Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

भारतीय नागरिकको हत्या अभियोगमा सात जना पक्राउ

सिन्धुपाल्चोक । एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज महानगरपालिका–११ का २७ वर्षीय प्रेम यादव, २७ वर्षीय भोला माझी साह, ५३ वर्षीय राजेश मेत्तर, ४८ वर्षीय राजन साह, ३५ वर्षीय अशोक साह, २५ वर्षीय विनोद पासवान र रुपन्देही तिलोत्तमा नपा–१२ का ३६ वर्षीय सन्तोष थापामगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

फटकशीलाबाट यही पुस १७ गते छ र प्रेम यादवलाई पर्सा प्रहरीको सहयोगमा यही पुस २२ गते वीरगञ्जबाट पक्राउ गरिएको हो । हत्याका मुख्य अभियुक्त ठेकेदार समिर मियाँ फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । इन्द्रावती गाउँपालिका–५ लामाटोलका पूर्णबहादुर तामाङको घरमा ठेकेदार मियाँको टोलीले यही पुस ६ गते ढलान कार्य सकेपछि उनीहरु सबैले मादक पदार्थ सेवन गरेका र राति ११ बजे ना७त २०९५ नंको ट्र्याक्टर चढेर मेलम्ची बजार झरेका थिए ।

बाटोमा विवाद परेपछि मुखियालाई कुटपिट गरी हत्या गरेका थिए । ठेकेदारकै मिलेमतोमा मेलम्ची नगरपालिका–१० फटकशीलाको चप्लेटा पाखा बगरमा शव फालेका थिए । उक्त ठाउँ आसपास दुर्गन्ध फैलिन थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । हत्याको नौ दिनपछि पुस १६ गते प्रहरीले शव बरामद गरेको थियो । हत्या भएको आशङ्कामा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE