Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

किसानका पीडाः पुरस्कार अठन्नी, खर्च रुपैयाँ !

पर्वत । बारीमा फलेको मुलाले पूर्णप्रसादको मनमा लागि रहेको थियो, “यसको बेला नसकिँदै कतै मेला/महोत्सवको आयोजना भए त्यहाँ पु¥याएर प्रदर्शन गर्थे ।” पर्वतको जलजला गाउँपालिका–७ का पूर्णप्रसाद पौडेलको बारीमा फलेको मुला छैटौँ बागलुङ महोत्सवमा प्रदर्शनमा राखियो । उनको मुला तरकारी बालीअन्तर्गत कृषि ज्ञान केन्द्र पर्वतको तर्फबाट पुरस्कृत पनि भयो । पौडेलले उत्पादन गरेको मुला बागलुङ महोत्सवमा प्रदर्शनका लागि ल्याउने बेलासम्मका अनेक किस्सा जोडिएका छन् ।

मुला पहिलो हुँदा रु ८५० पुरस्कार हात लाग्यो तर, त्यही मुलालाई उत्पादन गरेको ठाउँदेखि महोत्सव स्थलसम्म पु¥याउँदाको खर्चको कसैले हिसाब गरेको छैन । पौडेलले झण्डै रु १५ सय खर्च गरेर मुला महोत्सवस्थलसम्म पु¥याएका थिए । चारदेखि पाँच किलोग्रमसम्म रहेको मुलाले पहिलो पुरस्कार जित्ने बेलामा पौडेल जतिको खुशी हुनुहुन्थ्यो, उत्तिकै पीडाले उहाँको मन पोलेको थियो । मुला ल्याउँदाको ढुवानी, प्रदर्शनीको बेलासम्म बजार बसेर खाँदा बस्दाको खर्च र पुरस्कार तथा सम्मानबाट आउने रकम र त्यही मुला बिक्री गर्दा आउने रकमको रकमान्तर हेर्दा किसान सधैँ मारमा नै हुन्छन् । पूर्णप्रसादलाई पनि त्यो मारले छोडेन । उनी जस्तै २८ जना किसानले मङ्गलबार मन अमिलो बनाउँदै आफूले पाएको पुरस्कार ग्रहण गरेका छन् ।

गमलामा फलाएको खुसार्नी महोत्सवमा प्रदर्शन गरेका बागलुङ नगरपालिका–९ का पदमबहादुर खत्रीको पनि समस्या कम छैन । उनले पनि हजारौँको लगानीमा महोत्सवस्थलमा पु¥याएको खुसार्नीले फाइदा होइन, घाटाको व्यापार गरेको छ । हुन त खुसार्नी पहिलो नै भयो तर खर्चको एक तिहाइ पनि उठाएको छैन । छैटौँ बागलुङ महोत्सवको अवसरमा आयोजना गरीएको कृषि मेला प्रदर्शनीको संयोजनको जिम्मेवारी लिएको मिरमिरे कृषि सहकारी संस्थाले मङ्गलबार उत्कृष्ट हुने किसानका उत्पादनलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।

आफ्नो प्रमुख नारा नै बनाएको उद्योग वाणिज्य सङ्घ तथा महोत्सव मुल आयोजक समितिले मुल समाररोहमा पुरस्कार वितरण नगरेकाले सहकारीले आफ्नो संयोजनमा रहेका सबै कृषकलाई बोलाएर मङ्गलबार पुरस्कार तथा सम्मान वितरण गरेको हो । महोत्सवमा प्रदर्शन गरिएमध्ये सात विधाका २८ कृषकलाई पुरस्कार वितरण गरिएको थियो । प्रदर्शनीमा सहभागी भएर प्रथम हुनेले रु एक हजार, द्वितीय हुनेले रु ७००, तृतीय हुनेले रु ५०० र सान्त्वना हुनेले रु ३०० प्राप्त गरेका छन् । उनीहरुले पाएको रकममा कर कट्टा गरिएको थियो ।

पुरस्कार तथा सम्मान कार्यक्रममा सहभागी किसानले राज्यले किसानको पीरमर्का नबुझेको गुनासो गरे । उनीहरुले राज्यले उपलब्ध गराएको सुविधासमेत झोलामा फाराम दर्ता गर्नेले वास्तविक किसानले पाउनबाट वञ्चित बनाएको गुनासो गरेका थिए ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य सङ्घका सहमहासचिव थानेश्वर सुवेदीले महोत्सव कृषि तथा पशुजन्य उत्पादनको प्रथमिकता हुँदाहुँदै पनि राज्यको नीति र उद्योग वाणिज्य सङ्घको सीमित स्रोतका कारण व्यवस्थापन गर्न कठिन भएको बताए । कार्यक्रममा किसान तुलसीराम सापकोटा, माया खड्का, हीराबहादुर केसीले बोलेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending