Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नजिक पुग्यो कांग्रेस विवाद सहमति

काठमाडौं । कांग्रेसभित्रको जारी आन्तरिक विवाद मिलाउन भइरहेका छलफल सहमति नजिक पुगेको छ। १४ औं महाधिवेशन कार्यतालिका, विभाग गठन, नेविसंघ महाधिवेशन आयोजक समिति गठन र तरुण दलको समयावधि थपसँगै समितिलाई पूर्णता दिन छलफल सकारात्मक बन्दै गएको नेताहरूले बताए।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - सहमति निर्माणका लागि संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गठन गरेको कार्यदल बैठक दिनहँु बसे पनि टुंगोमा पुग्न सकेको छैन। मंगलबार साँझ बसेको कार्यदल बैठक सकारात्मक भएको दाबी नेताहरूले गरेका छन्। बुधबार बोलाइएको केन्द्रीय समिति बैठकअघि ठोस सहमतिमा पुग्न सकिने विश्वास उनीहरूको छ। ‘चारवटै विषयमा छलफल भएको छ। छलफल सकारात्मक छ,’ पौडेल समूहबाट कार्यदल सदस्य हृदयराम थानीले भने, ‘कुरा बिग्रेन भने बुधबारसम्म सहमतिमा पुगिन्छ।’

कार्यदलबीच नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा करिब डेढ घण्टा छलफल चलेको थियो। महाधिवेशन कार्यतालिकाबारे दुवै पक्षबीच विवाद छैन। संस्थापन समूह अर्को वर्ष फागुनसम्म महाधिवेशन गर्ने अडानमा छ भने पौडेल समूहले मंसिरभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको छ।

यसअघि संस्थापन समूहले पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिएपछि मात्र महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने अडान राख्दै आएको थियो। असन्तुष्ट समूहले महाधिवेशन कार्यतालिका नल्याए केन्द्रीय समिति बैठकमा सहभागी नहुने भन्दै बहिष्कार गर्दै आएको छ। बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा पौडेल समूह अनुपस्थित हुँदै आएको छ। सोमबारको बैठकमा पनि पौडेल समूह नआएपछि सभापति देउवाले सहमतिका लागि भन्दै दुई दिन बैठक स्थगित गरेका थिए।

‘आन्तरिक विवाद सहमतिपूर्वक टुंगिने वातावरण निर्माण भएको छ। केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सानेपामै थप छलफल गर्ने समझदारी छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘छलफल सकारात्मक रूपमा अगाडि बढेको छ। सबै विषयमा आज टुंगो लाग्छ।’

महाधिवेशन कार्यतालिकामा सहमति नजिक भए पनि तरुण दल र नेविसंघ गठनमा भने दुवै समूह आआफ्नै अडानमा छ। संस्थापन समूह नेविसंघमा चार महामन्त्रीसहित विधानअनुसार केन्द्रीय समिति गठन गर्नुपर्ने पक्षमा छ भने पौडेल समूहले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र कोषाध्यक्षसहितको पूरा कमिटी ल्याउनुपर्नेमा जोड दिएको छ।

‘नेविसंघमा पूरा कमिटी ल्याउनुपर्छ भन्ने हाम्रो भनाइ हो। निर्वाचन समिति गठन गरेर सानो कमिटी ल्याउने कि विधानअनुसार पदाधिकारीसहितको कमिटी ल्याउने भन्नेमा छलफल जारी छ,’ कार्यदल सदस्य थानीले अन्नपूर्णसँग भने, ‘अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष तत्काल घोषणा गरेर जानुपर्छ भन्ने हाम्रो धारणा हो। तर उहाँहरु चारवटा महामन्त्री बनाउने अडानमा हुनुहुन्छ। त्यसमा हामीले कति पाउने भन्नेमा पनि कुरा मिलेको छैन।’

कांग्रेसमा कुरा मिलेन स् पौडेल पक्षको बहिष्कार, पेलेरै जाने रणनीतिमा देउवा
कांग्रेस केन्द्रीय समिति बैठक स् पौडेल समूहबाट फेरि बहिष्कार
कांग्रेस बैठक विवादमै स् महाधिवेशन कार्यतालिका १५ पुसभित्रै ल्याइने
कांग्रेसमा विवाद स् पेलेरै जाने तयारीमा देउवा
कांग्रेसमा विवाद स् उपसभापति निधि र पूर्वमहामन्त्री सिंहबीच छलफल
कांग्रेस केन्द्रीय समिति स् बुढानीलकण्ठ र बोहराटारमा गुट, सानेपामा सुनसान
कांग्रेस विवाद स् कुरा नमिलेपछि केन्द्रीय समिति बैठक फेरि सर्‍यो
कांग्रेस विवाद स् के पाक्दैछ चाक्सीबारीमा रु
चार महामन्त्रीमा उपसभापति विजयकुमार गच्छदारलाई पनि समेट्नुपर्ने दबाबमा सभापति देउवा छन्। पौडेल समूहले नेविसंघको पछिल्लो महाधिवेशन मतपरिणामअनुसार आफूले भाग पाउनुपर्ने माग गरेको छ। तरुण दलको समयावधि थप गर्नेमा विवाद नभए पनि महासचिवमाथिको कारबाहीका विषयमा भने कार्यदलमा कुरा मिल्न सकेको छैन। विभाग भने पौडेल समूहले आफूले पनि पाउनुपर्ने माग गरेको छ।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउन नेता कृष्णप्रसाद सिटौला सक्रिय छन्। मंगलबार बिहान पौडेललाई भेटेका सिटौलाले दिउँसो नेता सिंहसँग छलफल गरेका थिए। सोमबारको केन्द्रीय समिति बैठक सिटौलाको आग्रहपछि स्थगित भएको थियो। पार्टी कार्यालय पुगेर सिटौलाले सभापति देउवालाई बहुमतबाट जाँदा पार्टी थप विवाद चर्कनेतर्फ सचेत गराउँदै सहमतिका लागि केही दिन बैठक स्थगन गर्न आग्रह गरेका थिए। सिटौलाको आग्रहपछि सोमबार कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको थियो। बुधबार भने बैठक स्थगित नहुने संस्थापन पक्षको दाबी छ।

तरुण दल र नेविसंघको गुट भेला

मंगलबार पौडेल समूहको तरुण दल र नेविसंघको छुट्टाछुट्टै गुट भेला भएको छ। गुट भेलामा नेताहरूले सहमतिको प्रयास भइरहेकाले सबैलाई एक ढिक्का हुन आग्रह गरेका थिए। नेविसंघ र तरुण दलभित्र आफ्नो समूहका नेताकार्यकर्तालाई विभाजित नहुन नेताहरूले आग्रह गरेको नेविसंघ केन्द्रीय सदस्य रघुवीर कार्कीले बताए।

‘प्याकेजमा सहमतिको प्रयास भइरहेको छ, नेविसंघ र तरुण दलमा हाम्रो समूहबाट बढीभन्दा बढी संख्या पार्ने हाम्रो प्रयास छ। यो समूह एक ढिक्का भएर पार्टीको १४ औं महाधिवेशनसम्म जानुपर्छ,’ उनले भने।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending