Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बीस वर्ष नपुगेकीले आमाले जन्माएको बच्चाको जन्मदर्तामा कानूनी जटिलता

वालिङ । ‘बीस वर्ष पूरा नभएकी आमा र बाबुको सम्पर्कबाट जन्मेको बच्चाको जन्मदर्ता गर्न मिल्छ कि मिल्दैन श्रीमान ?’ वालिङ नगरपालिका–७ का अध्यक्ष पाण्डुकुमार थापाको जिज्ञासा हो यो । शनिबार उच्च अदालत पोखराले स्याङ्जाको वालिङमा आयोजना गरेको ‘न्यायिक बाह्य संवाद’ अर्थात समुदायमा अदालतअन्तर्गत अन्तरक्रियात्मक कार्यक्रममा वडाध्यक्ष थापाले वडा कार्यालयमा कार्य सम्पादन गर्ने क्रममा देखिएका समस्याबारे जिज्ञासा उच्च अदालत पोखराका मुख्य न्यायाधीशसमक्ष राखेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा १४ नं वडाका वडाध्यक्ष झम्मरबहादुर श्रेष्ठको पनि उस्तै जिज्ञासा थियो । ‘बीस वर्ष नपुगेका केटाकेटीले जन्माएको बच्चा वैध हुने तर विवाह अवैध हुने भएकाले यस्तो अवस्थामा के गर्ने श्रीमान् ?’, वडाध्यक्ष श्रेष्ठले उच्च अदालत पोखराका मुख्य न्यायाधीशसमक्ष जिज्ञासा राखे ।

दुईजना वडाध्यक्ष जस्तै अन्य जनप्रतिनिधि तथा सर्वसाधारणले पनि जिज्ञासाहरु राखेका थिए । न्याय प्रशासनको कामकारवाही र त्यसको कार्यविधिसमेतका बारेमा आम समुदायलाई जानकारी गराउने उद्देश्यले समुदायको बीचमा गएर अदालतका न्यायाधीशले न्यायमा बाह्य पहुँच बृद्धि गर्न समुदाय समुदायमा अदालत जाने गरेको उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले बताए ।

‘सहभागीहरुले अदालतबाट हुने काम कारवाही एवम् छिटोछरितो न्याय प्रवाहका सम्बन्धमा आफ्ना जिज्ञासाहरु राख्न सक्नुहुनेछ’, मुख्य न्यायाधीश बस्यालले भने, ‘उठेका जिज्ञासालाई प्रत्यक्षरुपमा छलफलका माध्यमबाट समाधान गरिनेछ भने नयाँ संहिताबारे पनि जानकारी गराइन्छ ।’

अदालतमा मुद्दा परेपछि मुद्दामा विचौलियाको प्रभाव, रकमको चलखेल, ढिलासुस्तीका बारेमा अदालतमाथि कहिलेकाहीँ भ्रम छर्ने गरिएकाले रकमको चलखेलबाट मुद्दा जितिन्छ भन्ने भ्रममा कोही पनि नपर्न मुख्य न्यायाधीश बस्यालको आग्रह थियो ।

‘न्याय कहिल्यै पनि मर्दैन, मर्न दिँदैनौँ पनि । तपाईंहरु ढुक्क हुनुहोस्’, मुख्य न्यायाधीश बस्यालले भने, ‘न्यायको तराजु लिएपछि राजनीतिक आग्रह पूर्वाग्रह त्यागेर सबै स्थानीय तहमा रहेका न्यायिक समितिहरुले मेलमिलापका माध्यमबाट दुवै पक्षको जीत हुने गरी न्याय सम्पादन गर्न पनि अनुरोध गर्दछु ।’

मुख्य न्यायाधीश बस्यालले बीस वर्ष उमेर नपुगेका आमाबाबुबाट जन्मेको बच्चाको जन्मदर्ता गर्नुपर्ने तर बिहे दर्ता गर्न नपाइने, विवाह गर्न पाउने उमेरको हद न्यूनतम बीस वर्ष पुग्नै पर्ने मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भई कार्यान्वयनमा रहेको बताए ।

अदालत र ऐन नियम, कानूनका विषयमा जान्ने–बुझ्ने मौका उच्च अदालतले प्रदान गरेकामा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले खुशी व्यक्त गरे । ‘न्याय सम्पादन गर्ने विषय हो, बुझ्ने विषय हो’, नगर प्रमुख खाँणले भने, ‘कानूनका बारेमा जान्ने–बुझ्नेभन्दा पनि सर्वसाधारणमा डराउने प्रवृत्ति बढिरहेकाले यसको न्यूनीकरणका लागि कानूनी साक्षरताको जरुरी रहेको छ ।’

मुलुकी देवानी (संहिता) ऐनहरु लागू भई कार्यान्वयनको अवस्थामा रहेकाले ऐन कानूनको अनभिज्ञताका कारण सजाय क्षम्य नहुने भएकाले कानूनी साक्षरतालाई तल्लो तहसम्म पु¥याउन आवश्यक रहेको नगर प्रमुख खाँणको भनाइ थियो ।

उच्च अदालत पोखराको प्रादेशिक अधिकार क्षेत्रभित्र गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, कास्की, तनहुँ, लमजुङ, गोरखा, मनाङ, नवलपुर, मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ जिल्ला अदालतहरु र अर्धन्यायिक निकायहरु पर्दछन् । मुस्ताङ, पर्वत, म्याग्दी र बाग्लुङ जिल्ला अदालत पोखरा बाग्लुङ इजलासअन्तर्गत पर्दछन् । रासस

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending