ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत उद्यमशीलता र व्यावसायिकतामा जोड दिन आवश्यक रहेको बताएकि छिन् । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभामा मन्त्री अर्यालले सहकारी अर्थतन्त्रको तीन खम्बामध्येको एक आधारशीला रहेको हुँदा यसमार्फत मुलुकको सबै स्थानमा उद्यमशीलता र व्यावसायिकताको काम अघि बढाउन जरुरी रहेको बताएको हो ।
उनले भनिन्, “नेपालमा त्यसै खाली बसेका महिला र युवाको हितमा उद्यमशीलताको थुप्रै कार्यक्रम अघि बढाउनुका साथै किसानका लागि व्यावसायिकतामा जोड दिनुपर्ने देखिन्छ ।” अहिले विकासको नाममा जताततै डाँडाकाँडा र बस्ती छियाछिया हुँदै जाँदा दिनप्रतिदिन वातावरण बिग्रँदै गएको मन्त्री अर्यालले औँल्याइन् । मुलुकमा समृद्धिको आधारस्तम्भ नै सहकारी भएकाले महासङघले नयाँ नेतृत्व चयन गर्नुपूर्व यस विषयमा कसलाई अघि बढाउने भनी गहन छलफल गर्न जरुरी रहेकामा मन्त्री अर्यालको जोड थियो ।
“मन्त्रालय, विभाग, महासङ्घ र सोसँग सम्बन्धित सबै निकाय मिलेर यस वर्ष दीर्घकालीन सोचका साथ लागु हुने गरी सहकारीमैत्री कानून बनाउने काम समाप्त गरौँ”, मन्त्री अर्यालले थपिन्, “आगामी दिनमा सहकारी अभियानमार्फत वैदेशिक रोजगारी विस्थापन हुनुपर्छ । एक घर एक व्यक्ति सहकारी सदस्य हुनुपर्छ । देशमा गरीबीको रेखामुनि १८ प्रतिशत जनता रहेका हुँदा सहकारी नै गरीबी निवारणको माध्यम बनाउनुपर्छ ।” नेपाल सरकारको सन् २०३० सम्म गरीबीलाई शून्यमा झार्ने लक्ष्य लिएको मन्त्री अर्यालले बताइन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: