काठमाडौं । रुसको संसदले मिखाइल वी मिशुस्तिनलाई देशको नयाँ प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको छ । प्रधानमन्त्री दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिएसँगै राष्ट्रपति भ्लादिमिर पुटिनले मशिुस्तिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्ति गरेका हुन् ।
बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्रीका रुपमा मिशुस्तिनलाई प्रस्तावित गरेका थिए ।
पुटिनले वर्तमान संवैधानिक व्यवस्थामा सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेभले बुधबार राजीनामा दिएका थिए । यसअघि सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले राजनीतिक शक्ति बाँडफाँड गर्न संविधान सुधार गर्न लागिएको जनाएका थिए ।
जनाइएअनुसार संविधान सुधार प्रस्तावमा प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषदका सदस्यहरु छनोट गर्ने अधिकार राष्ट्रपतिको सट्टा संसदलाई दिनुपर्ने उल्लेख छ । राष्ट्रपतिले सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्न भन्दै मेदभेदेभले पदबाट राजीनामा दिएका हुन् ।
को हुन् नयाँ प्रधानमन्त्री ?
नयाँ प्रधानमन्त्रीमा नियुक्त मिखाइल वी मिशुस्तिन संघीय कर विभागका पूर्वप्रमुख हुन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाइएअनुसार उनि राजनीतिमा नयाँ अनुहार र अनुभव विहिन पात्र हुन् ।
कर क्षेत्रमा काम गरिसकेका मिशुस्तिन आर्थिक क्षेत्रमा भने गहिरो अध्ययन गरेको व्यक्ति मानिन्छन् ।
रुसको संसदले बिहिबार मिशुत्सिनलाई प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको थियो । संसदमा भएको निर्वाचनमा जम्मा ४२४ सांसदमध्ये ३८३ सांसदले मिशुत्सिनलाई मत हालेका थिए । निर्वाचनको बेला कम्युनिष्ट पार्टीका ४१ सांसद अनुपस्थित थिए ।
किन मेदभेदेभले राजीनामा दिए ?
राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार राष्ट्रको नाममा संशोधन गर्दै संविधानमा सुधारको घोषणा गरेका थिए । पुटिनको घोषणासँगै प्रधानमन्त्री दिमित्री मेदभेदेभ र उनको पुरै मन्त्रिपरिषदका सदस्यले राजीनामा दिएका थिए । मेदभेदेभ पुटिनका विशेष विश्वासपात्र हुन् ।
सन् २००८ मा संवैधानिक व्यवस्थाको कारण पुटिनले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । रुसमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढि राष्ट्रपति हुन पाउँदैन । त्यस समय मेदभेदेभले पुटिनको लागि प्रधानमन्त्री पद छोडी उनकै आग्रहमा राष्ट्रपति बनेका थिए ।
सन् २०१२ मा मेदवेभेद सरकारले कानून परिवर्तन गरि राष्ट्रपतिको समय सीमा अन्त्य गरेको थियो । संवैधानिक परिवर्तनसँगै पुटिन पुनः रुसको राष्ट्रपति बनेका थिए । मेदभेदेभले राष्ट्रपति पुटिनसँगको सल्लाहमा नै आगामी कदमको लागि राजीनामा दिएका हुन् ।
के हुँदैछ रुसमा ?
राष्ट्रपति पुटिनको कार्यकाल आगामी २०२४ मा सकिदैं छ । रुसका राजनीतिक जानकार मन्त्रिमण्डल परिवर्तन पुटिनले आफ्नो कार्यकाल बढाउन चालेको कदम भएको बताउँछन् । यसअघि नै पुटिनले संविधानमा केहि परिर्वतनको घोषणा गरेका थिए ।
अहिलेसम्म पुटिनले के कदम चाल्दैछन् भन्ने स्पष्ट नभएपनि मेदभेदेभलाई राष्ट्रिय सुरक्षा परिषदको प्रमुखमा नियुक्त गर्ने कदमले भने केहि नयाँ संकेत गरेको छ । मेदभेदेभ आगामी समयमा पुटिनको विशेष सुरक्षा सल्लाहकारको रुपमा रहनेछन् । कार्यकाल बढाउने प्रयास भएपनि सुरक्षा क्षेत्रबाट मेदभेदेभले सहयोग गर्नेछन् । एजेन्सीको सहयोगमा
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...



प्रतिकृया लेख्नुहोस्: