ल्यामा जन्मने देखिए पनि प्राकृतिक गर्भाधानमा भने यो दुर्लभ भएको उनको भनाइ छ । उनले भने, “गर्भाधानमा सामान्यतया एक शुक्रकिटको मिलन एउटासँग भएर त्यसपछि हुने विभाजनले गर्दा पनि हुनसक्छ अथवा एउटाभन्दा बढी शुक्रकिटको धेरै वटा अण्डासँग मेल भएर पनि जन्मने गदर्छ ।”

उनले चम्ल्याहा शिशुको तौल कम हुने भएकाले विभिन्न समस्या देखिनसक्ने बताए । उनी भन्छन्, “कम तौलका कारण श्वासप्रश्वासमा समस्या देखिन सक्छ, त्यसैगरी रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने भएकाले सङ्क्रमण हुने सम्भावना बढी हुन्छ । अहिले सामान्य देखिए पनि कति बेला समस्या आउँछ भन्ने थाहा हुँदैन, शिशुलाई सीमित व्यक्तिको मात्रै निगरानीमा राख्नुपर्छ र धेरैले छुने गर्दा सङ्क्रमण हुनसक्छ ।” उनले अहिले बच्चालाई सघन कक्षमा सलाइन पानी दिएर राखिएको बताए बच्चालाई स्तनपान गराउनसक्ने नभएसम्म बच्चालाई लान नमिल्ने उनको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending