Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

'भारतीय सवारी निषेध’ शीर्षकमा समाचार प्रकाशनको कारण पोखराको पर्यटनमा असर

कास्की । पर्यटक लिएर आउने ठूला सार्वजनिक सवारी साधन पोखराको भूगोल एवं साँघुरो बाटोका कारण सबै गन्तव्यमा पुग्न नसक्ने भन्दै पोखरा पर्यटन परिषद्ले यसलाई व्यवस्थित गर्न खोज्दा त्यसको भ्रामक प्रचार गरिएको पर्यटन व्यवसायीले गुनासो गरेका छन् ।

पर्यटक बोकेर भित्रिएका ठूला सार्वजनिक सवारी साधन सबै गन्तव्यसम्म पु¥याउन खोज्दा साँघुरो बाटोका कारण ट्राफिक जाम बढेको, दुर्घटना बढ्नुका साथै महत्वपूर्ण गन्तव्य घुम्नै नपाई पर्यटक फर्किनुपरेको वास्तविकतामा परिषद्ले यसलाई व्यवस्थित गर्ने पहल शुरु गरेको थियो ।

परिषद्ले गत पुस ९ गते ठूला सवारी साधनलाई पोखराका साँघुरा गन्तव्यमा नपठाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेकामा प्रशासनले जिल्लास्थित प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा सहयोग समन्वयका लागि पत्राचार गरेको थियो ।

उक्त प्रयासलाई केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘भारतीय सवारी निषेध’ शीर्षकमा समाचार प्रकाशन गरेका कारण यसले पोखराको पर्यटनमा असर पु¥याएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

“हामीले कोही–कसैलाई निषेध गर्न खोजेका होइनौँ, पोखरा आउने जोकोही पर्यटकको सुरक्षा तथा सुविधालाई लक्षित गरी यो कदम अघि बढाइएको हो”, उनले भने, “सबै गन्तव्यमा ठूला सवारी साधन पुग्नै नसक्ने अवस्थासमेतलाई दृष्टिगत गरी यो प्रयास गरिएको हो ।”

विश्वका कुनै पनि पर्यटकीय शहरमा ठूला सवारी साधन पार्किङ गरी स्थानीय सवारी साधनको प्रयोगमार्फत अन्य गन्तव्यहरू घुम्ने प्रचलन रहेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं नेपाल भ्रमण वर्ष २०२० गण्डकी प्रदेशका सदस्य सोम थापाले बताए ।

पर्यटकका लागि उनीहरूको सेवा तथा सुविधालाई लक्षित गरी व्यवस्थित गर्न खोजिनुलाई नकारात्मक रूपमा टिप्पणी गर्न नहुने उनले बताए । ठूला सवारी साधनको प्रयोगका कारण यहाँ आएका धेरै पर्यटकले पोखराका सबै गन्तव्यमा पुग्न नसकेको र उनीहरूको बसाइसमेत छोटिने गरेको व्यवसायीको तर्क छ ।

पोखरा पर्यटन परिषद्का पूर्वध्यक्ष केदारनाथ शर्माले पोखरा र आसपासमा ३३ पर्यटकीय गन्तव्य रहे पनि अत्यन्त सीमित गन्तव्यमा पर्यटकलाई पु¥याएर फर्कने गरिएको बताए। उनका अनुसार पछिल्ला समयमा पोखरा आएका पर्यटकलाई यहाँको फेवाताल, डेभिडफल्स, विन्ध्यवासिनी मन्दिरजस्ता केही ठाउँमा मात्र पु¥याउने गरिएको छ ।

पोखराको पर्यटनलाई व्यवस्थित र सुरक्षित गराउन गरिएको प्रयासलाई नकारात्मक रूपमा प्रचार गर्दै कतिपय सञ्चारमाध्यमले ‘इन्डियन टुरिष्ट आर नट एलाउड इन पोखरा’ भन्नेसम्मका दुष्प्रचार गरिएको पश्चिमाञ्चल होटल सङ्घका सल्लाहकार एवं होटल व्यवसायी बच्चुराम तिवारीले बताए ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटीभिए)का अध्यक्ष बोबरजङ्ग गुरुङले पोखरा भित्रिने ठूला सवारी साधनलाई व्यवस्थापन गर्दै पर्यटकलाई यहाँका हरेक गन्तव्यमा पु¥याउनुपर्ने आवश्यकता औँल्याए ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले पोखरामा मात्रै वार्षिक झण्डै डेढ लाखदेखि दुई लाखसम्म भारतीय पर्यटक आउने गरेको जानकारी दिए। टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले पोखराको पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुनेमा जोड दिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: