Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

नेकपा स्थायी समिति बैठक : ओली–दाहाल नरम, नेपाल कडा

काठमाडौं । नेकपा स्थायी समितिमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको गुटको छाया देखिएको छ। ओली र अर्का अध्यक्ष दाहाल पक्षधर नेताहरू राजनीतिक प्रतिवेदन र सरकारप्रति लचिलो देखिएका छन् भने वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरू विरोधमा उत्रिएका छन्।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - सोमबार र मंगलबारको बैठकमा २५ जना नेताले धारणा राखेका थिए। नेपाल पक्षधर भीम रावल, सुरेन्द्र पाण्डे, अमृत बोहरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतले सरकार र पार्टी नेतृत्वको कार्यशैलीको खुलेर विरोध जनाए। ओली पक्षधर शंकर पोखरेल, छविलाल विश्वकर्मा, केशव बडाल र रघुवीर महासेठले मात्र बोलेका छन्। उनीहरूले सरकार र पार्टी नेतृत्वको बचाउ गरेका छन्।

अध्यक्ष दाहाल निकट अग्नि सापकोटा, शक्ति बस्नेत, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाललगायत लचिलो देखिएका छन्। ओली पक्षका नेताहरूले भने बैठकमा अन्य नेताहरूले बोलेपछि मात्र आफूहरूले बोल्ने रणनीति लिएका छन्।

सरकारमा सहभागी भएका कारण अघिल्लो पटकको स्थायी समिति बैठकमा सरकार र नेतृत्वको कार्यशैलीमा चर्को आलोचना गरेका नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईले भने नेतृत्वलाई उत्तेजित नभई पार्टी र विचार निर्माणमा लाग्न सुझाव दिएका छन्। सरकारका विषयमा उनीहरुले खास टिप्पणी गरेका छैनन्। भट्टराईले तीनतीन महिनामा सरकारका कामको रिपोर्ट नै पार्टीमा बुझाउने व्यवस्था गरेर समीक्षामा जान सकिने बताएका थिए।

कार्यशाला चलाऔं

कृषिमन्त्रीसमेत रहेका नेता घनश्याम भुसालले पार्टी स्थायी समितिमै कार्यशाला चलाउन माग गरेका छन्। भुसालले आगामी बैठकअघि स्थायी कमिटीका सबै पदाधिकारी र सदस्यबीच ‘आजको पार्टी’ वा ‘कम्युनिस्ट पार्टीको आजको कार्यभार’ जस्ता विषयमा कार्यशाला आयोजना गर्न माग गरेका हुन्। ‘५–७ दिनको कार्यशाला आयोजना गरौं,’ भुसालले भने, ‘कार्यशालामा पार्टीका सैद्धान्तिक, राजनीतिक र सांगठनिक क्षेत्रका सबै विषयमा छलफल गरेर निष्कर्ष निकालियोस् र केन्द्रीय कमिटीमा ती निष्कर्ष पेस गरियोस्। केन्द्रीय कमिटीमा पनि त्यसैगरी विस्तारपूर्वक छलफल गर्ने व्यवस्था गरियोस।’

उनले पार्टीका हरेक सदस्यलाई आफैं श्रम गरेर बाँच्नुपर्ने जस्ता प्रवाधानसहितको व्यवस्था विधानमै उल्लेख गर्न पनि माग गरे। ‘पार्टीका हरेक सदस्य नकमाएको सम्पत्तिमा बाँच्दैनन् वा आफ्नै कमाइमा बाँच्छन्। राज्यले तोकेको कर तिर्छन् र नागरिकले तिरेको राजस्व राज्यले दुरुपयोग नगरोस् भन्ने कुरामा हरबखत सचेत रहन्छन् जस्ता प्रावधान विधानमै समेट्नुपर्छ,’ भुसालले भने।

अर्का स्थायी समिति सदस्य वेदुराम भुसालले नेताहरुको व्यवहार र विचार मिल्न नसक्दा पार्टीमा भद्रगोल भएको जिकिर गरे। उनले भने, ‘नेताहरुले कागजमा गर्ने गरेका प्रतिबद्धता व्यवहारमा उतार्न नसक्दा समस्या आएको छ।’

सरकारको बचाउ

प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका नेता शंकर पोखरेलले अध्यक्षद्वयको दस्तावेजले देखाएको बाटोबाटै पार्टी र सरकार अगाडि बढ्नुपर्ने बताए।

नेता रघुवीर महासेठले आफ्नै पार्टी नेताहरु नेतृत्वको आलोचनामा पूर्वाग्रही भएर लाग्न खोजेको आरोप पनि लगाए। उनले भने, ‘सरकारले राम्रो काम गरेको छ। तर जुन ढंगले गलत देखाउने काम पार्टीभित्रैबाट भएको छ, यो राम्रो छैन।’ नेता जनार्दन शर्माले सरकारले रोजगारी सिर्जनामा ध्यान दिन नसकेको बताएका थिए।

‘आलोचना निषेध नगरौं’

अनुशासन आयोगका अध्यक्षसमेत रहेका नेता अमृत बोहोराले पार्टीमा आलोचनाको संस्कार हराउन थालेको भन्दै चिन्ता व्यक्त गरे। कम्युनिस्ट पार्टीमा निरन्तर आलोचना हुनुपर्ने भए पनि उनले पछिल्लो समय आलोचना गर्नेलाई नेतृत्वले पूर्वाग्रह राख्ने गरेको बताएका थिए। उनले भने, ‘आलोचना गर्नेहरूलाई निषेध गरेर जाने प्रवृत्ति बढेको छ, यो गलत छ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending