बाँके । यस वर्ष बाँकेका इँटा व्यवसायीले बनाएको काँचो इँटाको चाङ शुक्रबार दिनभरको वर्षाका कारण गलेर नष्ट भएको छ । मौसमको शुरुमै इँटा गलेपछि बाँकेमा इँटा उत्पादन घट्ने भएको छ । मङ्सिरदेखि जेठ महिना इँटा उत्पादनको समय हो । इँटा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जैनुल खाँले वर्षातका कारण व्यवसायीले करोडौँको नोक्सान व्यहोर्नु परेको बताउनुभयो । बाँकेमा २० लाख काँचो इँटा काम नलाग्ने भएको अध्यक्ष खाँले बताए ।
सङ्घका कार्यालय सचिव सूर्य पौडेलले वर्षातले चाङका इँटा काम नै नलाग्ने गरी नष्ट भएको बताउनुभयो । इँटा व्यवसायी सङ्घले रु तीन करोड वटा इँटा पानीले गलाएको जनाएको छ । “व्यवसायीसँग नोक्सानबारे बुझ्ने काम भइरहेको छ,हालसम्मको नोक्सान हेर्दा रु पाँच करोडभन्दा बढी नोक्सान भएको व्यवसायीको अनुमान छ ।”
हरेक वर्ष अकस्मात हुने वर्षाले इँटा व्यवसायीको करोडौँ नोक्सान हुने गरेको छ । खुला आकाशमुनि बनाइने इँटा नपकाउँदासम्म जोखिम रहन्छ । “काँचो इँटाको बीमा हुँदैन, बीमाको व्यवस्था भए नोक्सान कम हुन्थ्यो, तर हाम्रो सुनुवाई कसैले गर्दैन ।” बाँकेमा ५० बढी इँटा व्यवसायी छन् । इँटा उत्पादकहरुले मौसममा सात पटकसम्म इँटा उत्पादन गर्ने गरेका छन् ।
एक पटकमा ५÷६ लाखसम्म इँटा तयार पारिन्छ । सरकारले विसं २०७० असोजदेखि अनिवार्यरुपमा इँटाको कारोवारलाई मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो ।
किसानलाई वर्षाको पानी धेरै
वर्षाका कारण बाँकेका किसानहरुले लगाएको अन्न तथा दलहन, तेलहन र तरकारी खेतीमा आवश्यकताभन्दा धेरै पानी जमेर नोक्सानी पुर्याएको हो । बाँकेका पानी जम्ने अधिकांश खेतमा लगाइएको बालीमा ९० प्रतिशत बढी क्षति पुगेको किसानले बताएका छन् । उच्च स्थानमा लगाएको बाली ३०÷४० प्रतिशतसम्म नोक्सानी पुर्याएको सीतापुरका किसान यमबहादुर महतराले जानकारी दिए ।
उनले किसानको खेतबारीमा ठूलो नोक्सानी हुँदा समेत कृषि ज्ञान केन्द्रले चासो नदेखाएको गुनासो गरे । बाँकेको ८वटै स्थानीय तहका किसानलाई वर्षभरी खान लगाइएको बालीलाई एकैदिन परेको पानीले नोक्सान पारेपछि यो वर्ष दलहन तथा तेलहन बालीको उत्पादन घट्ने बाली वैज्ञानिक रामदास चौधरीले बताए । कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले जमेको पानी कटाउन सकिए नोक्सानी कम हुने प्रतिक्रिया दिए ।
उनले शनिबारदेखि घाम लागेकाले गहुँ बालीमा भने कम नोक्सानी हुने बताए । वर्षातले मसुरोलगायत अन्य हिउँदे बालीको परीक्षण र बीउ उत्पादनमा प्रतिकूल असर पुगेको कोशेबाली अनुसन्धान कार्यक्रमका संयोजक राजेन्द्र दराईले जानकारी दिए । पानीका कारण पुगेको असरले लक्ष्यअनुसार प्रगति नहुने देखिएको संयोजक दराईले बताए । बीउ उत्पादनका लागि बनाइएको नर्सरीमा समेत ७० प्रतिशत नोक्सानी भएको उनको भनाइ छ ।
अनुसन्धान कार्यक्रममा बीउ उत्पादन कार्यक्रमका लागि चार हेक्टरभित्र ५० वटा व्याडहरु बनाएर अनुसन्धान गरिएको छ । कोशेबाली कार्यक्रमले विशेषगरी दलहनमा चना, राजमा र मसुरोलाई प्राथमिकता दिएर अनुसन्धान गरिरहेको दराईले जानकारी दिए । जमेको पानीलाई बाहिर फालेको र अब हुनसक्ने ढुसीको प्रभावलाई रोक्न प्रयास थालिएको उनले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: