Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मूल्य बढाउन सुन्तलाको सुरक्षित भण्डारण

बागलुङ । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले खासै राम्रो बजार नपाएको गुनासो आइरहेको सन्र्दभमा यहाँका कृषकले सुन्तला बेमौसममा बिक्री गरी राम्रो आम्दानी गर्न सुरक्षित भण्डारणतर्फ अग्रसर भएका छन् ।

सिगानामा हाल दुई परम्परागत र एक आधुनिक सुन्तला भण्डारण गृह छन् । तीन वर्षदेखि परम्परागत भण्डारण गृहमा सुन्तला राखेर बेमौसममा महँगो मूल्यमा सुन्तला बिक्री वितरण गर्दै आएका सिगानाका अगुवा कृषक टोपबहादुर खड्काले बताए । अर्का कृषक अनन्तबहादुर खड्काले गत वर्षदेखि सुन्तला भण्डारण गृह निर्माण गरेर बेमौसममा सुन्तला बिक्री गर्दै आएका छन् ।

सिगाना सुन्तलाका लागि प्रख्यात छ । सिगानालाई सुन्तला गाउँका रुपमा समेत चिनिँदै आइरहेको छ । वार्षिक दुई करोड बढीको सुन्तला उत्पादन हुँदै आएको भए पनि मौसममा तीव्र प्रतिस्पधाले सस्तो मूल्यमा किसानले सुन्तला बिक्री गर्न परेको भन्दै गण्डकी प्रदेश सरकारले २० टन क्षमताको विद्युत्बाट चल्ने सुन्तला चिस्यान केन्द्र (कोल्ड रुम) निर्माण गरेपछि यहाँका अधिकांश कृषकले सुन्तला भण्डारण गर्न थालेका हुन् ।

गत वर्ष गण्डकी प्रदेश सरकारले सिगानामा क्रियाशील गणेश व्यावसायिक कृषि सहकारीमार्फत रु ३० लाखको लागतमा सुन्तला चिस्यान केन्द्र निर्माण गरेपछि यहाँका कृषकले उत्पादन भएका सुन्तला भण्डारण गरेर बेमौसममा बिक्री गर्न थालेका हुन् । आधुनिक सुन्तला चिस्यान केन्द्रमा अहिले सात जान कृषकको १६ टन सुन्तला भण्डारण गरिएको सहकारी संस्थाका अध्यक्ष रामबहादुर खड्काले बताए।

\'जसले एक वर्षमा रु दुई लाखभन्दा बढीका सुन्तला उत्पादन गर्छ, उसले उत्पादन गरेको केही सुन्तला मौसममा बजार पठाउछ\', खड्काले भने, \'बाँकी सुन्तला सहकारीमार्फत चिस्यान केन्द्रमा राखेर चैत, वैशाखमा बिक्री गर्ने लक्ष्य राखेका छौँ ।\' मौसममा किसानको बोटबाटै सुन्तला व्यापारीले प्रतिकेजी ५० देखि ६० मा बिक्री गर्दै आएकोमा सुरक्षित भण्डारण गर्नसकेमा चैत वैशाखमा प्रतिकेजी रु १५० भन्दा बढी मूल्य पर्ने भएकाले कृषक सुन्तला भण्डारणतर्फ अग्रसर भएका हुन् ।

जिल्लाको बागलुङ नगरपालिका–८ का कृषक टोपबहादुर खड्काले आठ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । उनले उत्पादन गरेका केही सुन्तला मौसममा नै बिक्री गर्नुहुन्छ भने केही सुन्तला बगैँचा नजिकै निर्माण गरिएको भण्डारणगृहमा राखेर चैत वैशाखमा महँगोमा बिक्री गर्दै आएका छन् ।

तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्तर्गतको व्यावसायिक सुन्तला उत्पादन सङ्कलन तथा भण्डारण उपआयोजना (प्याक्ट) कार्यक्रमले प्रदान गरेको रु १० लाख अनुदानमा २०७४ सालमा निर्माण गरिएको भण्डारणगृहमा अहिले सुन्तला राखिएको खड्काले बताए । \'अहिले सुन्तालाको बजार मूल्य रु ६० प्रतिकेजी पर्दछ\', खड्काले भने, \'दुई महिनापछि भण्डारणगृहमा राखिएको सुन्तलालाई रु १५० प्रतिकेजीमा बिक्री वितरण गर्न सकिने हुँदा यसको निकै महत्व छ ।\'

यहाँका कृषकले सुन्तलाको ग्रेडिङसमेत गर्दै आएका छन् । सुन्तलालाई तीन श्रेणीमा ग्रेडिङ गरिन्छ । पहिलो श्रेणीको सुन्तलाको बजार मूल्य निकै महँगो हुने चिस्यान केन्द्रमा सुन्तला राख्नुभएका शिव खड्काले बताए । ग्रेडिङ गरेका सुन्तला पोखराको बजारमा खपत हुँन्छ ।

परम्परागत चिस्यान केन्द्रमा माटो, बालुवा तथा गिट्टीको समिश्रणमा ढुङ्गाको गाह्रो निर्माण गरिएको हुन्छ भने आधुनिक चिस्यान केन्द्र विद्युत्बाट सञ्चालन हुन्छ । दुवै प्रकारका भण्डारणगृहमा चार महिनासम्म सुन्तला सुरक्षित गर्न सकिने अर्का कृषक लोकबहादुर थापाले बताए । \'अहिले जहाँतहीँ सुन्तला फल्ने भएका कारण सुन्तलाको मूल्य त्यति धेरै पर्दैन\', थापाले भने, \'बेमौसममा धेरै मूल्य पार्नका लागि बागलुङ जिल्लाका अन्य किसानले आफ्नै घरमा पनि भण्डारणगृह बनाउन थालेका छन् ।\'

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending