Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

फिलिपिन्सको टाल ज्वालामुखीबाट लाभा निस्किन थालेपछि विस्फोट हुने त्रास

एजेन्सी । फिलिपिन्समा एउटा सक्रिय ज्वालामुखी पर्वतबाट लाभा निस्किन थालेपछि अधिकारीहरूले केही घण्टा वा दिनभित्र डरलाग्दो विस्फोटन हुन सक्ने चेतावनी दिएका छन्।

राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट सोमवार बिहान लाभा निस्किन थालेको थियो।

ज्वालामुखीबाट पहिले खरानीको एउटा विशाल थुप्रो निस्किएपछि उक्त क्षेत्रबाट झन्डै आठ हजार मानिसलाई अन्यत्र सारिएको थियो।

टाल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो।

एउटा विशाल तालको बीचमा अवस्थित द्वीपमा भएको उक्त ज्वालामुखी पर्वतलाई विश्वकै साना ज्वालामुखीमध्ये मानिन्छ। विगत ४५० वर्षमा त्यो ज्वालामुखी कम्तीमा ३४ चोटि विस्फोटन भएको अभिलेख छ।

ज्वालामुखी तथा भूकम्प हेर्ने फिलिपिन्सको निकाय फिभोल्क्सका अनुसार स्थानीय समयानुसार टाल ज्वालामुखी बिहान २स्४९ देखि ४स्२८ सम्ममा विस्फोटन हुने स्थितिमा पुग्यो।

लाभाको फोहरा निस्किँदा चट्याङ परेको र बिजुली चम्किएको उसले जनाएको छ।

तर फिभोल्क्सले विस्फोटनको चेतावनीको तह बढाएर तीनबाट चारमा पुर्‍याएको छ। चेतावनीको अधिकतम तह पाँच हुन्छ।

अधिकारीहरूले ज्वालामुखीका कारण सुनामी आउन सक्ने चेतावनी पनि दिएका छन्।

आइतवार उक्त ज्वालामुखीबाट खरानीको मुस्लो निस्किएको थियो। त्यो बेला गडगड आवाज निस्किएको थियो तथा जमिन पनि हल्लिएको थियो।

टाल क्षेत्रमा कम्तीमा ७५ वटा भूकम्प गएका छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार टाल ज्वालामुखीको १४ किलोमिटर वरपरको क्षेत्रमा साढे चार लाख मानिस बसोबास गर्छन्।

खरानी परपरसम्म पुगेर खसेपछि मानिसहरूलाई मास्क लगाउन सुझाव दिइएको छ।

मनिलामा मास्कको अभाव हुन थालेको एक स्थानीयवासीले बताए।

ूम कार भएको ठाउँ पुग्दा खरानीले ढाकिएको थियो। म हतारहतार मास्क किन्न औषधिपसलमा गएँ, तर सकिएको थियो,ू एन्ज बाउटिस्टाले समाचारसंस्था रोएटर्सलाई बताए।

ज्वालामुखीबाट उडेको खरानीका कारण मनिलास्थित अन्तर्राष्ट्रिय विमान पनि प्रभावित भयो। आइतवार सबै उडानहरू स्थगित भए।

फिभोल्क्सले ज्वालामुखीबाट उडेका टुक्राटाक्री र खरानीले विमानलाई क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको थियो।

सोमवार त्यहाँको नागरिक उड्डयन निकायले केही उडान सञ्चालन गरिएको बताएको छ।

टालक ज्वालामुखीका कारण हजारौँ मानिसहरू प्रभावित भएका छन् । राष्ट्रपतिले मनिलामा सबै सरकारी कामकारबाही बन्द गर्न निर्देशन दिएका छन्।

त्यहाँ सबै विद्यालयहरू पनि बन्द भएका छन्।

फिलिपिन्समा भूकम्प र ज्वालामुखी असामान्य घटना हैनन्।

फिलिपिन्स रिङ अफ फायर भनिने भूकम्पीय जोखिम उच्च भएको क्षेत्रमा पर्छ।

टाल ज्वालामुखी २३० वर्ग किलोमिटर क्षेत्र भएको विशाल तालको बीचमा अवस्थित छ।

यसअघि उक्त ज्वालामुखी १९७७ मा विस्फोटन भएको थियो। सन् १९७४ मा विस्फोटन हुँदा धेरै महिना रोकिएको थिएन।

सन् १९११ मा विस्फोटन हुँदा १,५०० मानिसको मृत्यु भएको अभिलेख छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending