Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

यि हुन् दवाव दिने १७ भाई – ‘पुर्व माओवादीलाई सभामुख नदेउ’

काठमाडौं । विभन्नि एनजिओ र आइनजिओमा संलग्न हुँदै नेपालको द्वन्दलाई उचालिरहेका र डलरवादीको आरोप खेपीरहेकाहरुले पुन सभामुखको विषयमा समेत मुख खोलेका छन् ।

सभामुख निर्बाचनमा माओवादी पृष्ठभुमि भएका व्यक्तिलाई दिन नहुने भन्दै निकालिएको विज्ञप्तीमा विदेशमा कालोधन थुपारेको आरोपमा अख्तियारले अनुसन्धान गरेका कनकमणी दिक्षितदेखि संविधानविदका रुपमा आफैलाई उपनाम भिराउने दिनेश त्रिपाठीसम्म रहेका छन् ।

उनीहरुले राष्ट्रपतिलाई उकास्दै भनेका छन् –‘ संविधानको संरक्षण गर्ने दायित्व नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पेको छ । यो संवैधानिक दायित्व पूरा गर्ने क्रममा राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू तथा सभामुखको रिक्तताको अवस्थामा प्रतिनिधि सभाको अध्यक्षता गर्ने उपसभामुख समेतलाई प्रोत्साहित गर्नु आवश्यक देखेका छौं । ’

प्राय माओवादी नेताहरुको नाममा उजुरी गरेका दिक्षित, त्रिपाठीहरुले वक्तव्यको एक बुँदामा लेखेका छन् –‘ प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवार बन्न चाहने संसद सदस्य संविधान अनुसार उच्च नैतिक चरित्रवान हुनुका साथै सक्षम, जनस्तरले समेत कुनै गुनासो नगरेको तथा कुनै कानुनले अयोग्य नभएको, अभियोगरहित एवम् प्रतिनिधि सभालाई कुशल नेतृत्वका साथ अगाडि बढाउन सक्ने भनी नेपाली नागरिकले समेत विश्वास गर्न सक्ने हुनुपर्छ ।’

यो बुँदामा घुमाउरो रुपमा माओवादी पृष्ठभुमिका नेताहरुलाई सभामुख दिनुहुदैन भन्दै उनीहरुले द्वन्दकालिन घाउ पुन व्युताउँन खोजेको सकेंत गरेका छन् ।

विज्ञप्ती निकाल्ने १७ जना नै कुनै न कुनै रुपका विवादहरुमा जोडिएका व्यक्तिहरु हुन् । उनीहरुलाई शैक्षिक, स्वतन्त्र प्रेस, सामाजिक मुद्धा तथा द्वान्दका घाउहरु उछालेर बाहिरि मुलुकबाट ठुलो रकम ल्याएको आरोप लाग्ने गरेको छ । केही व्यत्तिहरु त अकुत सम्पत्ति कमाएको भनि अख्तियारको छानविनमा समेत रहेका छन् ।

राजनीतिका विशिष्ट जटिल अवस्थाहरुमा शक्ति केन्द्रहरुलाई उचाल्ने र आफ्नो स्वार्थ पुरा गर्न उही शक्तिकेन्द्रको साथ लिदै आएको यो समुहको नेतृत्व दिक्षितले गरिरहेका छन् ।

यस्तो छ अपीलः

१. कानुन निर्माण, नीति तथा कार्यक्रम एवम् देशका मुख्य मुद्दाहरूमा छलफल गरी निर्णय लिने तथा नागरिकको आवाज दैनिक रुपमा प्रस्तुत हुने सार्वभौम संघीय संसदमा प्रतिनिधिसभाको नेतृत्व गर्ने सभामुख पद चार महिनासम्म खाली रहनु गम्भीर चिन्ताको विषय हो ।

२. नयाँ सभामुखको निर्वाचनलाई लिएर प्रतिनिधि सभाको काम कार्यवाहीमा गतिरोध उत्पन्न भएको हुनाले सूचना टाँसेर पूर्व्निर्धा्रित बैठकहरु स्थगित भैरहेका छन् । सम्माननीय राष्ट्रपतिले संसद्को बैठक आव्हान गरेपछिको एक महिना भैसक्दा पनि प्रतिनिधि सभाको बैठक औपचारिकताका लागि मात्र बस्न सकेको छ । यस अवस्थाको तत्काल निकास खोज्न प्रतिनिधिसभामा सबैको अग्रसरता आवश्यक छ र सबै संसद सदस्यले यस विषयमा क्रियाशीलता देखाउनु पर्दछ । सूचना प्रकाशित गरी संसद्को बैठक लगातार स्थगित गर्ने कार्य संसदीय अभ्यासको बिपरीत तथा सार्वभौम जनताप्रति अनुत्तरदायी हुन जान्छ । अब उप्रान्त यस्तो कार्य दोहोरिनु हुँदैन र आगामी माघ ६ गते बोलाइएको प्रतिनिधि सभाको बैठक सुचारु हुनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता रहेको छ ।

३. प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवार बन्न चाहने संसद सदस्य संविधान अनुसार उच्च नैतिक चरित्रवान हुनुका साथै सक्षम, जनस्तरले समेत कुनै गुनासो नगरेको तथा कुनै कानुनले अयोग्य नभएको, अभियोगरहित एवम् प्रतिनिधि सभालाई कुशल नेतृत्वका साथ अगाडि बढाउन सक्ने भनी नेपाली नागरिकले समेत विश्वास गर्न सक्ने हुनुपर्छ । कुनैपनि दलले सभामुख पदका लागि उम्मेदवार अघि नसारेको वर्तमान परिस्थितिमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा गर्दा प्रतिनिधि सभाको अध्यक्षता गर्ने कार्यमा रिक्तता आउने अवस्थाप्रति समेत सवैको ध्यान आकृष्ट गर्दछौं ।

४. संविधान देशको मूल कानुन हो । यसको संशोधन गर्दा राजनीतिक नाफा नोक्सानको उद्देश्य वा केवल दलगत कारण देखिंदा आम जनतामा नवस्थापित संसदीय गणतान्त्रिक व्यवस्थाप्रति नै विकर्षण हुने खतरा आउँछ । अनिर्वा्चित व्यक्तिलाई देशको सर्वोच्च कार्यकारी नेतृत्व दिनेगरी गरिने संविधान संशोधनउपर हाम्रो गम्भीर आपत्ति रहेको छ । संविधानको संशोधनका विषयमा हुने कुनैपनि छलफल खुलारुपमा नागरिक स्तरमा तथा संसदका दुवै सदनमा व्यापक रुपले हुने वातावरण सिर्जना गर्न नेपाल सरकारलाई आव्हान गर्दछौं ।

५. संविधानको संरक्षण गर्ने दायित्व नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पेको छ । यो संवैधानिक दायित्व पूरा गर्ने क्रममा राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू तथा सभामुखको रिक्तताको अवस्थामा प्रतिनिधि सभाको अध्यक्षता गर्ने उपसभामुख समेतलाई प्रोत्साहित गर्नु आवश्यक देखेका छौं ।

६. संवैधानिक सर्वोच्चता, विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा कानुनको शासन लोकतन्त्रका जीवन्त आधारस्तम्भ भएकाले यी मूल्य र मान्यता विपरीतका कामकारवाहीहरु निरन्तर नागरिक निगरानीमा रहनुपर्दछ । त्यसैले, सबै नागरिकलाई संसद्को विद्यमान गतिरोधप्रति चासो प्रकट गर्न तथा दलीय नेतृत्वको ध्यानाकर्षण गरिरहन अपील गर्दछौं ।

हस्ताक्षरकर्ताः

१ श्री सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख आयुक्त, निर्वाचन आयोग
२. डा. गौरीशंकर लाल दास, पूर्व आयुक्त, राष्ट्रिय मानव अधिकार आयोग
३. प्रा. गणेशमान गुरुङ्ग, संविधानसभा सदस्य
४. डा. सूर्य ढुंगेल, संविधानविद, पूर्व राष्ट्रपति रामवरण यादवका संवैधानिक सल्लाहकार
५. श्री पूर्णमान शाक्य, संविधानविद
६. डा विपिन अधिकारी, संविधानविद
७. डा सुमित्रा मानन्धर, समाजशास्त्री
८. श्री टीकाराम भट्टराई, संविधानविद
९. प्रा.सरोज धिताल, चिकित्सा विज्ञान
१०. डा. डम्बर चेम्जोङ्ग, समाजशास्त्री
११. श्री सुलोचना मानन्धर, लेखक
१२. श्री दिनेश त्रिपाठी, संविधानविद
१३. श्री धर्मेन्द्र झा, पूर्व सभापति, नेपाल पत्रकार महासंघ
१४. श्री कनकमणि दीक्षित, लेखक/पत्रकार
१५. श्री टीका ढकाल, लेखक/राजनीतिशास्त्री
१६. श्री सुनिलरन्जन सिंह, अधिवक्ता
१७. श्री फूर्पा तामाङ्ग, अधिवक्ता

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: