काभ्रे । पनौती नगरपालिका–५ खड्पुस्थित धनेश्वरी क्रसर उद्योग बन्द गर्न तीन दिनको समयसीमा दिइएको छ । सो उद्योग विसं २०५२ देखि अवैधानिक ९मापदण्डविपरीत० रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ ।
जिल्लास्तरीय अनुगमन समितिले अनुगमनका क्रममा पुण्यमाता खोला र पनौती सडकसँग जोडिएको उक्त क्रसर उद्योग तीन दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । उद्योगमा मौज्दात सामग्री बिक्री गर्न तथा तत्काल हटाई उद्योग बन्द गर्न उद्योग सञ्चालक शेषनारायण सुवाललाई निर्देशन दिइएको जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले जानकारी दिए।
“अघिल्लो वर्षको अनुगमनपछि चैतमै हटाउन भनिएको थियो, उक्त उद्योगले अटेर गरेका कारण तीन दिनभित्र बन्द गर्न निर्देशन दिएका छौँ”, उनले भने।
नमोबुद्ध नगरपालिका–४ स्थित पशुपति रोडा–ढुङ्गा उद्योगले नजिकै रहेको निजी जग्गामा दर्ता नगरी विसं २०६१ देखि सञ्चलित खानी, ओम सत्यसाई स्टोन क्रसर उद्योग प्रालिले विसं २०६५ देखि रोशी गाउँपालिका–७ मा बिनादर्ता सञ्चालन खानी, नमोबुद्ध नपा–६ मा रहेको ब्लुसाइमन रोडा–ढुङ्गा उद्योग प्रालिले विसं २०६६ देखि र बेथानचोक गाउँपालिका–४ मा एसएस रोडा–ढुङ्गा उद्योगले दर्ता नगरी सञ्चालन गर्दै आएको पाइएको अनुगमन समितिले जनाएको छ । समितिले ती उद्योगलाई तीन दिनभित्र जिल्ला समन्वय समितिमा कागजात ल्याउन निर्देशन समेत दिएको छ ।
न्यूनतम मापदण्डसमेत पूरा नगरेका क्रसर तथा खानी बन्द गरिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुगमनपछि छानबिन गरी न्यूनतम मापदण्ड नपुगेका क्रसर उद्योग तथा खानी बन्द गर्न निर्देशन दिनेछौँ ।” प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेल अनुगमनका क्रममा बिनादर्ता सञ्चालित अवैध खानी बन्द गर्न आफ्ना मातहतका निकायलाई निर्देशन दिएको बताए ।
अनुगमनका क्रममा सम्झौता विपरित बालुवा उत्खनन गरिएको, अधिकांश क्रसर नदीसँगै, नदी र राजमार्गको बीचमा, विद्यालय र जङ्गल नजिक सञ्चालित भएको, अन्य केहीद्वारा धुनेको स्वीकृत लिएर क्रसर चलाइएको, केही क्रसर उद्योगले सार्वजनिक जमीन मिचेको तथा क्रसर उद्योगले ‘डष्ट’लाई खोला, नदीमा हाल्ने गरेकोसमेत पाइएको छ । “सार्वजनिक जग्गा मिचेकाको तत्काल पुनःअनुगमन तथा छानबिन हुन्छ”, जिसस प्रमुख केसीले भने । उनका अनुसार ठकेदार कम्पनीले उत्खनन क्षेत्रमा उत्खननको समय, परिमाण तथा सम्पर्क व्यक्तिको विवरणसहितको होर्डिङबोर्ड राख्नुपर्ने नीति बनाइए पनि अधिकांशले राखेका छैनन् ।
गत वर्षको अनुगमनले काभ्रेपलाञ्चोकमा रहेका सबै क्रसर मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ ९सङ्कलन र उपयोग० सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिको दफा–३ बमोजिम कायम मापदण्डअनुसार नचलेको प्रतिवेदन सार्वजनिक गरेको थियो । काभ्रेपलाञ्चोकमा २३ ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग सञ्चालन हुँदै आएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: