Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

खरीद नियमावली संशोधनप्रति निर्माण व्यवसायी खुसी, भन्छन्, काम गर्न वातावरण बन्यो

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद नियमावली, २०६४ को नवौँ संशोधनसँगै म्याद थपको निर्णयबाट देशभरका अधिकांश रुग्ण आयोजना एक वर्षभित्र सम्पन्न हुने वातावरण बनेको जनाएको छ ।

महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नवौं संशोधनले म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका अधिकांश आयोजना एक वर्षभित्र सम्पन्न गर्ने वातावरण बनेपनि प्राविधिक तथा अन्य कारणले केही आयोजनाको काम भने थप गरिएको एक वर्षमा पनि सम्भव नहुने बताएको छ ।

संशोधनले आफूले उठाउँदै आएका केही महत्वपूर्ण माग पूरा गरेको भन्दै संशोधन सकारात्मक भएको महासङ्घले जनाएको छ । निर्माण व्यवसायीलाई थप एकवर्ष काम सम्पन्न गर्ने अवसर दिनु सकारात्मक रहेको निर्माण व्यवसायीको भनाइ छ । म्याद थप सम्बन्धी पछिल्लो प्रावधानको उपयोग गर्दै तत्काल आ–आफ्ना परियोजना सम्पन्न गर्न अहोरात्र कार्यक्षेत्रमा खटिन महासङ्घले मातहतका निकायलाई विशेष निर्देशन दिएको अध्यक्ष रवि सिंहले बताए ।

नवौँ संशोधनले पूर्वाधारप्रति सरकारको प्रतिबद्धता देखिएको भन्दै महासङ्घले सरकारप्रति आभार व्यक्त गरेको छ । “संशोधित नियमावलीअनुरुप रुग्ण आयोजना शुरु भएर रोकिएको भुक्तानी दिन थालेपछि विकास खर्चको दर बढ्न गई मुलुकको समग्र आर्थिक अवस्था नै चलायमान हुने र पूँजीगत खर्चमा वृद्धि भई मुलुकले आर्थिक प्रगति हासिल गर्ने निश्चित छ”, उनले भने ।

सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ का अवधारणालाई मूर्तरूप दिन महासङ्घ प्रतिबद्ध रहेको भन्दै अध्यक्ष सिंहले भविष्यमा पनि समय सापेक्ष रूपमा पूर्वाधार विकासमैत्री ऐन नियम जारी हुने विश्वास व्यक्त गरे । “मुलुकको बदलिँदो परिवेशमा निर्माण उद्योगको दक्षता, क्षमता, सेवामा गुणस्तरीयता, पेशागत व्यावसायिकता एवं जिम्मेवारीप्रतिको प्रतिबद्धताले मात्र समग्र राष्ट्रको विकासले सहिगति लिनसक्छ” महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।

पेशागत हकहित संरक्षण तथा निर्माण उद्योगकोे गुणस्तर अभिवृद्धि गरी विश्वसनीयता एवं व्यावसायिक प्रवद्र्धन गर्न परामर्शदाता, सार्वजनिक निकाय र निर्माण व्यवसायी इमान्दारिताका साथ जिम्मेवारी बहन गर्न प्रतिबद्घ हुनुपर्ने महासङ्घले जनाएको छ । नवौँ संशोधन व्यवसायीमैत्री रहेको भन्दै महासङ्घले पत्रकार सम्मेलनमार्फत नै आफ्ना प्रतिबद्धता समेत सार्वजनिक गरेको छ ।

प्रतिबद्धताअनुरुप महासङ्घअन्तर्गत रहेका सातवटै प्रदेश समिति, ७७ जिल्ला सङ्घ र एशोसिएट सदस्यसमेत गरी करीब १५ हजार निर्माण व्यवसायी सदस्यलाई यथाशीघ्र काम शुरुआत गरी समयभित्र सम्पन्न गर्न निर्देशन जारी गरिने अध्यक्ष सिंहले बताए । यसरी म्याद थप हुने कामको समयभित्रै सम्पन्न गराउन महासङ्घले जिम्मेवारी लिने महासचिव रोशन दाहालले बताए ।

निर्माण व्यवसायीले बाँकी काम सम्पन्न गर्न पेश गरेको कार्य तालिकाअनुसार सम्पन्न गर्नुपर्ने र उक्त समयभित्र कार्यसम्पन्न नगर्नेको हकमा ठेक्का तोडी धरौटी जफत गरी कानून बमोजिम कारवाही गर्न महासङ्घको सहयोग र सहमति रहनेसमेत महासचिव दाहालले बताए ।

म्याद थप भएर पनि काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न सिफारिस गरिने तथा साथै म्याद थप भएको समयमा सम्बन्धित निर्माण व्यवसायीले काम गरेको छ/छैन सो समेतको अनुगमन महासङ्घ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको निर्माण व्यवसाय विकास परिषद्बाट संयुक्त रुपमा गरिने महासङ्घले जनाएको छ ।

म्याद थप गर्दा महासङ्घको सिफारिससमेत अनिवार्य हुनुपर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । उपमहासचिव तथा प्रवक्ता टङ्कप्रसाद चौलागाईं सरकारसँग सबै खाले सहकार्य गर्दै निर्माण क्षेत्रलाई समृद्ध बनाउन महासङ्घ तयार रहेको बताए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies