Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

प्रचण्डले अभिभावकत्व गरेका पाँच माझी समुदायलाई एकीकृत बस्ती

चितवन । पूर्वप्रधामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिभावकत्व ग्रहण गरेका दुई बालकको घर बन्ने भएको छ । अध्यक्ष प्रचण्डले विसं २०७५ वैशाखमा अभिभावकत्व ग्रहण गरेको अरुण मुसहर र पत्रुस माझीसहित पाँच घरपरिवारको घर बन्न लागेको हो ।

भरतपुर–२७ स्थित साझापुरको सडकछेउमा रहेको सरकारी जग्गामा ती बालक काँस निर्मित अव्यवस्थित घरमा बस्दै आएका छन् । अभिभावकत्व ग्रहणपछि यी दुई बालकको शैक्षिक अवस्थामा भने निकै सुधार आएको विद्यालयका शिक्षक बताउँछन् । झुपडी घरलाई विस्थापित गरी दुईकोठे पक्की घर निर्माण गर्न लागिएको वडाध्यक्ष गोविन्द गुरुङले जानकारी दिए।

भरतपुर महानगरपालिकाको पहलमा घरको नक्सा बनाउने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । यस क्षेत्रमा जङ्गली जनावरको पनि जोखिम छ । “शौचालयसहितको दुईकोठे घर एक महिनाभित्रै निर्माण गरिसक्ने योजना बनाएका छौँ”, अध्यक्ष गुरुङले भने ।

दैनिक मजदुरी र माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदाय छाप्रोजस्तो घरमा बसेका थिए । अब बन्न लागेको प्रतिघर रु दुई लाख खर्च हुने अनुमान गरिएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकालाई खरमुक्त घर निर्माण गर्ने योजनाअनुसार ५०० बढी घरपरिवारलाई निःशुल्क जस्तापाता वितरण गर्ने काम अन्तिम चरणमा पुगेको बताए। दाहालले तीमध्ये माझी समुदायको घरको अवस्था जीर्ण भएकाले पाँच घर तत्काल निर्माण गर्न लागेको बताए।

जिल्लामा चिसो ह्वात्तै बढेसँगै ती घरपरिवारलाई न्यानो कपडा उपलब्ध गराइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले उनीहरुलाई कम्बल, ज्याकेट र खाद्यान्न सामग्री दिइएको जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending