Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सभामुख पद नछाड्न दाहाललाई दबाब

काठमाडौं । संसद् सभामुखविहीन भएको ७९ दिन पुगेको छ। नेकपाले नयाँ सभामुखबारे निर्णय नगर्दा नेताहरू अलमलमा छन्। पूर्वमाओवादी पक्षका नेताले भने पार्टी एकतापूर्वको भागबन्डाअनुसार सभामुख पद नछाड्न अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिएका छन्।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादवलगायतले यसबारे सोमबार बिहान दाहालसँग जिज्ञासा राखेका थिए। ‘सभामुख चयनबारे अनेक अडकलबाजी छन्। अबको सभामुख को हो रु हामीले पूर्वएमालेतिर दिने गरी यो पद छाडिसकेको हो र रु ’, उनीहरूले दाहालसँग जिज्ञासा राखे।

स्थायी समिति बैठकमा पेस भएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा समान धारणा बनाउन दाहालले खुमलटारमा उनीहरूलाई बोलाएका थिए। उनीहरूले सुरुमा दाहालको ब्रिफिङ सुनेका थिए। त्यसपछि भने सभामुख चयनका विषयमा जिज्ञासा उठाएको एक नेताले बताए।

पार्टी एकतापूर्वको भागबन्डामा सभामुख माओवादी भागमा परेको, पार्टी एकता भए पनि अझै संगठनात्मक एकताको काम संक्रमणकै अवस्थामा रहेको, एकता महाधिवेशनसम्म तत्कालीन पार्टीको भागबन्डा यथावत् राख्नुपर्ने भएकाले सभामुख छाड्न नसकिने धारणा उनीहरूले सुनाएका थिए। संवैधानिक पदमा भएको भागबन्डा छाड्न नहुने भन्दै केही नेताले दबाब दिएका थिए।

एक–एक गरी नेताहरूको कुरा सुनेपछि दाहालले सभामुख चयनका विषयमा निर्णय नभएको जवाफ दिएका थिए। ‘प्रधानमन्त्रीसँग अब सभामुख चयन प्रक्रिया लम्बाउनु हुँदैन, छिटो टुंग्याउनुपर्छ। स्थायी समिति बैठक सकेर दुई अध्यक्षले यस विषयमा छलफल गरौं र एउटा निर्णयमा पुगौंला भन्ने कुरा मात्र भएको छ’, दाहाललाई उधृत गर्दै एक स्थायी समिति सदस्यले अन्नपूर्णसँग भने, ‘अहिले यही पात्र र यही पूर्ववत् पार्टीलाई सभामुख भन्ने ढंगले छलफल चलेकै छैन। प्रधानमन्त्रीले पनि न सभामुखमा यो व्यक्तिलाई अगाडि सार्‍यौं भन्नुभएको छ न मैले पनि यो व्यक्ति भनेर नाम प्रस्ताव गरेको छु। विगतको भागबन्डा बदल्ने÷नबदल्ने कुनै छलफल छैन।’

दाहालले नेताहरूलाई आश्वस्त पार्न खोजेका थिए। ‘सभामुखको नाम टुंगियो, सहमति भयो, ग्रिन सिग्नल प्राप्त भयो भन्नेजस्ता कुराहरू आइरहेका छन्’, उनले भने, ‘पार्टीमा यो क्षणसम्म सभामुखका विषयमा कुनै प्रकारको छलफल भएकै छैन।’

सभामुखका लागि पूर्वमाओवादीबाट देव गुरुङ, पम्फा भुसाल र अग्नि सापकोटाको दाबी छ। पूर्वएमालेबाट सुवासचन्द्र नेम्बाङको नाम चर्चामा छ। नेम्बाङले भने यसबारे केही बोलेका छैनन्। उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि दाबी गरेकी छन्।

पूर्वमाओवादी पक्षधर नेताले सभामुख चयन गर्दा तीनवटा मापदण्ड अपनाउन दाहाललाई सझुाएका छन्। एकतापूर्वको संवैधानिक अंगका बीचमा भएको भागबन्डामा सभामुख पद पनि भएकाले पूर्ववत् समूहबाट छाड्न नहुने, स्थायी समिति सदस्यभन्दा तलका नेतालाई सभामुखमा पठाउन नहुने र प्रत्यक्ष निर्वाचित नेतालाई मात्र सभामुखमा लैजानुपर्ने प्रस्ताव उनीहरूले गरेको स्रोतले जनाएको छ। दाहालले पनि नेताहरूका सुझावअनुसारकै निर्णय लिइने भन्दै विश्वस्त पार्ने प्रयास गरेका थिए।

संसद्को हिउँदे अधिवेशन पुस ४ लागि आह्वान भएको छ। अधिवेशनको पहिलो प्राथमिक कार्यसूचीमा सभामुख चयन प्रक्रिया छ। अबको एक साताभित्र संसद्ले सभामुख पाउनेछ। संसद्मा बहुमत रहेकै कारण उपसभामुखलाई राजीनामाका लागि नेकपाले सन्देश छाडिसकेको छ। स्थायी समिति बैठकमा सोमबार राजनीतिक प्रतिवेदनमा टिप्पणी राख्ने क्रममा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता देव गुरुङले सभामुख चयनका विषयमा पार्टीले आफ्नो दृष्टिकोण तय गर्नुपर्ने माग गरेका थिए।

‘संविधानले सभामुख रिक्त रहने परिकल्पना गरेको छैन। लामो समय भयो, संसद्मा सभामुख पद रिक्त छ’, उनले भनेका थिए, ‘संसद्को अबको पहिलो एजेन्डा सभामुख चयनकै छ। यसमा पार्टीको यो बैठकले एउटा दृष्टिकोण बनाओस्।’

सोमबार र मंगलबार बोलेका २५ जना स्थायी समिति सदस्यमध्ये अन्यले यस विषयमा खासै टिप्पणी गरेका छैनन्। स्थायी समिति बैठक यसमा चुपचाप देखिएको छ। दिनभर पार्टी बैठकको अध्यक्षता गरेका दाहाल र बालुवाटारमै रहेका प्रधानमन्त्री केपी ओलीबीच पनि यो विषयमा थप छलफल भएको छैन।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending