बाजुरा । बाजुराका नौ स्थानीय तहमध्ये पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंक स्थापना हुन सकेको छैन ।
जनप्रतिनिधि आएको अढाइ वर्ष बितिसक्दा बैंक स्थापना नहुँदा स्थानीयवासी समस्यामा परेका छन् । जगन्नाथ गाउँपालिकाका अर्जुन विष्टले बैंकिङ कारोवार गर्न पैदल हिँडेर बूढीनन्दा नगरपालिका जानुपर्ने बाध्यता रहेको दुखेसो गरे ।
स्वामीकार्तिक गाउँपालिकाको केन्द्र पिलुचौरमा समेत बैंक छैन । पालिकामा बैंक नहुँदा स्थानीयले बूढीनन्दा नगरपालिका धाउँदै आएका छन् । दुई वटै गाउँपालिकामा बैंक नभएपछि सोही नगरपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा कारोवार गर्न धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकामा बैंक स्थापना गरी सञ्चालनमा ल्याउन गाउँपालिकाले पहल गर्दै आएको बताइएको छ ।
सात स्थानीय तहमा बैंक सञ्चालन
सात स्थानीय तहमा बैंक सञ्चालन भएपछि स्थानीयलाई बैंकिङ कारोवार गर्न सहजता भएको छ । स्थानीयस्तरमा नै बैंक सञ्चालन हुँदा सदरमुकाम मार्तडी आउने समस्या हटेको बूढीनन्दा नगरपालिका–४ का स्थानीय छक्कबहादुर मल्लले जानकारी दिए ।
उनी गाउँमा बैंक नहुँदा दुई दिन लगाएर सदरमुकाम धाउनु पथ्र्यो तर स्थानीय तहका जनप्रतिनिधि आइसकेपछि स्थानीयस्तरमा बैंक हुँदा निकै सहजता वताउँछन् ।
जिल्लाका नौ स्थानीय तहमा फरक फरक बैंकले कारोवार गर्दै आएका छन् । पूर्वी उत्तरी भेगमा रहेका चार स्थानीय तहमध्ये बूढीनन्दा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, हिमाली गाउँपालिका सानीमा बैंक, सञ्चालनमा आइरहेका छन् ।
यस्तै बूढीगङ्गा नगरपालिकामा सिद्धार्थ बैंक, त्रिवेणी नगरपालिकामा नेपाल बैंक लिमिटेड, खप्तड छेडेदह गाउँपालिकामा हिमालयन बैंक र बडीमालिका नगरपालिकामा राष्ट्रिय बैंक वाणिज्य सञ्चुरी, एनआइसी, महालक्ष्मी विकास बैंक रहेका छन् ।
यहाँस्थित गौमुल गाउँपालिकामा कुमारी बैंकले आइतबारदेखि औपचारिक रुपमा आफ्ना सेवा सञ्चालन ल्याएको छ । गाउँपालिकाको केन्द्र घट्मुनामा स्थापना गरिएको बैंकले गाउँपालिकाका नियमित बैंकिङ कारोवार सहज हुने अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए ।
बैंकको कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए । बैंकले गाउँपालिका तथा त्यस क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरुपमा बैंकिङ सेवा पु¥याउन सहज हुने गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताइन् ।
बैंकले आगामी दिनमा थप सेवा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पु¥याउने योजना बनाएको शाखा प्रमुख नरेन्द्रसिंह साउँदले जानकारी दिए । रासस
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: