Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

मगर संस्कार र संस्कृति हेर्न चिलाउने खर्क जाने कि ?

पोखरा । पर्यटकीय नगरी पोखरा प्रकृति र संस्कृतिको वरदानयुक्त ठाउँ हो भन्दा कुनै अत्युक्ति नहोला । प्रकृतिका विभिन्न छटाले कुँदिएको पोखरा विविधतायुक्त संस्कृतिको पनि भण्डार हो । विभिन्न जातजाति भाषाभाषीको बसोबास रहेको पोखरा आसपासका गाउँमध्ये मगर जातिको बसोबास भएको ठाउँ हो पोखरा महानगरपालिका–२१ को चिलाउने खर्क । मगर समुदायका संस्कार तथा संस्कृति अध्ययन गर्न पाइने यो ठाउँलाई स्थानीय सक्रियतामा समुदायकै जीवन्त सङ्ग्रहालय बनाउने गरी पहल थालिएको छ ।

यहाँको संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्दै गाउँ पर्यटनको विकास गर्न गाउँ पर्यटन मञ्च (भिटोफ), गण्डकी प्रदेशको पहलमा दुई वर्षअघि घरवासको सम्भाव्यता अध्ययन गरिएको भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले बताए। “चिलाउने खर्कमा पोखरा नजीकैको मगर समुदायको बाहुल्य भएकाले उनीहरूको संस्कार र संस्कृतिलाई पर्यटन बजारसम्म पु¥याउने लक्ष्यका साथ घरवास कार्यक्रमको सम्भाव्यता अध्ययन गरिएको हो,” पहारीले भने ।

मौलिकतायुक्त संस्कृतिमा सम्पन्न यहाँका स्थानीयवासीले सोरठी, ठाडो भाका, झ्याउरेलगायतका लोक सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्तामा पनि पुस्तान्तरण गर्दै आएका छन् ।

पोखराको मुख्य बजारबाट करिब १२ किलोमिटर दक्षिणमा रहेको यो ठाउँबाट स्याङ्जा र तनहँुका धेरै भूभाग देख्न सकिन्छ । विविध सांस्कृतिक मौलिकता रहे पनि हालसम्म त्यसको प्रचारप्रसार गर्न नसकिएको चिलाउने खर्क सामुदायिक होमस्टेका अध्यक्ष मानबहादुर थापा मगरले जानकारी दिए। उनका अनुसार २२ वटा घरमा घरवास कार्यक्रम थालिएको छ ।

कूल ६५ घरधुरी रहेको यहाँ सञ्चालित घरवासमा पर्यटकले स्थानीय प्राङ्गारिक उत्पादनको स्वाद लिन पाउँछन् । एक रात आएर बस्ने पर्यटकका लागि समितिले उनीहरूलाई खाए बसेबापत एक हजार रुपैयाँ लिन्छ । बेलुका गाउँमा पुगेका पर्यटकलाई स्थानीयवासीले न्यानो आतिथ्यतासहित शुरुमा मकै, भट्ट जस्ता स्थानीय उत्पादनका परिकारको नास्ता खुवाउने गर्दछन् । बेलुकाको खानासहित मगर जातिका विभिन्न सांस्कृतिक प्रस्तुतिबाट मनोरञ्जन लिँदै पर्यटक आराम गर्दछन् । बिहानको चिया, खाजा खाएर बिदावारी हुने व्यवस्था समितिले मिलाएको छ ।

मगर संस्कृतिका साथै गाउँमा रहेको जलदेवी मन्दिर र नारायण मन्दिर यहाँको धार्मिक पर्यटकीयस्थल हुन् । जलदेवी मन्दिरको स्थापना सम्बन्धमा झण्डै दुई सय वर्षअघिको शिलालेख रहेका कारण यसको अस्तित्व परापूर्वकालदेखि नै भएको चिलाउने मगर टोल विकास संस्थाका अध्यक्ष रुद्र थापा मगरले बताए ।

जलदेवीको मन्दिर रहेको अनौठो किंवदन्ती छ । परापूर्वकालमा स्याङ्जा, कास्की र आसपासका मानिस यही गाउँको बाटो भएर नून लिन बुटवलसम्म पुग्ने गर्दथे । नून बोक्ने ढाक्रेहरू यहाँ आएर रातको समयमा बास बस्दा बिरामी भएछन् । ज्योतिषीलाई देखाउँदा यहाँ जलदेवी रहेकी र उनको खोजी गरी पूजाआजा गर्नुपर्ने भनेछन् । ज्योतिषीको सल्लाहअनुसार खन्दा जलदेवीको शिला प्राप्त भएछ र त्यसै समयदेखि शिला स्थापना गरी जलदेवीको पूजाआजा गर्र्दै आइएको स्थानीय बुढापाका बताउँछन् ।

मन्दिरमा प्रत्येक चैते दशैँमा विशेष पूजाआजा हुने गरेको र अघिपछि विभिन्न समयमा मनोकामना पूरा हुने विश्वासका साथ कास्की र स्याङ्जालगायतका विभिन्न स्थानबाट भाकलसहित दर्शनार्थी आउने गरेको मगरले जानकारी दिए।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा भिटोफ गण्डकी प्रदेशले चिलाउने खर्क जस्तै पर्यटनका सम्भावना बोकेका गाउँहरूलाई पर्यटन बजारसँग जोड्दै प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाउने मञ्चका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए।

“हामी होमस्टे ९घरबास० सञ्चालनसँगै उनीहरूलाई उत्पादनसँग जोड्दै लैजाने योजनामा छौँ,” उनले भने, “प्रदेशका ११ वटै जिल्लामा गाउँ पर्यटन प्रवद्र्धनका लागि संयन्त्र गठन गरी नमूना होमस्टेको अवधारणासहित कार्यक्रम अघि बढाइनेछ ।”

भिटोफले प्रदेश सरकार, नेपाल पर्यटन बोर्डलगायतका सम्बद्ध संस्थासँग सहकार्य गर्दै प्रवद्र्धनात्मक गतिविधि अघि बढाउने उनले बताए । चिलाउने खर्कमा घरबास कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्यका साथ वडा कार्यालयको सक्रियतामा सामुदायिक भवन, शौचालयलगायतका पूर्वाधार निर्माणमा रु २७ लाख लगानी गरिसकिएको वडाध्यक्ष खगराज आचार्यले बताए।

वडाले स्थानीयलाई आतिथ्यता सत्कारका साथै खाना पकाउने लगायतका तालीम प्रदान गरेको उहाँले जानकारी दिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: