Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

जनशक्ति र भौतिक संरचना अभावमा ट्राफिक प्रहरी

भक्तपुर । काठमाडौं उपत्यकाबाहेकका जिल्लामा सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा चितवन पर्छ । चितवनमा दैनिकजसो साना–ठूला दुर्घटना हुने गरेका छन् । तर त्यही दुर्घटना न्यूनीकरण र सवारी साधनको व्यवस्थापन गर्ने ट्राफिक जनशक्ति भने जिल्लामा न्यून छ ।

चितवनमा ट्राफिक प्रहरीको दरबन्दी ३१ जनाको मात्र छ । काजमा आएकासहित ५५ ट्राफिकले जिल्लाको सबै ट्राफिक व्यवस्थापन हेर्नुपर्ने हुन्छ । चितवन सबैभन्दा धेरै मुख्य राजमार्ग भएको क्षेत्र पनि हो । पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग पनि चितवनमा पर्छन् । जहाँ दैनिक हजारौँ सवारी साधनको चाप हुन्छ । जिल्लाका अधिकांश भित्री सडक कालोपत्र भएका कारण पनि यहाँ तीव्रगतिका कारण दुर्घटना हुने गरेको छ ।

बढ्दो शहरीकरण, सवारी साधन र सडक प्रयोगकर्ताको चापलाई व्यवस्थित गरी सडक दुर्घटनामा न्यूनीकरणका लागि थप ४० प्रहरी थप्नुपर्ने माग जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्र गिरीको छ । \'जनशक्ति कम नभए पनि सबै क्षेत्रमा सिसीटिभीको व्यवस्था गर्नुपर्छ\', उनले भने, \'यसले दुर्घटना न्यूनीकरण र दुर्घटना भइहाले पनि दोषीको पहिचान गर्न सहज हुन्छ ।\'

सिसीटिभी नहुँदा कतिपय दुर्घटनामा दोषी फरार हुने गरेका उनले बताए । गिरीले ट्राफिकको आफ्नै भवन नहुँदा र भाडाको पनि जीर्ण भवनका कारण कार्यालय सञ्चालनमा समेत समस्या हुने गरेको बताए। कार्यालयकै अभावमा स्वयम ट्राफिकले नै सडकमा पार्किङ गर्नुपर्ने बाध्यता छ । जिल्लाका मुख्य सडकभन्दा भित्री सडकमा झन् बढी दुर्घटना हुने गरेका ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७६/७७ को साउनयता भित्री सडकमा ४६ सडक दुर्घटना भएका छन् । त्यसमा परी २६ ले ज्यान गुमाएका छन् भने ५९ घाइते भएका छन् । साँघुरो सडक, सवारी साधनको तीव्रगति, चालकको लापरवाहीका कारण दुर्घटना बढिरहेका गिरीले बताए। साउनयता पूर्वपश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि लोथरसम्म ३६ सडक दुर्घटनाबाट १४ ले ज्यान गुमाएका छन् भने १०१ घाइते भएका छन् ।

यस्तै नारायणगढ मुग्लिङ सडकखण्डमा ३४ सडक दुर्घटनाबाट १४ को मृत्यु भएको छ भने ८३ घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङदेखि मौवाखोलासम्म १८ सवारी दुर्घटनाबाट चारको मृत्यु र ३८ घाइते भएका छन् । भरतपुर रिङरोडमा यो आवमा मात्रै सातको मृत्यु भएको छ भने २० घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्ण क्षेत्रीका अनुसार मङ्सिरमा राजधानीबाहेकका प्रदेशका जिल्लामा चितवनमा सबैभन्दा धेरै दुर्घटना हुनपुग्यो ।

चितवनमा भएका ५६ दुर्घटनामा पाँच महिलासहित १९ ले ज्यान गुमाएका छन् भने २० गम्भीरसहित ५६ घाइते भएका छन् । एक महिनाको अवधिमा भएका दुर्घटनाले थप चुनौती थपिएको क्षेत्रीले बताए । जिल्लाका मुख्य सडकमा आवश्यक पर्ने पूर्वाधारको समेत अभाव रहेको ट्राफिक प्रहरीको भनाइ छ । ‘नो पार्किङ’, ‘नो स्टप’, ‘उछिन्न निषेध’ जस्ता ट्राफिक चिह्न, डिभाइडर, जेब्रा क्रसिङमा रङ मेटिएकाले र पुनः रङरोगन नहुँदा पनि सडक दुर्घटना बढेको प्रमुख गिरीले बताए ।

यस्तै सडकका राजमार्गहरुमा रहेको खाल्डाखुल्डीले पनि दुर्घटना निम्तिरहेको उनको भनाइ छ । दुर्घटना नियन्त्रणका लागि लागि सबै सरोकार निकायले तत्कालै ध्यान दिनुपर्ने उनले बताए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवनमा सडक दुर्घटना बढेको भन्दै यसको न्यूनीकरणका लागि विभिन्न रणनीतिक कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । उनले निकुञ्ज क्षेत्रमा सवारी साधनमा जनावर ठोक्किने र दुर्घटना हुने भएकाले टिकौली क्षेत्रमा रातिको समयमा टाइमकार्ड लागू गर्ने पूर्वतयारी रहेको जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending