Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

कञ्चनपुरमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको छ ।

कृषि व्यवसायमार्फत स्थानीयवासीलाई आत्मनिर्भर बनाउने गरी सो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु २७ लाख वजेट विनियोजन गरेको छ । विशेषगरी तरकारी खेतीमा आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रत्येक वडाका बासिन्दाले फाइदा लिन सक्ने गरी माटो सुहाउँदो तरकारी बाली र केराखेतीका लागि स्थान छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नगरपालिका कृषि शाखाका कृषि प्रसार अधिकृत लालबहादुर धामीले बताए । सो कार्यक्रम अन्तर्गत नगरपालिका नौ वडामध्ये वडा नं १, २, ३, ६, ७, ८ लाई तरकारी खेती, वडा नं ४, ५ लाई केरा खेती र वडा नं ९ लाई च्याउखेतीका लागि छनोट गरिएको छ ।

“तरकारी खेती गर्ने किसानलाई समूहमा आबद्ध गरी मागका आधारमा ५० प्रतिशत अनुदानमा सिधै खातामा रकम उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ”, अधिकृत धामीले भने “अनुदान रकमसँगै तरकारी बाली, च्याउ र केरा खेतीका लागि तीन दिने तालीम दिने कार्य, माटो परीक्षण, आइपिएम पाठशाला सञ्चालनसँगै बजार प्रवद्र्धन, सङ्कलन केन्द्र स्थापना, हाटबजारसमेत सञ्चालन गरिने छ ।”

“कृषिबाट स्थानीयवासीको जीवनस्तर उकास्न यो कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने, “युवालाई कृषि क्षेत्रमा आकर्षित गर्नसमेत कार्यक्रम उपयोगी हुनेछ ।” कृषि प्रसार अधिकृत धामीले कार्यक्रमको मुख्य उद्देश्य कृषिलाई व्यावसायिक बनाउनु नै हो भन्दै कार्यक्रमअन्तर्गत किसानलाई बजारीकरणमा पनि सहयोग गरिने योजना रहेको बताए । उनले सुरुमा किसानलाई मल, बीउ र अन्य कृषिजन्य सामग्री अनुदानमा उपलव्ध गराउने नगरपालिकाको योजना रहेको जानकारी दिए ।

“जुन ठाउँमा जे बालीको राम्रो उत्पादन हुन्छ, त्यही आधारमा कार्यक्रम सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “तरकारी, केरा र च्याउखेतीमा किसानलाई प्याकेजमै सहयोग उपलब्ध गराएको छ ।”

स्थानीयवासीलाई गाउँमै रोजगारी दिन यो कार्यक्रम लागू गरिएको नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले बताए । उनले भने, “किसानले उत्पादन गरेका कृषि उत्पादनलाई भण्डारण गर्नका लागि शीतभण्डार निर्माणका लागि कार्य अगाडि बढाइएको छ । शीतभण्डारका लागि डिपिआर निर्माणको कार्य पूरा गरिएको छ ।”

“कृषि उत्पादनमार्फत उनीहरूलाई रोजगारीमा जोड्न खोजेका हौं”, उनले भने, “यो कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएपछि काम खोज्दै भारतका विभिन्न ठाउँमा जाने युवाहरूको बाध्यताको अन्त्य हुने हाम्रो अपेक्षा छ ।’

केरा उत्पादनमा लागेका किसानलाई सहयोग पु¥याउन केरा पकाउने ¥यापिङ च्याम्बरसमेत स्थापना गरी सञ्चालनमा ल्याइएको उनले बताए । नगरपालिकाले प्लाष्टिक टनेलमा तरकारी खेती गर्ने किसानलाई रु तीन लाख अनुदान उपलब्ध गराएको छ । किसानलाई व्यावसायिक बनाई विपन्नबाट आर्थिकरुपमा सम्पन्न बनाउनका लागि कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने उनको भनाइ छ ।

प्राङ्गारिक तरकारी खेती गर्ने किसानलाई नगरपालिकाले थप प्रोत्साहित गर्ने छ ।

मेयरसँग कृषि कार्यक्रम

कृष्णपुर नगरपालिकाले ‘मेयरसँग कृषि’ कार्यक्रमसमेत सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत प्रत्येक वडामा दुई वटाका दरले नमूना तरकारी पकेट क्षेत्र स्थापना गरिएका छन् । पटके क्षेत्र स्थापनासँगै कृषिउपजको बजारीकरण गर्नका लागि अध्ययनको कार्यसमेत अगाडि बढाइएको छ । कार्यक्रम सञ्चलनका लागि चालू आवमा रु तीन लाख बजेट परिचालन गरिएको छ । चालू आवमा किसानलाई ५० प्रतिशत अनुदानमा रु १० लाख मूल्य बराबरको उन्नत जातको गहुँको बीउ नगरपालिकाले वितरण गरेको छ ।

माटो सुहाउँदो बाली लगाउनका लागि घुम्ती माटो शिविरको आयोजना गरी माटोका एक हजार २०० नमूना चेकजाँच गरी माटोअनुसारको बाली लगाउन सिफारिससमेत गरिएको छ । कृष्णपुर तरकारी खेती र केराखेतीका लागि जिल्लामै अग्रणी रहेको बताइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies