काठमाडाैं। देशभरिका स्थानीय तहको लेखा प्रणाली सञ्चालन हुने केन्द्रीय सर्भरमा साइबर आक्रमण भएपछि नष्ट भएको २१ दिनको डेटालाई पुनस्स्थापना गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।
महालेखा नियन्त्रक कार्यालयअन्तर्गत रहेको प्रणालीमा सुरक्षाका निम्ति राखिएको ब्याकअप डेटा पनि नष्ट भएको हुन सक्ने उनीहरूले जानकारी दिए।
कार्यालयका प्रवक्ता रमेशप्रसाद शिवाकोटी भन्छन्, \'करिब २१ दिनको डेटा पुनस् समाविष्ट गर्न हामीले सबै स्थानीय तहलाई निर्देशन दिइसकेका छौँ।\'
घटनाबारे हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको र सबै स्थानीय तहमा उक्त प्रणाली पुनस् सञ्चालनमा आइसकेको उनीहरू बताउँछन्।
के भएको थियो ?
देशभरिका ७५३ वटै स्थानीय तहको लेखा प्रणाली आबद्ध रहेको सबन्याश्नल ट्रेजरी रेगुलेटरी एप्लिकेशनमा समस्या देखिएपछि झन्डै एक वर्षको डेटा नष्ट भएको ठानिएको थियो।
उक्त प्रणालीमा गत साता अकस्मात् समस्या देखिएको थियो।
तर डेटा पुनस् स्थापना गर्दा अधिकांश डेटा प्रणालीमा फिर्ता ल्याउन सकिएको शिवाकोटीले बताए।
उनले भने, \'तर करिब २१ दिनको डेटा भने हामीले रिकभर (पुनस्प्राप्त) गर्न सकेनौँ।\'
शिवाकोटीका अनुसार ब्रिटिश सहायता निकाय डीएफआईडी र अमेरिकी सहायता निकाय यूएसएडको सहायता तथा परामर्शमा स्थापित उक्त प्रणालीमा अन्तर्राष्ट्रिय साइबर अपराधीले आक्रमण गरेको आशङ्का छ।
तर प्रहरीको अनुसन्धान जारी रहेकाले अहिले नै केही भन्न नसकिने शिवाकोटीले बताए।
ब्याङ्किङ प्रणाली ह्याक गरेर रकमहरू समेत चोरिएका घटनाहरू सार्वजनिक भइरहेका बेला सरकारको सबैभन्दा ठूलो लेखा प्रणालीमै आक्रमण हुनुलाई गम्भीर रूपमा हेरिनुपर्ने साइबर सुरक्षाका जानकारहरू बताउँछन्।
साइबर सुरक्षाविज्ञ विजय लिम्बु भन्छन्, \'सबै सरकारी प्रणालीको नियमित रूपमा साइबर सुरक्षासम्बन्धी अडिट गर्नुपर्छ।\'
त्यस्ता घटना कम गर्न चाल्नुपर्ने कदमबारे लिम्बु भन्छन्, \'सबैभन्दा पहिले त साइबर सुरक्षा विभाग बन्नुपर्यो। त्यसलै सबैको नियमित रूपमा साइबर सुरक्षासम्बन्धी अडिट गर्नुपर्यो।\'
\'अनि सरकारले हालै बनाएको साइबर सुरक्षा आकस्मिक कार्य समूहजस्ता निकायलाई प्रभावकारी बनाउनुपर्यो।\'
उनी नेपालमा साइबर सुरक्षालाई अहिले पनि महत्त्व नदिइएकाले समस्या आइरहेको बताउँछन्।
\'अब धेरैजस्तो सरकारी कामहरू पनि विद्युतीय माध्यमबाट हुन थालिसकेको अवस्थामा साइबर सुरक्षालाई चाहिँ बेवास्ता गर्नु भनेको आफ्नो देशको र नागरिकको डेटाको सुरक्षा नगर्नु हो भन्ने बुझ्नुपर्यो,\' उनले भने।
कतिपयले भने उक्त प्रणालीको रेखदेख गर्नेहरूकै संलग्नतामा यस्तो घटना भएको हुनसक्ने शङ्का व्यक्त गरेका छन्।
सरकारले केही महिनाअघि साइबर सुरक्षा अनु्गमन केन्द्रको उद्घाटन गरेको थियो
प्रहरीले त्यसबारे पनि छानबिन गरिरहेको शिवाकोटीले जानकारी दिए।
तर विज्ञहरूका अनुसार एक पटक आक्रमणमा परिसकेको प्रणालीलाई प्रभावकारी सुरक्षा व्यवस्था नमिलाई पुनस् सञ्चालन गर्दा थप खतरा बढ्न सक्छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: